निर्णय नं. १००९८ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००९८ - ठगी भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७४/११/२३ ५४८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्ययाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७४।११।२३ मुद्दा : ठगी ०७०-CR-०६८१ पुनरावेदक / प्रतिवादी : जिल्ला भोजपुर दलगाउँ गाउँ विकास समिति वडा नं. ३ बस्ने पुष्पबहादुर कार्की विरूद्ध प्रत्यर्थी / वादी : महेन्द्रबहादुर कार्की समेतको जाहेरीले नेपाल सरकार ०७०-CR-१०९४ पुनरावेदक / वादी : महेन्द्रबहादुर कार्कीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला भोजपुर दलगाउँ गाउँ विकास समिति वडा नं. ३ बस्ने पुष्पबहादुर कार्कीसमेत ठगीको वारदात स्थापित हुन अर्काको हकको सम्पत्ति लिने खाने उद्देश्यले धोका गफलत परिपञ्च गरेको देखिनु पर्ने हुन्छ । ठगी अपराधको मूलभूत तत्त्व आफ्नो हक नपुग्ने अर्काको हकको सम्पत्ति लिने दिने दिलाउने नियतले ललाई फकाई गरी विश्वासमा पार्ने, जाल परिपञ्चमा पार्ने, धोका गफलतमा पार्ने आदि जुनसुकै वा कुनै तत्त्व अन्तर्निहित हुन सक्दछ । कुनै पनि किसिमको धोकाजन्य व्यवहार गरेर अर्काको हकको चल अचल सम्पत्ति लिने खाने नियत राखेको प्रमाणित हुन्छ भने त्यो कार्य ठगीको कसुरअन्तर्गत पर्ने । (प्रकरण नं.३) कुनै व्यक्तिले एकभन्दा बढी व्यक्तिको हक पुग्ने सम्पत्ति लिने खाने बदनियतले धोखा दिने कार्य गरी चलअचल लिए खाएको अवस्थामा कुनै एक जनासँग भरपाई लिखत गराएकै आधारमा ठगीको कसुरमा मुद्दा नै नचल्ने, ठगीमा सजाय नै नहुने भन्न मिल्ने देखिँदैन । ठगिने व्यक्तिले ठगी गर्नेलाई पक्री भाखा तमसुक गराई राखेको भन्ने वाक्यांशले ठगिने जति सबैको हकको धनमाल पाउन सक्ने गरी भाखा तमसुकको लिखत भएको भन्ने जनाउँदछ । तर उनाउ व्यक्तिसँग गराई लिएको लिखतलाई ठगीको महलको ३ नम्बरबमोजिमको तमसुक रहेछ भनी मान्न मिल्ने नदेखिने । (प्रकरण नं.५) पुनरावेदक / वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टिका भुषण घिमिरे प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता श्री रोहितकुमार डाँगी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने मा.जिल्ला न्यायाधीश श्री अम्मरराज पौडेल भोजपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री शम्भूबहादुर खडका माननीय न्यायाधीश श्री विदुरविक्रम थापा पुनरावेदन अदालत, धनकुटा फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेको छः- ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत भोजपुर जिल्लाको दलगाउँ सडक खण्डमा हामी जाहेरवालाहरू समेतका समूहले सडक निर्माणबापत पाउने श्रमिकको ज्याला नगद रू. १५,१७,०००।- अभियुक्त केशवप्रसाद सुवेदी, पुष्पबहादुर कार्कीसमेतका मानिसहरूले मिति २०६७।६।२० गते राष्ट्रिय वाणिज्य बैंक, भोजपुरबाट भुक्तानी लिई दलगाउँतर्फ फर्कने क्रममा बाटोमा अभियुक्त पुष्पबहादुर कार्की र केशवप्रसाद सेुवेदीसमेतले आर्थिक लोभ लालचमा परी रूपैयाँ ठगी गर्ने योजना बनाएका रहेछन् । अभियुक्त पुण्यप्रसाद प्रधान, राजन भन्ने खड्बहादुर कार्की र चन्द्रबहादुर दर्जीसमेतसँग मिलेमतो गरी दलगाउँ–१ स्थित थपेनी चौतारीमा आइपुगेपछि सोही दिनको बेलुकी अं. १७.४५ बजेको समयमा नाटक रची उल्लिखित रूपैयाँ लुटेराहरूले लुटाए जस्तो बहाना पारी काल्पनिक वारदात घटाई रूपैयाँ मिलेमतो गरी बाँडफाँड गरी खाएछन् । यसरी उपर्युक्तबमो