निर्णय नं. १००९२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००९२ - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७५/०१/०३ ४०४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. आदेश मिति : २०७५।१।३ ०७३-WO-०६३८ मुद्दा : उत्प्रेषण निवेदक : धनुषा जिल्ला, झोझिकटैया गाउँ विकास समिति वडा नं. ८ घर भई हाल जनकपुर उपमहानगर पालिका वडा नं. ११ बस्ने रेखाकुमारी साह विरूद्ध विपक्षी : उच्च अदालत, जनकपुरसमेत जिल्ला अदालतले अन्तिम निर्णय नसुनाउँदै अ.बं. १७ नं. बमोजिम परेको निवेदनको आधारमा पुनरावेदन सुन्ने अदालतले सुरू मुद्दा हेर्ने अदालतको न्याय सम्पादनको काममा प्रत्यक्ष प्रभाव पर्ने गरी आदेश गर्दा सुरू जिल्ला अदालतको अन्तिम निर्णय गर्न पाउने क्षेत्राधिकारमा प्रत्यक्ष प्रभाव पर्न जाने । (प्रकरण नं.३) म्याद नाघेको वा बेरीत भएको भन्ने कुरा कार्यविधिसँग सम्बन्धित विषय हुन् । मानो छुट्टिएको मिति र को कसबाट तायदाती फाँटवारी दाखिला गर्ने भन्ने कुरा निर्धारण गर्ने कार्यले मुद्दामा संलग्न पक्षहरूको सम्पत्तिसम्बन्धी विषयमा प्रत्यक्ष असर पार्दछ । त्यसैले अ.बं. १७ नं. बमोजिमको अधिकार प्रयोग गरी आदेश गर्दा मातहत अदालतमा विचाराधीन रहेको सारवान् कुरामा असर पर्ने गरी आदेश गर्न नमिल्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री महादेवप्रसाद यादव तथा श्री प्रकाशबहादुर के.सी. विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री श्यामप्रसाद खरेल, हरिहर दाहाल र पूर्णमान शाक्य अवलम्बित नजिर : ने.का.प.२०७०, अंक ९, नि.नं.९०५३ सम्बद्ध कानून : आदेश न्या. केदारप्रसाद चालिसे : नेपालको संविधानको धारा १३३(२)(३) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- म निवेदकले मूल सुरू लखनलाल साहसमेतका उपर फिराद दायर गरेको अघिल्लो मितिलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी लिई ८ भागको १ भाग अंश पाउँ भनी धनुषा जिल्ला अदालतमा मिति २०७१।१।१० मा दे.नं. ९८६ को अंश मुद्दा दर्ता गरेको थिएँ । विपक्षीहरूले मिति २०७१।५।१८ मा प्रतिउत्तर फिराउँदा २०६९ सालको दे.नं. २२४३ को अंश मुद्दा दर्ता गरी मिति २०६९।९।१९ मा मिलापत्र गरी अलग बसेकोले मसँग वादीले अंश पाउने अधिकार छैन भनी जिकिर लिनुभएको थियो । मैले सो मिलापत्र बदरको लागी दे.नं. ६४४ को मिलापत्र बदर फौ.नं. १४० को जालसाजी र दे.नं. १६६१ र १६६२ को लिखत बदर मुद्दा दर्ता गरी हाल कारबाहीयुक्त अवस्थामा छ । धनुषा जिल्ला अदालतले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सबै प्रतिवादीहरूबाट तायदाती फाँटवारी लिने गरी मिति २०७३।७।१ मा आदेश गरेको थियो । उक्त आदेशउपर प्रतिवादीमध्येका लखनलाल साहसमेतले जनकपुर उच्च अदालतमा अ.बं. १७ नं. बमोजिम निवेदन गरेकोमा जिल्ला अदालतले वादी र बन्डा गर्नुपर्ने सम्पत्ति जिम्मा रहेका प्रतिवादीबाट तायदाती फाँटवारी माग गर्नुपर्नेमा सबै प्रतिवादीहरूबाट तायदाती लिने गरी भएको आदेश सो हदसम्म मिलेको नहुँदा बदर गरिदिएको छ भनी मिति २०७३।८।१७ मा उच्च अदालत जनकपुरबाट आदेश भएको रहेछ । उच्च अदालत जनकपुरको उक्त आदेश ने.का.प. २०६२, अंक ९, पृष्ठ १०७१, नि.नं. ७५४९ मा प्रतिपादित सिद्धान्तविपरीत छ । अ.बं. १७ नं. को निवेदनबाट मातहत अदालतको काम कारबाही बेरीत भएमा वा म्याद नाघेको अवस्थामा मात्र त्यस्तो काम कारबाहीलाई बदर गरी कानूनबमोजिम गर्न लगाउनेसम्म