निर्णय नं. १००९९ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००९९ - जग्गा खिचोला भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७५/०३/०१ ७९४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।३।१ ०७१-CI-११७६ मुद्दा : जग्गा खिचोला पुनरावेदक / प्रतिवादी : जिल्ला मोरङ टंकिसिनवारी गा.वि.स. वडा नं.२ बस्ने कुश मगर विरूद्ध प्रत्यर्थी / वादी : ऐ. ऐ. वडा नं. १ बस्ने अशोककुमार ठाकुर स्वामित्वको प्रश्न र भोगाधिकारको प्रश्न एकै नभई अलग-अलग विषय हुन् । कुनै पनि वस्तुमाथिको भोग वस्तुको वास्तविक स्वामीबाहेक अन्य व्यक्तिको विरूद्धमा लागू हुन्छ । अर्थात् स्वामित्व भएको व्यक्तिबाहेक अरूले भोगाधिकारलाई चुनौती दिन नसक्ने । (प्रकरण नं.३) कसैको भोगाधिकार भएको सम्पत्तिमा अरू कसैले अवरोध सिर्जना गर्न खोजेको अवस्थामा भोगाधिकारमाथि खिचोला गरेको भन्नु पर्ने । आफ्नो कुनै पनि प्रकारको हक र भोग नरहेको जग्गामा भोगाधिकार रहेको भनेर जिकिर गर्नुको अर्थ खिचोला गरेको तथ्यलाई स्वीकारेको मानिने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री राजकुमार वन पुनरावेदन अदालत विराटनगर सुरू फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री राधाकृष्ण उप्रेती मोरङ जिल्ला अदालत फैसला न्या. तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :- म फिरादीले विपक्षीको हजुरआमा शोभामाया मगर्नीबाट मिति २०३१/३/४ गते मालपोत कार्यालय, मोरङको रजिस्ट्रेसन नम्बर ४४९६ बाट थैली रू.३,१९०।- राखी पिण्डेश्वरी गुठीअन्तर्गतको मोरङ जिल्ला टंकिसिनवारी गा.वि.स. वडा न. ९(ख) कि.नं. ३ को ससिम ज.वि. ०-२-१०, ऐ. वडा नं.२(क) कि.नं. १३ को ससिम ज.वि. ०-४-० र ऐ. कि.नं ११ को ससिम ज.वि. ०-२-० समेत जम्मा ज.वि. ०-८-१० राजीनामा बेहोराले २०३१ सालको बालीदेखि खाने गरी विपक्षीका बाबु टंकप्रसादसमेतलाई साक्षी राखी लिएको र सो सालदेखि मिति २०६९/२/१९ गतेसम्म म फिरादीले अविछिन्न रूपमा जोतभोग गरी बाली लगाई खाई आएकोमा मिति २०६९/२/२० गतेदेखि विपक्षीहरूले सो र.नं. ४४९६ मा उल्लिखित जग्गामध्येको कि.नं. ११ को ०-२-० जग्गामा जोतभोग गर्न नदिई खिचोला गरेकोले उक्त कि.नं.११ को ०-२-० जग्गा खिचोला मेटाई चलनसमेत चलाई पाउँ भन्ने बेहोराको मिति २०६९/०४/२६ को फिराद पत्र । विपक्षी वादी अशोककुमार ठाकुरले दाबी गरेको जिल्ला मोरङ टंकिसिनवारी गा.वि.स. वडा नं. २(क) कि.नं. ११ को ज.वि. ०-२-० जग्गा मूल्यवान् घडेरी जग्गा रहेको र भोगाधिकारको आधारमा हामीले सुकुम्बासीको हैसियतले हामीले दर्ता गराउन लागेको अवस्थामा लोभ लागी फिराद दर्ता गरेको हो । निजको फिराद दिने हकदैया रहेको छैन । गा.वि.स.को सिफारिस सर्जमिनमा समेत हाम्रो भोगचलन निरन्तर भएको देखिएको अवस्थामा मुलुकी ऐन, जग्गा मिच्नेको महलको १८ नं. को कृत्रिम हदम्याद कायम गरी आएका साथै हाम्रा स्व. बुबा टंकप्रसादको नाउँको दर्ता स्रेस्तामा ऐलानी भनी उल्लेख भइरहेको र विपक्षी वादीसँग जग्गाधनी प्रमाण पुर्जा नै नरहेको अवस्थामा विवादित जग्गा विपक्षीको नभएको हुँदा उक्त वादी दाबी खारेज गरी हाम्रो भोगाधिकार स्थापित गराई पाउँ भन्नेसमेत बेहोराको मिति २०६६/०६/०४ को प्रतिउत्तर पत्र । उक्त कि.नं. ११ को जग्गा २