निर्णय नं. १००८३ - अप्राकृतिक मैथुन गरी जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००८३ - अप्राकृतिक मैथुन गरी जबरजस्ती करणी भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०८/१० ४०७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७४।८।१० ०७०-CR-११३४ मुद्दाः- अप्राकृतिक मैथुन गरी जबरजस्ती करणी पुनरावेदक / वादी : मञ्जित भट्टराईको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : भारत सीतामढी घर भई हाल ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.१७ बस्ने परिवर्तित नाम सीतामणी आपराधिक कार्यको मनसाय कुनै छुट्टै रूपमा जाँच गरी पत्ता लगाउनुपर्ने विषय होइन । आपराधिक मनसाय थियो कि थिएन ? भन्ने तथ्य अपराध हुँदाको परिस्थिति, अपराध गर्न प्रयोग भएको साधन र सो साधनको प्रयोग गर्ने तरिका, अभियुक्तले वारदात गर्नुअघि वा वारदात हुँदाका अवस्थामा वा वारदातपछि अपनाएको व्यवहार र गरेका क्रियाकलाप आदि जस्ता कुराबाट पत्ता लगाउनुपर्ने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री बाबुराजा कार्की ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री केशरीराज पण्डित माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल पुनरावेदन अदालत पाटन फैसला न्या.तेजबहादुर के.सी.: तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका -१७, ग्वार्कोस्थित मेरो कोठानजिक रहेको पान व्यवसाय गर्ने सीतामणी -१ ले मिति २०६७/१२/२९ का दिन १६:०० बजेको समयमा मेरी छोरी नाम परिवर्तित सुशीला भट्टराईलाई जबरजस्ती करणी गरेको हुँदा निज सीतामणी -१ लाई कानूनबमोजिम सजाय होस् भन्नेसमेत बेहोराको मन्जित भट्टराईको जाहेरी दरखास्त । मिति २०६७/१२/३० गते भारत सीतामढी घर भई हाल जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका-१७, ग्वार्को बस्ने वर्ष १४/१५ को सीतामणी -१ ले जाहेरवालाको छोरी वर्ष ५ की परिवर्तित नाम सुशीला भट्टराईलाई जबरजस्ती करणी गरेको भन्ने सम्बन्धमा जाहेरवाला तथा स्थानीय मानिसहरूको सहयोगमा खोजतलास गर्दा निज अभियुक्तलाई फेला पारी दाखिल गरेका छौं भन्ने प्रहरी प्रतिवेदन । मिति २०६७/१२/२९ गते साँझ १६:०० बजेको समयमा मेरी छोरी परिवर्तित नाम सुशीला भट्टराईले चकलेट खान्छु भनेकी हुँदा निजलाई रू.१ दिएर नजिकैको पान पसलमा पठाएको थिएँ, निज छोरी चकलेट किन्न गएको केही समयमा रूँदै पान पसले मदिसे दाइले मेरो पिसाब फेर्ने ठाउँमा उसको औंला छिरायो, मैले दुख्यो भनेपछि छाडेको हो भनेर छोरीले बताएपछि सो ठाउँमा हेर्दा रगतसमेत आइरहेको देखेपछि मैले प्रहरीलाई खबर गरेको हुँ, यसरी नाबालक बालिकालाई जबरजस्ती करणी गर्ने निजलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्ने पीडितकी आमा अम्बिका भट्टराईले गरेको कागज । मिति २०६७/१२/२९ गते साँझ १६:०० बजेको समयमा मलाई चकलेट खान मन लागेको हुँदा आमासँग पैसा मागेर चकलेट खान भनी नजिकै रहेको पान पसलमा चकलेट किन्न जाँदा पानपसले दाइले मलाई निजको पसलभित्र बोलाई काखमा च्यापी मैले लगाएको सुरूवाल फुकाल्नुभयो र मेरो पिसाब फेर्ने अङ्गमा निजको औंला छिराई मलाई दुखाई दिएपछि म कराएपश्चात् निज मदिसे दाइले मलाई छोडिदिए, म रूँदै घरमा आई आमालाई सबै कुर