निर्णय नं. १०१०० - कुटपिट अङ्गभङ्ग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१०० - कुटपिट अङ्गभङ्ग भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७४/०८/२६ ४७९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७४।८।२६ मुद्दाः कुटपिट अङ्गभङ्ग ०७१-CR-११०३ पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा कनकपट्टी गाउँ विकास समिति वडा नं.३ बस्ने रामलाल चमार विरूद्ध प्रत्यर्थी / वादी : बुधनराम चमारको जाहेरीले नेपाल सरकार ०७१-CR-११०४ पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा, कनकपट्टी गाउँ विकास समिति वडा नं. ३ बस्ने जिवछ यादव विरूद्ध प्रत्यर्थी / वादी : बुधनराम चमारको जाहेरीले नेपाल सरकार कसुरदारलाई सजाय गरी अपराधको रोकथाम र नियन्त्रण गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्ने फौजदारी न्यायको उद्देश्य हो । कसुरदारलाई आउदो समयमा अपराधिक कार्य गर्नबाट हतोत्साह गर्ने र आफ्नो कार्य प्रति पश्चातापको सिर्जना गर्नु, कसुरको मात्राअनुसार सजाय गर्नु दण्डप्रणालीको महत्त्वपूर्ण उद्देश्य हो । कसुरदारलाई सजाय तोक्दा दण्ड गरे जस्तो मात्र पनि देखिनु हुँदैन । कसुरको मात्रा र गाम्भीर्यअनुसार दण्ड पाएको अनुभुति गरी पश्चातापको वातावरण सिर्जना हुने किसिमले दण्ड गर्नुपर्ने । मुलुकी ऐन, कुटपिटको महलको ६ नं. मा दामासाहीले सजाय गर्नुपर्ने भन्ने व्यवस्था रहेको पनि देखिँदैन । जब कानूनले दामासाहीले सजाय हुन्छ भनी स्पष्ट नगरेको अवस्थामा प्रस्तुत वारदातको घटनाक्रम, प्रतिवादीहरूको संख्या तथा पीडितउपर परेको घा खतसमेतलाई दृष्टिगत गर्दा प्रतिवादीहरूलाई जनही सजाय गर्दा नै फौजदारी न्यायको उद्देश्य तथा कुटपिटको महलको ६ नं. को कानूनी व्यवस्थाको मक्सद पूरा हुने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव, विद्वान्‌ अधिवक्ता श्री सतिसकुमार झा प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री विमलप्रसाद ढुङ्गेल धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री द्वारिकामान जोशी पुनरावेदन अदालत जनकपुर फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- मिति २०६३।७।३ गतेको राति अं. ८ बजेको समयमा म जाहेरवाला तथा पिता असर्फी राम चमार, जोगिन्दररामसमेत जोगिन्दररामको घर दरबाजामा बसी आफ्नो रोजगारीको सम्बन्धमा कुरा कानी गरिरहेको अवस्थामा एक्कासी विपक्षी जिवछ यादवसमेत हात हातमा खुकुरी, फलामे रड लाठीसमेत बोकी आई हामीलाई चारैतर्फबाट घेराउ गरी हाम्रो शरीरमा जत्र तत्र प्रहार गरी मसमेतलाई अङ्ग भंग पारी घाइते बनाई भागी फरार भएको हुँदा निजहरूलाई खोज तलास गरी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त । जिल्ला धनुषा कनकपट्टी गाउँ विकास समिति वडा नं. ३ स्थित जोगिन्दरराम चमारको घर आँगन दरबाजा रहेको । निजको घरभन्दा पूर्व अगाडि आँगन रहेको, सोही आँगनमा जोगिन्दरराम चमार, असर्फी राम चमार र बुधन राम बसी कुरा गरिरहेको अवस्थामा प्रतिवादी जिवछ यादवसमेतले हात हातमा खुकुरी, फलामे रड, लाठीसमेत प्रहार गरी घाइते पारेको ठाउँको घटनास्थल मुचुल्का । बुधन राम चमार, जोगिन्दरराम चमार, असर्फी राम चमारसमेतको अङ्ग शरीरम