निर्णय नं. १०१०७ - हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१०७ - हक कायम भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७४/१०/२९ ४४४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।१०।२९ ०६८-CI-१११६ मुद्दाः हक कायम पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ लैनचौर हाल काठमाडौं जिल्ला गोलढुंगा गाउँ विकास समिति वडा नं. २ बस्ने सन्तलाल रजक विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ लैनचौर बस्ने पदमादेवी थपलिया ०६८-CI-१२२८ पुनरावेदक / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२९ लैनचौर बस्ने पदमादेवी थपलिया विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ लैनचौर बस्ने सन्तलाल रजक जग्गामा हकको मूल स्रोत भनेको जग्गाको दर्ता स्रेस्ता नै हुँदा नापीको समयमा जग्गावालाले भराएको फिल्डबुकको स्रेस्ता कागज जसमा जग्गाको चारकिल्ला, क्षेत्रफल र जग्गाधनीको नाम थर वतन उल्लेख भई तयार भएको हुन्छ । फिल्डबुकको त्यो स्रेस्ता कागजले जग्गाको स्वामित्वको निर्धारण गरी त्यसैको आधारमा तयार हुने जग्गाधनी दर्ताको प्रमाणपुर्जाले जग्गाको हक निश्चित गरेको हुन्छ । त्यसैले जग्गाको हकको मूल स्रोत भनेकै जग्गाधनीको फिल्डबुकको आधारमा तयार भएको जग्गाधनी दर्ता प्रमाणपुर्जा हुने । (प्रकरण नं.६) कसैको जग्गा स्रेस्ताअनुसारको क्षेत्रफलमा कम पारी अर्कोमा क्षेत्रफलमा बढी देखाई नरबढी भयो भनी भन्न मिल्ने कुरा पनि होइन । जग्गाको हकको मूल प्रमाण जग्गाधनी दर्ता प्रमाणपुर्जा भएकोले त्यसमा तोकिएको क्षेत्रफल अन्यथा भएको अवस्थामा बाहेक नघट्ने हुँदा मेरो जग्गा नरबढी भयो भन्ने वादीको भनाइ आधारयुक्त र युक्तिसङ्गत देखिँदैन । नरबढी भन्नलाई मुलुकी ऐन जग्गा पजनीको महलको ८ नं. को अवस्था विद्यमान हुनु पर्ने । (प्रकरण नं.१०) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सविता भण्डारी र विद्वान् अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठ प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री प्रभा बस्नेत काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. मा. न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई पुनरावेदन अदालत पाटन फैसला न्या. बमकुमार श्रेष्ठ : पुनरावेदन अदालत पाटनको मिति २०६७।८।५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई वादी पदमादेवी थपलिया तथा प्रतिवादी सन्तलाल रजकको पुनरावेदन परी दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- म फिरादीको नाममा कायम रहेको साबिक नगर वडा नं. २१(ङ) कि.नं. १२९ को ०-१-१-० जग्गा हालको नापीमा काठमाडौं महानगरपालिका वडा नं. २९ सिट नं. १०२-१०६४-०५ कि.नं. ६९ को ०,०००७६.१०(०-२-२-०) जग्गाको मालपोत कार्यालयबाट हाल साबिक भिडाउँदा जग्गाधनी महलमा म फिरादी पद्मादेवीकै नाम उल्लेख भई साबिक नगर २१(ङ) कि.नं. १२१ हाल काठमाडौं महानगरपालिका वडा नं. २९ सिट नं. १०२-१०६४-०५ कि.नं. ६९ सँग पूरै भिड्ने भन्ने नापीबाट भएको फिल्ड निरीक्षणमा उल्लेख भएको अवस्था विद्यमान रहेको छ । यसरी मेरो नाममा दर्ता तथा नापी भएको मैले निर्विवाद रूपमा भोगचलन गरी आएको सो जग्गाको जग्गाधनी प्रमाणपुर्जा पाउनका लागि