निर्णय नं. १००९७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००९७ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७४/०७/१६ ५७०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा फैसला मिति : २०७४।७।१६ ०७१-CR-००५६ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / वादी : देवीराम घर्ती मगरको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : बागलुङ जिल्ला, निसी गा.वि.स. वडा नं.१ बस्ने कमल घर्ती मगरसमेत फौजदारी कसुरमा अभियुक्तहरूउपरको कसुर वादीले नि:सन्देह रूपमा प्रमाणित गर्नुपर्ने हुन्छ । यसलाई प्रमाण ऐन, २०३१ को दफा २५ ले पनि स्पष्टरूपमा व्यवस्था गरेको पाइन्छ । कसुर शङ्कारहित तवरले प्रमाणित हुने प्रमाण वादी पक्षले पेस गर्न नसकेको अवस्थामा त्यसको सुविधा अभियुक्तले पाउने हुन्छ । कसुर प्रमाणित गर्न कसैले कसैलाई पोल गर्नु र सोका आधारमा नेपाल सरकारले कसैउपर अभियोग लगाउनु मात्र पर्याप्त हुँदैन । गरेको पोल र लगाएको अभियोग वस्तुनिष्ठ प्रमाणहरूबाट शङ्कारहित किसिमबाट समेत पुष्टि हुनु पर्ने । संकलित वस्तुगत प्रमाणहरू, बुझिएका व्यक्तिहरूको भनाइ र वारदातको परिस्थितिजन्य प्रमाणहरू एक आपसमा बाझिएमा र आफैँमा शंकास्पद देखिएमा त्यस्ता प्रमाणहरूका आधारमा कसैलाई दोषी ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तको प्रतिकूल हुन जाने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रामकुमार थापा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री डिल्लीरमण तिवारी बागलुङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री उमेशराज पौड्याल माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे पुनरावेदन अदालत बागलुङ फैसला न्या. हरिकृष्ण कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- बागलुङ जिल्ला, निसी गा.वि.स. वडा नं.१ स्थित कर्णबहादुर घर्ती मगरको बारी, सो बारीको गरोमा प्रतिलास घर्ती मगरको घोप्टो अवस्थामा लास रहेको, उक्त लासको बायाँ आँखा फुटेको, नाक भाँचिएको, कानबाट रगत निस्केको, ३ वटा दाँत भाँचिएको मुखबाट रगत बगेको घाँटीमा निलडाम रहेको, छातीमा लौराका डामहरू देखिएको, टाउकोमा ३ इन्च लम्बाइ भएको खुकुरीले काटिएको घाउ रहेको भन्नेसमेतको मिति २०६१/०७/१२ को घटनास्थल तथा लास प्रकृति मुचुल्का । मिति २०६१/०७/०५ गतेका दिन अं.५:३० बजेको समयमा मृतक प्रतिलास घर्ती मगर, कर्णबहादुर घर्ती मगरको घरमा भेटघाट गर्न आएकोमा प्रतिवादी कुलबहादुर घर्ती मगरसमेतले कर्णबहादुरलाई कुटपिट गर्न निज कुलबहादुर र कमल घर्ती मगर खुकुरी लिएर र अन्यले लाठी लिएर आएको अवस्थामा प्रतिलास घर्ती मगरले झगडा गर्न हुँदैन, कर्णबहादुर घरमा छैनन्, गा.वि.स. भवनतिर गएका छन् भन्दा कर्णबहादुरको श्रीमती भद्रिमा घर्ती मगर र निजकी बुहारी दिलसरा घर्ती मगरसमेतलाई निजहरूले एक्कासी आक्रमण गरेको अवस्थामा छुट्याउन जाँदा निज दाजु प्रतिलासलाई निजहरूले टाउकोमा लाठी खुकुरीसमेतले हानी खुट्टा भाँच्ने, बायाँ आँखा फुटालिदिने, पीठ्युँ, फिला, छातीसमेत शरीरका विभिन्न भागमा हानी मारी कर्णबहादुरको करेसाबारीमा छाडी गएकाले निजहरूलाई ज्यानसम्बन्धी महलअनुसार कारबाही गरिपाउँ भन्ने देवीराम घर्ती मगरको मिति २०६१/७/२२ को जाहेरी दरखास्त । मिति २०६१/०७/०५ गतेका दिन अपराह्न ५:३० बजेको समयमा म गा.वि.स. भवनतर