निर्णय नं. ४३३६ - आयकर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३३६ - आयकर भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०५/३१ २५८१ निर्णय नं. ४३३६ ने.का.प. २०४८ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४५ सालको दे.पु.नं. ७९३ फैसला भएको मिति: २०४८।५।३१।२ मा पुनरावेदक/वादी : का.न.पा.कान्तिपथ स्थित श्यामु कापु इन्टरनेशनलका तर्फबाट साझेदार का.जि.का.न.पा. वार्ड नं. १ जमल बस्ने मणिहर्ष ज्योति कसाकार विरुद्ध प्रत्यर्थी : महानिर्देशक कर विभाग काठमाडौंसमेत मुद्दा : आयकर (१) व्यक्तिगत धारणा बनाई अजमाइसी आधारमा प्रतिशतले खूद आय कायम गरी कर निर्धारण गर्नु कानुनसम्मत नदेखिने । (प्रकरण नं. ११) पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत फैसला न्या.त्रिलोकप्रताप राणा १. म.क्षे.अ. को मिति २०४३।५।५ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. मिति २०३८।१०।१५ मा प्राप्त हुन आएको आ.ब. ०३७–०३८ ल.पु.को आय विवरणलाई २०३७ साल देखि २०३८ साल आषाढसम्मको हिसाब गरी कर निर्धारण गरिपाउँ भनी बयानमा समेत उल्लेख गरी दिनु भएको, सो आय विवरण अनुसारको आयलाई प्रमाणित गर्ने कुनै प्रमाण पेश गर्न नसक्नु भएकोले आयकर ऐन, २०३१ को दफा ३३(२) अनुसार उक्त आ.ब.को लागि जम्मा रु. ७,८५,६७५।४६ खूद आय कायम गर्ने मिति ०३९।१२।२१ को निर्णय अनुसार कर निर्धारण गरेको आदेश । ३. उक्त कर कार्यालयले गरेको आदेशमा चित्त बुझेन सो कर कार्यालयको आदेश बदर गरी पुनः कर निर्धारण गरिपाउँ भनी श्यामुकापु इन्टरनेशनलका साझेदार रुपज्योति कंसाकारले कर विभागमा दिएको निवेदन ।(साविक पेज नं. ४००) ४. तिब्बत क्षेत्रमा आयात निर्यातको कारोबार गर्ने अन्य व्यापारीहरु र हिमालपार व्यापार संघले पनि समुन्द्रपारमा हुने आयात निर्यात भन्दा तिब्बत क्षेत्रमा हुने आयात निर्यातको आय प्रतिशत कम हुनु पर्ने माग गरे तापनि हालसम्म यसमा कुनै निर्णय भएको पाइँदैन । भारत बाहेक अन्य सबै देशहरुमा भएको आयात निर्यातको कारोबारमा एउटै नीति र प्रकृया अनुसार आय निर्धारण हुँदै आएको समुद्रपार आयात निर्यातको आय निर्धारण गर्ने सम्बन्धमा नेपाल राजपत्रमा प्रकाशित सूचनामा पनि तिब्बत क्षेत्र र समुन्द्रपारका मुलुकमा हुने आयात निर्यातको आय निर्धारण गर्ने तरीकामा भिन्नता नभएको हुनाले एक प्रतिशतले आय निर्धारण गरी पुनः कर निर्धारण गर्ने आदेश पाउँ भन्ने निवेदनको जिकिर पुग्न सक्ने ठहर्दैन भन्ने समेत व्यहोराको कर विभागको ०४०।१२।१ को पर्चा । उक्त कर विभागले गरेको पर्चामा चित्त बुझेन आयात निर्यातको प्रमाण कुनै पनि नबुझी निर्णय गरेको छ । बुझ्नु पर्ने प्रमाण नबुझेको प्रश्नमा आय कर ऐन, २०३१ को दफा ३८(५) अनुसार पुनरावेदनको अनुमति पाउँ भनी रुपज्योति कंसाकारको म.क्षे.अ.मा परेको निवेदनमा कर विभागबाट कर निर्धारण सम्बन्धी निर्णय गरिएको देखिँदा सो निर्णय प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण हुन गएको र कानुनको व्याख्या सम्बन्धी प्रश्न समेत समावेश हुन आएको देखिँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(३) को आधारमा पुनरावेदनको अनुमति दिने भन्ने समेत २०४१।३।९ को आदेश । ५. आयकर ऐन, २०३१ को दफा १७ बमोजिम श्री ५ को सरकारले आयकर लाग्ने कुनै खास किसिमको कारोबार वा आयको खूद आय निर्धारण गर्ने तरीका तोक्न