निर्णय नं. १५३४ - बाली हक बेहक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५३४ - बाली हक बेहक भाग: २४ साल: २०३९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३९/०२/१४ २४९२ निर्णय नं. १५३४ ने.का.प. २०३९ अङ्क २ फुलबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३७ सालको दे.पु.नं. ३२ फैसला भएको मिति : २०३९।२।१४ मा निवेदक : जि.वारा जितपुर गा.पं.वार्ड नं.७ रमौली बस्ने बाबुकृष्ण उपाध्याय विरुद्ध विपक्षी : वीरगञ्ज वार्ड नं.४ बस्ने दिनानाथ माडवारी समेत मुद्दा : बाली हक बेहक (१) अधिकार प्राप्त अधिकारीको निर्णयले कसैको हक अधिकारमा प्रतिकुल असर पारेको छ र त्यस्तो अधिकार प्राप्त सक्षम निकायबाट भएको निर्णय सम्बन्धित व्यक्तिलाई मौकैमा थाहा छ र त्यस्तो व्यक्तिले प्रचलित कानून बमोजिम उजुर गरी उक्त निर्णयलाई बदर वातिल गराएको छैन भने उक्त निर्णयलाई स्वीकार गरेको मान्न पर्ने स्थिति हुन्छ । (प्रकरण नं. १९) (२) निवेदकले प्रतिवाद गरी पैरवी तारेखमा बसेको र पछि तारेख छोडेको नाताबाट त्यस्तो मुद्दाको जानकारी निज वादीलाई छैन भन्न न्यायसंगत नदेखिने । (प्रकरण नं. २१) (३) अनुपस्थितिमा हारजित गराई त्यसबाट हक गएको रहेछ भने उक्त निर्णय थाहा पाएपछि कानूनबमोजिम उजुर गरी आफ्नो हक कायम गरी लिनु पर्ने । (प्रकरण नं. २२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला न्या.त्रिलोकप्रताप राणा १. सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ जाँची पाउँ भनी वादीले चढाएको बिन्तिपत्रमा फुलबेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराज बाट हुकुम बक्सेबमोजिम लगतमा दर्ता भई प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यस प्रकार छ : बारा जिल्ला रामपुर पञ्चायत अन्तर्गत बसन्तपुर वार्ड नं.८ क मा मेरो नाउँमा जिमिदारी कचहरीबाट हाल आवादी पूर्जि पाई भोग चलन गरी आएको ०२१ सालमा सर्भे हुँदा रामपुर पञ्चायत वार्ड नं.८ को कि.नं.५६/५७ को १–१४–० जोताहा राम सिसु महतो भएको फिल्डबुकको किसानको व्यहोरामा जग्गाधनी बाबुकृष्ण उपाध्यायको नम्बरी हो । अघि आएको जम्मै कित्तामा दिनानाथ माडवारीका निवेदनबाट कारवाही भएको ०२३।४।६।५ का पर्चा बमोजिम तेरो मेरो हुँदा कि.नं.५५, ५६, ५७ र ५८ मा झगडा जनिएको फिल्डबुकबाट देखिन्छ, हक बेहक गर्न जानु भन्ने सर्भे डोरबाट दिनानाथलाई दिएको सूचनाले ३५ दिन भित्रमा नालेस नदिई म्याद नघाई बसेको बिपक्ष भू.प्र.का.वारामा दिएको उजुरीमा सो जग्गा विपक्षीका नाउँमा दर्ता हुने ठहर्छ भन्ने भू.प्र.का.वाराको ०२५।८।१२ गतेको फैसला, सो फैसला उपर पुनरावेदन परी प्रमुख जिल्ला अधिकारीको कार्यालयमा कारवाही चली रहेको । दिनानाथले अदालतमा नालेस गरी म्याद नघाई फिल्डबुकमा झगडा जनाएको अमान्य भई मेरो हक कायम भइसकेपछि नापी बदर गरी पाउँ भन्ने उजुरी भू.प्र.का.ले लिने अधिकार कानूनले नदिएको उजुरी नलिई फैसला समेत अनाधिकार गरेको । फिल्डबुकमा मेरो नाउँमा दर्ता रहेको र विपक्ष मोहीले पनि जोताहा भनी लेखिएको समेतबाट ०२८ सालको १–१४–० को धान मन १९।।२ नबुझाएकोले रु.७८२।–दिलाई भराइ पाउँ भन्ने समेत वादी । ३. वादीले म प्रति दावी गरेको जग्गा नै वादीको होइन म समेतलाई प्रलोभन दिई नापीको अवस्थामा नाप नक्सा गराए पनि जग्गावाला दिनानाथको उजुर परी ०२३।६।२५ मा भूमिसुधार अधिकारीबाट जग्गा दिनानाथ माडवारीको कायम ग