निर्णय नं. १०१०४ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१०४ - बन्दीप्रत्यक्षीकरण भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७५/०५/२७ ४४२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७५।५।२७ ०७५-WH-००१७ मुद्दाः बन्दीप्रत्यक्षीकरण निवेदक : ताप्लेजुङ जिल्ला फाकुम्वा गा.वि.स. वडा नं.८ हाल मैयाखोला गाउँपालिका वडा नं.६ बस्ने मंगल सिंह लिम्बूसमेत विरूद्ध विपक्षी : त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौंसमेत भन्सार कार्यालयले अदालतलाई भएसरहको अधिकार प्रयोग गर्न सक्ने भन्ने कानूनी व्यवस्थाको अर्थ मनासिब आधार र कानूनविना कसैलाई पनि पक्राउ गर्ने र थुनामा राखी अनुसन्धान गर्न पाउने भन्ने कदापि होइन । आरोपित व्यक्तिले कुनै प्रमाण लोप वा नास गर्न सक्ने अवस्थाको विद्यमानता भएको स्थितिमा वा कानूनले थुनामै राख्नुपर्ने व्यवस्था गरेमा मात्र थुनामा राखी अनुसन्धान तहकिकात गर्नुपर्ने हुन्छ । अन्यथा थुनामा राख्नु अन्तिम विकल्पको रूपमा प्रयोग गर्नुपर्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री ख्याम नारायण सापकोटा र श्री दयानिधि पौडेल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी अवलम्बित नजिर : ने.का.प.२०६८, अंक ९, नि.नं.८६८४ सम्बद्ध कानून : भन्सार ऐन, २०६४ आदेश न्या. अनिलकुमार सिन्हा : नेपालको संविधानको धारा ४६ तथा १३३(२), (३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार छः- म निवेदक मिराक लिम्बूको सहोदर दाजु मंगल सिंह लिम्बू र ल्वाङ घले तथा नृपराज विष्ट चिनजानको व्यक्ति हुन् । मेरा दाजु मंगल सिंह लिम्बू नयाँ बसपार्क स्थित होटलहरूमा गेष्ट पुर्‍याउने, एयरपोर्टमा लिन जाने गर्नु हुन्थ्यो । मिति २०७५।५।३ गते Malindo Air बाट ल्वाङ घले र नृपराज विष्ट मलेसियाबाट त्यहाँको समयअनुसार ६.२५ मा उडी नेपालमा साँझ ८.५० मा उत्रिनु भएको हो । वैदेशिक रोजगारमा गई फर्केका निजहरूलाई पनि होटलमा राख्ने हिसाबले एयरपोर्टमा लिन जानुभएको अवस्था थियो । ल्वाङ घले र नृपराज विष्ट एयरपोर्टमा आइसकेपछि निजहरूले १००/१०० ग्राम सुनका गहना ल्याएको अवस्था रहेछ । सोबारेमा मेरा दाजुलाई कुनै जानकारी छैन । १००/१०० ग्राम सुन ल्याउँदा भन्सार तिरेर ल्याउन पाउने कानूनी व्यवस्थासमेत छ । सो कुरालाई विपक्षीहरूले नजरअन्दाज गरी उक्त ३ जना व्यक्तिहरूलाई मिति २०७५।५।३ देखि महानगरीय प्रहरी परिसर टेकुमा थुनामा राखी कारबाही गरिरहेको अवस्था छ । उक्त २ जना व्यक्तिलाई तिम्रो एयरपोर्टमा को छ भनी सोध्दा बाहिर हामीलाई लिन आइरहेका छन् भनी भन्दा उनीहरूलाई पक्राउ गरी गेस्ट लिन गएको मेरा दाजुलाई समेत पक्राउ गरी खानपिनसमेत नदिई शारीरिक तथा मानसिक यातना दिई भेटघाट पनि गर्न नदिएको अवस्था छ । कानूनबमोजिम भन्सार तिरेर लिएर आउन पाउने सुन गरगहनालाई भन्सार तिर्नेसमेत मौका नदिई कानूनमा सुन ल्याउन पाउने भनेको हो, गहना ल्याउन पाउने भनेको छैन भनी उल्टो तर्क गरी थुनामा राखेको गैरकानूनी छ । उनीहरूलाई थुनामा राख्दा के कहाँ मुद्दा चलेको छ, के कहाँबाट म्याद थपिएको छ भनी कुनै जानकारीसमेत दिएको अवस्था छैन । मलेसियास्थित नेपाली दूतावासले ल्वाङ घले र नृपराज विष्टलाई वान वे ट्राभल डकुमेन्ट दिई नेपाल फर्काएको र नेपाल फर्कने क्रममा उनीहरूले दशौं वर्ष मलेसिया बस्दा जम्मा गरेको नगदले नेपाल कानूनबमोजिम ल्याउन पाउने १००/१०० ग्राम सुनक