निर्णय नं. १००७८ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००७८ - अंश चलन भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०७/०१ ५६३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७४।७।१ ०७१-CI-१४९६ मुद्दाः अंश चलन निवेदक : सुनिल थापाकी छोरी जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. ९ हाल पनौतीमा बस्ने रियाना थापा विरूद्ध विपक्षी : जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. ९ बस्ने सुनिल थापासमेत अंशको हक जन्मबाट नै व्यक्तिले प्राप्त गर्ने हक हो । यो हक कुनै पनि तवरले कुण्ठित हुनु हुँदैन । हाम्रो कानून प्रणालीले अंशबन्डालाई पैतृक सम्पत्ति प्राप्त गर्ने महत्त्वपूर्ण स्रोतको रूपमा मान्यता दिएको र पैतृक सम्पत्तिबाट कोही पनि विमुख वा कसैलाई पनि निरअंशी बनाउन नहुने मान्यता आत्मसात् गरेको देखिने । (प्रकरण नं.४) बाबुको स्वतः अंशहक निहित रहने सम्पत्तिमा नातिनी पुस्ताका वादीको अंशहक नरहने भनी व्याख्या गर्नु अंशबन्डाको महलको कानूनी मनसायविपरीत र यस अदालतबाट प्रतिपादित न्यायिक सिद्धान्तको भावनाविपरीत हुन जाने । प्रत्यक्ष रूपमा बाबुको अंशहक रहने सम्पत्तिमा निजका छोरा छोरीको लागि पनि स्वतः अंशहक निश्रित रहन जाने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल विपक्षीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६४, अंक २, नि.नं.७८१४ ने.का.प.२०६९, अंक ३, नि.नं.८७८८, पृ.४३६ ने.का.प.२०७३, अंक ९, नि.नं.९६६६ ने.का.प.२०७४, अंक ९, नि.नं.९८७४ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री ब्रजेश प्याकुरेल सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री राजकुमार वन पुनरावेदन अदालत, विराटनगर फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य ठहर यसप्रकार छः विपक्षी मायादेवी हजुरआमा, सुनिल थापा म फिरादीका बुबा हुनुहुन्छ । आमा टिकालक्ष्मी लिम्बुको कोखबाट मिति २०५३/७/१७ गते मेरो जन्म भएको हो । हजुरआमा मायादेवीले भन्नु भएअनुसार हजुरबुबाको नाम टिकाराम थापा हो । मैले देखे चिनेको छैन । हजुरआमाले देखाउनु, चिनाउनु भएको छैन । मूल अंशियार विपक्षीहरू २ जना हुनुहुन्छ । बुबा सुनिल थापा, आमा टिकालक्ष्मी र म फिरादी हङकङमा रहँदा बस्दा बुबाले आमालाई कुटपिट, गाली गलौज गर्ने, थुक्ने, दुर्व्यवहार गर्ने र मलाई पनि हेलाँहोचो गर्ने, खान लाउन नदिने, बिरामी पर्दा नहेर्ने, मादक पदार्थ खाने, तास खेल्ने गर्नु हुन्थ्यो । व्यवहार सहन नसकी मिति २०६६/४/६ गते (नेपाल) आई मिति २०६६/४/१७ गते घर धरान आउँदा विपक्षी मायादेवीले आमा र मलाई तेरो लोग्नेले तँलाई र तेरो छोरीलाई घरमा बस्न नदिनु भनी फोन गरेको छ भनी घरमा पस्न दिनु भएन । बुबाले पनि तिमीहरू घरमा नबस्, जहाँ जे गर्नुपर्छ गर् भनी फोन गर्नुभएको हुँदा मावलीमा बसी आएका छौं । विपक्षी बुबा र हजुरआमाले घरमा बस्न पस्न नदिई खान, लाउन, शिक्षादिक्षा र उपचार खर्चसमेत नदिएकोले विपक्षी हजुरआमा मायादेवीको नाम दर्ताको जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. ९ कि.नं. २३० को ०-१-१-३ जग्गा र सोमा बनेको २ तले २ थान पक्की घरबाट मैले अंश पाउने हुँदा मूल अंशियार २ जनाको २ भाग लगाई २ भागमध्ये बुबाको भागलाई ३ भाग लगाई सोको १ भाग म फिरादीले अंश पाउने