निर्णय नं. १०११० - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०११० - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७४/०१/०३ ३६६४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७४।१।३ ०६७-WO-०२८० विषयः उत्प्रेषण / परमादेश निवेदक : डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका वडा नं. २ बस्ने नरेशमान श्रेष्ठ विरूद्ध विपक्षी : डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका वडा नं. ५ बस्ने पवित्र आवासीय उच्च मा. वि. को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विपिन भट्टसमेत धेरै पहिलादेखि सार्वजनिक रूपमा सञ्चालन हुँदै आएको विद्यालय र विद्यालयको सम्पत्ति सञ्चालक समितिले निर्णय गर्दैमा निजी कम्पनीमा जाने र सम्पत्ति निजी कम्पनीको हुने भन्ने शिक्षा ऐन एवं शिक्षा नियमावलीको प्रावधानले समेत मिल्ने नदेखिने । (प्रकरण नं.२४) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा एवं विद्वान्‌ अधिवक्ताहरू डा. चन्द्रकान्त ज्ञवाली, श्री मनोहरलाल श्रेष्ठ, श्री मनिषकुमार श्रेष्ठ, श्री रामेश्वरप्रसाद कोइराला र श्री ताराप्रसाद तिमल्सिना विपक्षीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री प्रेमबहादुर खड्का एवम् विद्वान्‌ अधिवक्ताहरू श्री इन्द्रबहादुर अधिकारी, श्री युवराज भण्डारी, श्री राजु कटुवाल र श्री भेषराज पन्त अवलम्बित नजिर : सम्बद्ध कानून : शिक्षा ऐन, २०२८ शिक्षा नियमावली, २०५९ आदेश प्र.न्या.सुशीला कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः म निवेदक स्थायी रूपले डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका वडा नं. २ सिलगढी बजारमा बस्दै आएको साधारण नेपाली नागरिक हुँ । जिल्लामा शिक्षा, स्वास्थ्यसँग सम्बन्धी क्षेत्रमा स्वयंसेवक भई निस्वार्थ सेवा गर्दै र आफूले भ्याएसम्म हरेक किसिमले योगदान पुर्‍याउँदै आइरहेको व्यक्ति हुँ । डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका वडा नं. ३, छाउनी स्थित स्थानीय पवित्र आवासीय उच्च माध्यमिक विद्यालय आफ्नै स्रोत विभिन्न संघ संस्था, स्थानीय अभिभावक र विदेशी संघ संस्थासमेतको सहयोग र अनुदानमा सञ्चालित विद्यालय, विद्यालयका तत्कालीन प्रिन्सिपल श्री रतन थापाले सिलगढीवासीको सहयोग र पहलमा २०४० सालमा रू.३००० (तीन हजार) रूपैयाँ धरौटी स्वरूप तत्कालीन डोटी जिल्ला पञ्चायतको खातामा जम्मा गरी स्थापना गर्नुभएको हो । स्थापनाकालदेखि हालसम्म उक्त पवित्र आवासीय उच्च माध्यमिक विद्यालय नेपाल सरकार, स्थानीय जिल्ला विकास समिति, नगरपालिका, जिल्ला शिक्षा कार्यालय र स्थानीय सिलगढी निवासी केही व्यक्तिहरूको सहयोग दान दातव्य र अनुदान प्राप्त गरी सञ्चालन हुँदै आइरहेको स्थिति यथार्थ हो । मिति २०४४।१।१२ गतेसम्ममा तत्कालीन दिपायल नगर पञ्चायत सचिवालयबाट रू.१५,०००।- पन्ध्र हजार, अनुदान प्राप्त गरेको, मिति २०५५।११।२४ मा जिल्ला शिक्षा कार्यालय डोटीबाट विद्यालयको व्यवस्थापन एवं सुधारको लागि जिल्ला शिक्षा कोषमार्फत रू.५१,०००।- अनुदान स्वरूप प्राप्त गरिएको र माध्यमिक शिक्षा विकास एकाई सानोठिमी भक्तपुरबाट २०५८ सालमा रू.७०,००,०००।- (सत्तरी लाख) बराबरको ५ कोठे विज्ञान प्रयोगशाला भवन निर्मित भएको छ । त्यसरी नै विद्यालयको आफ्नै स्रोतबाट ना २ ख ६४२ नम्बरको सार्वजनिक बस खरिद गरिएको र भारतीय राजदूतावासबाट बा १ क (रातोप्लेट) ४२९९ नम्बरको बस सहयोग स्वरूप प्राप्त भएको छ । त्यसपछि