निर्णय नं. १००८६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००८६ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७५/०१/१६ ७८०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७५।१।१६ ०६७-WO-०६९४ विषयः उत्प्रेषण / परमादेश निवेदक : तेह्रथुम जिल्ला सावाला गा.वि.स. वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २९ बस्ने अधिवक्ता खगेन्द्र सुवेदीसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत वर्तमान पुस्ताको एउटा प्रमुख जिम्मेवारी अन्तरवंशीय समन्यायको सिद्धान्तअनुसार आफूले भोगेको वा प्राप्त गरको सबै किसिमको प्राकृतिक, सांस्कृतिक सम्पदा, वन जङ्गल, हावापानी, वातावरण एवं जैविक विविधतालाई भावी पुस्ताको लागि सुनिश्‍चित गर्नु पनि हो । प्राकृतिक रूपमा प्राप्‍त गरेको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय महत्त्व भएको फेवाताल भावी पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी वर्तमान पुस्ताको नै हुने । (प्रकरण नं.१६) आफूले उपभोग गरिरहेको प्राकृतिक स्रोत साधनबाट वर्तमानको उचित पहुँच र आवश्यकता पूरा गर्दै भावी पुस्ताको लागि हस्तान्तरण गर्नको लागि त्यस्तो प्राकृतिक स्रोत साधनमाथि हुने अनियन्त्रित दोहन रोक्नुका साथै प्राकृतिक रूपमा हुने क्षयीकरणलाई समेत नियन्त्रण गर्नु आवश्‍यक हुन्छ । त्यस्ता स्रोत साधनको संरक्षणको लागि गरिने कार्य पनि प्राकृतिक अवस्थामा नै त्यस्तो स्रोत साधनलाई बचाई राख्‍ने गरी गरेको हुनुपर्ने । विकास निर्माणको कार्य आफैँमा नराम्रो होइन, तर प्रकृतिले दिएको अपार स्रोत साधनको अनियन्त्रित र जथाभावी अतिक्रमण वा दोहन गरी यसको अस्तित्व नै संकटमा पार्ने गरी भएको विकास यथार्थमा दिगो विकास (Sustainable Development) नभई क्षणिक हुन्छ । यसैले प्राकृतिक स्रोत साधन र विकासका बीच सन्तुलन कायम गरी प्रकृतिको कमभन्दा कम दोहन गर्ने र प्राकृतिक उपहारलाई भावी पुस्तासम्म हस्तान्तरण गर्नु नै दिगो विकास हुने । (प्रकरण नं.१७) सम्मानपूर्वक बाँच्न पाउने हकअन्तर्गत गुणस्तरीय जीवनयापनको लागि चाहिने सबै अवयवहरू जस्तैः वातावरणीय सन्तुलन, स्वच्छता र जैविक विविधतायुक्त पर्यावरणसमेतलाई समेटिएको हुने । (प्रकरण नं.२०) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री राघवलाल बैद्य र श्री प्रकाशमणि शर्मा र विद्वान् अधिवक्ताहरू खगेन्द्र सुवेदी, श्री राजुप्रसाद चापागाई, श्री चुडामणि पौडेल, श्री सरोजनाथ प्याकुरेल र श्री हिराबहादुर कार्की विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री किरण पौडेल अवलम्बित नजिर : ने.का.प.२०६७, चैत, नि.नं.८५२१ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ आदेश न्या.ओमप्रकाश मिश्र : तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- तथ्य खण्ड रिट निवेदनको बेहोरा नेपालको कास्की जिल्लास्थित उत्तरमा पोखरा उपम.न.पा. वडा नं. ६, सराङकोट गा.वि.स. वडा नं. ७, दक्षिण रानीवन पुम्दीभुम्दी गा.वि.स. वडा नं. १, पूर्वमा पोखरा उपम.न.पा. वडा नं. १७, १६, पश्‍चिममा सराङकोट गा.वि.स. वडा नं. ७ को बीचमा फैलिएको फेवाताल प्राकृतिक, सांस्कृतिक, धार्मिक, विद्युतीय, जलस्रोत, जलचर, जैविक विविधतायुक्त, प्राकृतिक सम्पदा हो । फेवातालको पानीबाट नेपाल सरकारले २०३० सालमा फेवा पावर हाउस निर्माण