निर्णय नं. ४३३७ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३३७ - उत्प्रेषणयुक्त परमादेश भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०५/३१ २६१४ निर्णय नं. ४३३७ ने.का.प. २०४८ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको रि.नं. ६७२ आदेश भएको मिति : २०४८।५।३१।२ मा निवेदक : मोरङ विराटनगर प्रधान कार्यालयको पशुपति खाद्य तेल उद्योग प्रा.लि. को तर्फबाट अधिकार प्राप्त ऐ.का संचालक शिवरत्न शारदा विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार भन्सार कार्यालय, विराटनगरसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) स्वीकृत स्कीम बमोजिमको मेशिनरी मगाउँदा उद्योग विभागको सिफारिश अनुसार मगाएकोले त्यस्तो मेशिनरीमा अन्य सामानको भन्सार महसुल लिएको भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. १६) (२) स्वीकृत स्कीम बमोजिम प्रस्तुत मेशिनरी माल मगाएको र त्यस्तो मगाईएको मेशिनरी माल दोश्रो पटकको हो भन्ने समेत नदेखिदा अर्थ मन्त्रालयको सूचना बमोजिम भन्सार महसुल छूट पाउने नै देखिने । (प्रकरण नं. १६) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला (साविक पेज नं. ४०३) आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा १६ तथा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. कम्पनी ऐन (संशोधन सहित), २०२१ अन्तर्गत २०३८।१२।१७ मा दर्ता भएको यस उद्योगले भन्सार कार्यालय विराटनगर हुँदै विभिन्न मितिमा प्रज्ञापनपत्रहरु बमोजिमका सामानहरुको प्रथम पटक पैठारी गरेको ती सबै सामानहरु स्वीकृत स्कीम बमोजिमका मेशिनरी सामान हुन् यसरी पहिलो पटक आयात गर्दा ८० प्रतिशत भन्सार महसुल छूट सुविधा दिने भन्ने श्री ५ को सरकार अर्थ मन्त्रालयको मिति २०४४।९।१३ को राजपत्र भाग ३, खण्ड ३७ संख्या ३६ मा प्रकाशित सूचना अनुसार छूट दिनु भन्ने उद्योग विभाग पू.क्षे.का. बाट र उद्योग विभागबाट समेत सिफारिश हुँदा पनि धरौटको रुपमा विपक्षी भन्सार कार्यालयले लिएको विभिन्न प्र्रज्ञापनपत्रहरुमा लिएको रकम यस उद्योगलाई फिर्ता दिने काम भएन । चित्त नबुझी प्रत्यर्थी भन्सार विभागमा समेत निवेदन दिंदा पनि आजसम्म रकम फिर्ता दिलाई दिने काम भएको छैन । ३. यस उद्योगबाट पहिलो पटक आयात भएको स्वीकृति स्कीम बमोजिमको मेशिनरी सामानमा ८० प्रतिशत छूटको सुविधा पाउनु पर्दछ भन्ने मेरो कथन निम्नानुसार पुष्टी गर्दछु । ४. यस उद्योगले निम्न उल्लेखित मेशिनरी सामानहरु पहिलो पटक पैठारी गरेको हो । यस्तो सामानमा ८० प्रतिशत भन्सार महसुल छूट पाउने कानुनी आधार हुँदा उद्योग विभागबाट सिफारिश भएको हो सो सिफारिश समेतलाई बेवास्ता राखी धरौटी रहेको रकम मध्येको ८० प्रतिशत रकम यस उद्योगलाई फिर्ता दिने काम नभएबाट उक्त २०४४।९।१३ मा अर्थ मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचना नं. २ को प्रत्यक्षतः उल्लंघन हुन गएको छ । औ.व्या.ऐन, २०३८ को तत्कालीन दफा १०(ख) ले पनि पैठारी भएको यस्तो सामानमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने हो । ५. सर्वशक्तिमान औद्योगिक व्यवसाय ऐन, ०३८ अन्तर्गतको कुनै पनि सुविधा संरक्षण प्रदान गर्नको लागि जुनसुकै सम्बन्धित निकाय स्वतन्त्र र सक्षम छ । यस्को प्रतिकूल प्रत्यर्थीहरुले यस उद्योगलाई गैरकानुनी ढंगले बढी भन्सार महसुल लगाई असूल उपर गरी लिनु बिलकूलै गलत र अन्यायपूर्ण हो त्यसमा पनि अर्थ मन्त्रालयको सूचनाको सोही मन्त्रालय अन्तर्गतको