निर्णय नं. १००७७ - अबन्डा नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००७७ - अबन्डा नामसारी भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०७/२० ३४९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।७।२० ०७०-CI-००६६ मुद्दाः- अबन्डा नामसारी पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु गा.वि.स. महाराजगञ्ज वडा नं.३ बस्ने विन्देश्वरी चौधरीको श्रीमती सावित्रीदेवी कुर्मी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला कपिलवस्तु गा.वि.स. महाराजगञ्ज वडा नं.३ बस्ने रूपनारायणको श्रीमती प्रभावती देवी चौधरीसमेत पैतृक सम्पत्तिको स्रोतबाट नै आएको सम्पत्ति कारणवश अंशबन्डा गर्दाको समयमा अंशबन्डाको कागजमा उल्लेख नभए पनि सबै अंशियारको बीचमा समान रूपमा बन्डा गर्नु नै न्यायपूर्ण हुन्छ र अंशबन्डा गर्दा सबै अंशियारबीच समान हुने किसिमबाट गर्नुपर्छ भन्ने अंशबन्डाको सिद्धान्तअनुकूल हुने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री ज्ञानहरि भट्टराई प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित पुनरावेदन अदालत बुटवल फैसला न्या.टंकबहादुर मोक्तान : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड वादी विपक्षीको लोग्ने विन्देश्वरी र प्रतिवादी नर्वदेश्वर चौबे भएको खिचोला मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट मिति २०५३/०७/२१ मा भएको मिलापत्रअनुसारको जग्गा मालपोत कार्यालय कपिलवस्तुबाट दाखिल खारेज नभएको नाताले बन्डापत्र गर्दा बन्डा हुन नपाई अबन्डा रहेको, कपिलवस्तु जिल्ला, बलरामपुर गा.वि.स.वडा नं.७क साबिक कि.नं.५२६ हाल कि.नं.२०७५ को बिगाहा १-२-० मालपोत कार्यालय कपिलवस्तुको मिति २०६७/०९/०४ को निर्णयले दाखिल खारेज भई विपक्षीको नाउँमा दर्ता भएकोले उक्त कि.नं.२०७५ को १-२-० मध्ये १ तिहाइ भागमा पर्ने सम्पत्ति हाम्रो हक कायम गरी अड्डाबाट छुट्याई हाम्रो नाउँमा नामसारीसमेत गरिपाउँ भन्ने फिराद पत्र । मेरो लोग्ने विन्देश्वरी कुर्मी र वादीहरूको बाबु / लोग्ने रूपनारायण कुर्मीसमेतको बीचमा मिति २०१६/०७/१८ मा अंशबन्डा रजिस्ट्रेसन पारित भएको, त्यसपछि मिति २०६७/४/५ मा अंशबन्डा रजिस्ट्रेसन पारित भएको, वादी विन्देश्वरीप्रसादको मुद्दा सकार गर्ने म सावित्रीदेवी कुर्मिनी प्रतिवादी नर्वदेश्वर चौधरी भएको २०४५ सालको दे.नं.१३९६ को जग्गा खिचोला मुद्दामा सुरू कपिलवस्तु जिल्ला अदालतबाट मिति २०४३/०७/२१ मा मिलापत्र भएको, बालरमवापुर गा.वि.स. वडा नं.७क कि.नं.५२६ को ज.वि.२-४-५ मध्ये १-२-० जग्गा लिने दिने भन्ने उल्लेख छ । वादी दाबी जग्गा पजनीको १७ नं., जग्गा मिच्नेको १८ नं. र अंशबन्डाको ३५ नं. खिलाफ भएकोले खारेज गरिपाउँ भन्ने प्रतिउत्तर पत्र । उपस्थित पक्षको साक्षी बुझी बन्डापत्रको प्रतिलिपि र नामसारी निर्णय मिसिल तथा जग्गा खिचोलाको प्रमाण मिसिलसाथै राखी पेस गर्नु भन्ने सुरू अदालतबाट मिति २०६८/०१/०५ मा भएको आदेश । वादीको साक्षी हनुमान भुजेलले नर्वदेश्वर चौबे र विन्देश्वरी चौधरीबीच जग्गा खिचोला मुद्दा चली आधा आधा जग्गा लिई मिलापत्र गरेका हुन् । आधा जग्गा प्रतिवादी सावित्राले