निर्णय नं. १०१०१ - अंशचलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१०१ - अंशचलन भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७४/११/०९ ६६१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री वमकुमार श्रेष्ठ फैसला मिति : २०७४।११।९ मुद्दा:- अंशचलन ०६६-CI-०९७३ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, मातातिर्थ गाउँ विकास समिति वडा नं.१ बस्ने नेपी मिजारसमेत विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, मातातिर्थ गाउँ विकास समिति वडा नं.१ बस्ने काली मिजारसमेत ०६६-CI-१२०१ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, मातातिर्थ गाउँ विकास समिति वडा नं.१ बस्ने शान्ति मिजार विरूद्ध प्रत्यर्थी / वादी : ऐ.ऐ. बस्ने काली मिजारसमेत ०६७-CI-०९०९ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, मातातिर्थ गाउँ विकास समिति वडा नं.१ बस्ने च्यामिनी मिजार विरूद्ध प्रत्यर्थी / वादी : ऐ.ऐ. बस्ने, काली मिजारसमेत ०६७-CI-१११२ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, मातातिर्थ गाउँ विकास समिति वडा नं. १ बस्ने रामचन्द्र मिजार विरूद्ध प्रत्यर्थी / वादी : ऐ.ऐ. बस्ने काली मिजारसमेत कुनै अंशियारको नाममा कुनै सम्पत्ति रहँदैमा अंशबन्डाको ३० नं. को प्रयोजनको लागि व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको अर्थ गर्न मिल्दैन । व्यवहार प्रमाणबाट अंशबन्डा भएको देखिनका लागि पनि नरम गरम मिलाई अंशबन्डा गरेको, अंशबन्डा गरी भाग शान्ति पाएको सम्पत्ति आ-आफ्नो नाममा दाखिला खारेज भएको पनि देखिनु पर्ने । अंशजस्तो नैसर्गिक हकमा अंशियारले पाउनु पर्ने सम्पत्ति नपाएसम्म वा विधिवत् अंश हक नछोडेसम्म अंश छुट्याई लिन पाउने हुँदा सानातिना प्राविधिक कारण देखाई अंशहक भएको सम्पत्तिमा अंशियारलाई सो हकबाट वञ्चित गर्नु न्यायोचित नहुने । (प्रकरण नं.५) सगोलको अंशबन्डा लाग्ने सम्पत्ति भनी दाबी भएकोमा सगोलको सम्पत्ति होइन अंशबन्डा नलाग्ने निजी आर्जनको सम्पत्ति हो भन्ने पक्षले नै त्यसको सबुद गुजार्नु पर्ने । (प्रकरण नं.६) कुनै व्यक्तिले आफ्नो श्रम वा बौद्धिक क्षमताबाट कुनै सम्पत्ति आर्जन गर्दछ भने त्यस्तो सम्पत्तिलाई निजी आर्जन भनिन्छ । अंशबन्डाको विषयमा निजी आर्जन हुनको लागि अंशियारमध्ये कसैले एकाघर सगोलको सम्पत्ति प्रयोग नगरी सगोलको सम्पत्ति नमिसाइकन आफ्नै श्रम र सीपबाट कुनै सम्पत्ति आर्जन गरेको छ भने सो सम्पत्तिलाई स्वआर्जन भन्न सकिने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी, विद्वान् अधिवक्ताहरू श्री गोपालप्रसाद अर्याल, श्री भोजराज भट्ट, श्री केदार गौतम प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री राजु बस्नेत अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने मा.अतिरिक्त जिल्ला न्या. श्री वीरसिंह महरा काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश डा. श्री कुलरत्न भुर्तेल पुनरावेदन अदालत पाटन फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६६/८/१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा प्रतिवादीहरूको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः स्व. ससुरा दलबहादुरका ३ श्रीमतीमा जेठीतर्फका नसे मिजार माइलीतर्फका हामी फिरादीका पति तथा पिता मुसे मिजार कान्छीतर्फका दुराङ्गे मिजार, नरबहादुर र सानुभाई मिजार