निर्णय नं. ४३३५ - अपुताली दर्ता नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३३५ - अपुताली दर्ता नामसारी भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०८/१२ २२८३ निर्णय नं. ४३३५ ने.का.प. २०४८ अङ्क ८ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको दे.पू.इ.नं. १०९ फैसला भएको मिति : २०४८।८।१२।५ मा निवेदक/प्रतिवादी : छोटकी रामनगर गा.वि.स. वडा नं. ८ बस्ने सुमेश्वर अहिरको मु.स.गर्ने निजको छोरा केशो अहिर विरुद्ध विपक्षी/वादी : भगवानी अहिरनी मरी मु.स.गर्ने जिल्ला रुपन्देही गा.वि.स. वडा नं. ९ बस्ने सुवास चन्द्र यादव मुद्दा : अपुताली दर्ता नामसारी (१) पोइल गएपछि अघिल्लो लोग्नेको नाम दर्ताको मिलापत्रबाट पाएको जग्गामा अघिल्लो लोग्ने तर्फको हकवालाको हक हुन आउने । (प्रकरण नं. १३) निवेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्दप्रसाद रेग्मी विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री अग्नी खरेल फैसला न्या.ओमभक्त श्रेष्ठ १. श्री ५ महाराजाधिराजका हजूरमा मुद्दा दोहराई पाउँ भनी चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए मिसिल झिकी पूर्णइजलासबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनि मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति (साविक पेज नं. ३९४) २०४५।८।६ मा तोक लागी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. मृतक मेरा बाबु चुल्हाइको स्त्री मेरी आमा छविराजीबाट जन्मेकी छोरी हुँ बाबु चुल्हाई अघि नै आमा २०३४ साल मार्ग महीनामा देहान्त भएकी र छविराजीको म मात्र एक १ छोरी भएको ३ पुस्ताका हकवाला समेत नभएकोले आमाको नाममा दर्ता भएको जग्गा मेरा नाममा नामसारी गराई पाउँ भनी मालपोत कार्यालयमा दर्खास्त दिएको थिएँ, विपक्षी सुमेश्वरले मेरो स्वास्नी २०३४ साल मार्गमा मरेकाले हकदार म हुँदा नामसारी गरी पाउँ भनी मालमा दर्खास्त दिएका रहेछन् । छविराजी मेरो स्वास्नी भन्ने सुमेश्वर छविराजी चुल्हाइको श्रीमती मेरो आमा भएकोले नामसारी गरी पाउँ भन्ने भगवानी अहिरनी भएकोले मृतक छविराजीको लोग्ने सुमेश्वर यी चुल्हाइ को हुन छविराजीको हक खाने पनि सुमेश्वर हुन् यी छोरी भगवानी को हुन हक बेहक गराई ल्याउनु भनी मालबाट मिति २०३६।८।१० मा निर्णय भएको मृतक छविराजी सुमेश्वरको स्वास्नी नभई चुल्हाइको स्वास्नी मेरा आमा हुन रामनगरको सिर र सिर साथको नम्बरी समेतका जग्गा बिगहा ३५।।२।।। जिमदारी खान्गीमा रु. १६।।। भएको जमिदारी हिस्सा चार आमा बाबु चुल्हाई देहान्त भएकोले उक्त जिमिदारी दर्ता सम्बन्धमा मुद्दा चली जिमिदारी सिर र नम्बरी जग्गा मध्ये आधी दुई आना हिस्सा मृतक चुल्हाइको छोरी म भगवानीले दर्ता गराई भोग गर्ने आधी हिस्सा जिमिदारी मध्ये १ आमा छविराजीले दर्ता गराई भोग गर्ने १ खण्ड बाबु चुल्हाइको कान्छी स्वास्नीको छोरा रामवलीको विधवा स्त्री फुलमतीले दर्ता गराई भोग गर्ने गरी मिलापत्र गर्ने मध्येका फुलमतीको मञ्जूरनामा विपक्षी सुमेश्वरले दाखिल गरी म भगवानी, फुलमती र छविराजी समेतको अपील तहबाट चलेको मुद्दामा २०१६ साल आषाढ २३ गते पाल्ही माझ खण्ड गोश्वारामा मिलापत्र भएको नक्कल पेश गरेको छु । सो बाट आमा छविराजी बाबु चुल्हाइको म छोरी भन्ने प्रष्ट छ । चुल्हाइका नामको जिमिदारी जग्गा नामसारी भई छविराजीको जिउँ छँदा सुमेश्वरलाई लोग्ने भनेको नभई स्वास्नी भनी मिति २०३५।१२।८ मा मात्र दर्खास्त गरेको स