निर्णय नं. १००९५ - लिखत दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००९५ - लिखत दर्ता बदर दर्ता भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/१२/०८ ३७१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ फैसला मिति : २०७३।१२।८ ०७०-CI-०६६६ मुद्दा: लिखत दर्ता बदर दर्ता पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा, भौराटार गा.वि.स. वडा नं. ५ बस्ने राधा राउत अहिर विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला पर्सा, भौराटार गा.वि.स. वडा नं. ५ बस्ने ललिता कुमारीसमेत विभिन्न किसिमका हक हस्तान्तरणहरू मध्ये दान बकस गरी कुनै सम्पत्ति हक हस्तान्तरण गरिएको छ भने सो दान बकससम्बन्धी विषयमा मुलुकी ऐन, दान बकसको महल आकर्षित हुने हुँदा हदम्यादको सम्बन्धमा दान बकसको महलमा उल्लिखित २ वर्षको हदम्याद आकर्षण हुने । (प्रकरण नं.३) अंश बन्डाको १९(१) नं. ले घरको मुख्य व्यक्तिलाई घर व्यवहार चलाउन अचल सम्पत्ति बिक्री गर्न सुविधा दिएको हो । बिक्री नै नगरी सेवा टहल गरेबापत हा.व. गरी दिएको हुँदा अंशबन्डाको १९(१) नं. को व्यवस्था आकर्षित हुन सक्ने देखिन नआउने । (प्रकरण नं.६) दान बकसको १ नं. मा “अंशियार” भन्ने शब्द प्रयोग भएबाट सगोलको सम्पत्तिमा अंशको हक राख्‍ने उमेर पुगेका वा नपुगेका एकासगोलका सबैलाई अंशियार मान्नुपर्ने हुन्छ । अरू अंशियारहरूको समेत हक लाग्ने सम्पत्ति दान वा बकसपत्रको लिखत पारित गरिदिँदा उमेर पुगेका वा नपुगेका सबै अंशियारको सहमति लिनुपर्ने हुन्छ । यस दृष्टिबाट बकस गरेको विषयमा दान बकसको १ नं. नै आकर्षित हुने भई अंशबन्डाको १९(१) नं. असान्दर्भिक देखिने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री रमेशकुमार के.सी. प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने मा. न्यायाधीश श्री कृष्णकमल अधिकारी पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी मा. न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई पुनरावेदन अदालत हेटौंडा फैसला न्या. मीरा खड्का : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ: मंगल राउत अहिरको छोरा विपक्षी जगदीशप्रसाद यादव हुन । निज जगदीशप्रसाद यादवको पत्नी म फिरादी प्रभावती देवी हुँ । विपक्षी जगदीशप्रसाद यादव तथा हामी फिरादी एक साथ सगोलमा बसी आएका थियौं । विपक्षी जगदीशप्रसाद यादवसँग अंश हक माग गर्ने क्रममा विपक्षी जगदीशप्रसाद यादवले आफनो दर्ताको हामीसमेतको अंश हकको जग्गा जिल्ला पर्सा, गा.वि.स. भौराटार वडा नं.६ कि.नं.८७४ ज.वि.०-८-१० जग्गा विपक्षी राधा राउत अहिरलाई मिति २०६५/०२/०२ मा र.नं. ३१८० बाट बकसपत्र लिखत पारित गरी लिनु दिनु भएको हो । सो लिखतको म फिरादी प्रभावती देवीले नक्कल लिई हेर्दा मात्र थाहा पाएको हुँ । दाबीको जग्गा हाम्रो सगोलको पैत्रिक सम्पत्ति भएको र विपक्षीहरूले मिति २०६५।०२।०२ मा बकसपत्र लिखत पारित गरी दिनु लिनु भएकोमा हाम्रो मन्जुरीबेगर पारित गरी दिएको उक्त बकसपत्र लिखतभित्रको जग्गामध्ये हाम्रो अंश हक जति ७ भागको ६ भाग जग्गाको बकसपत्र लिखत र सो लिखतको आधारमा विपक्षी राधा राउत अहिरको नाउँमा भएको दर्तासमेत बदर गरी हाम्रो नाउँमा संयुक्त दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र । वादी दाबीबमोजिम लिखत दर्ता बदर हुनुपर्ने होइन र वादीहरूको नाउँ