निर्णय नं. १०१११ - उत्प्रेषण / प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१११ - उत्प्रेषण / प्रतिषेध भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७४/०३/२१ ४६२७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्मानीय का.मु.प्रधानन्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७४।३।२१ ०७२-wo-१०३१ विषयः उत्प्रेषण / प्रतिषेध निवेदक : दि इन्टरनेसनल लिगल फाउन्डेसन नेपाल (आई.एल.एफ.नेपाल) बबरमहलमा कार्यरत, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वार्ड नं.३४ शंखमुल बस्ने अधिवक्ता अजय शंकर झा “रूपेस” समेत विरूद्ध विपक्षी : नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत फौजदारी न्यायका सन्दर्भममा प्रयुक्त अभियुक्त र अपराधी शब्दावली छुट्टाछुट्टै अर्थवोध हुने शब्दावली हुन् । कुनै व्यक्ति विरूद्ध कुनै कसुरको आरोप लाग्नु र लागेको आरोप प्रमाणित हुनु पनि फरक फरक अवस्था हो । आरोप लागेको व्यक्ति विरूद्धको कसुर अदालतबाट प्रमाणित नभएसम्म वा निज कसुरदार नठहरिएसम्म निज निर्दोष रहेको मान्यताका आधारमा अभियुक्त शब्दावलीको प्रयोग हुने गरेको र कसुरदार ठहर भइसकेपश्चात् प्रयोग हुने शब्दावली अपराधी हो । अभियोग लाग्नासाथ अपराधी भनी कुनैपनि व्यक्तिको विवरण कायम गरिनु फौजदारी न्यायको मूल्य र मान्यता प्रतिकूल रहने । स्वच्छ सुनुवाइको हकले अभियोग लागेको व्यक्तिलाई आफ्नो कुरा भन्ने, त्यसको सूचना प्राप्त गर्ने, आफ्नो विरूद्धको प्रमाण खण्डन गर्ने आफू निर्दोष रहेको अनुभूति गर्ने व्यवहारको अधिकारसमेतलाई समेट्छ । स्वच्छ सुनुवाइको सिद्धान्तले अभियोग प्रमाणित नभएसम्म अभियोग लागेको व्यक्ति निर्दोष रहेको अनुमान गर्नु पर्ने मान्यतासमेतलाई ग्रहण गर्ने । (प्रकरण नं.४) मुद्दा अनुसन्धानको क्रममा अभियुक्तको अभिलेख राख्ने सिलसिलामा “अपराधीको अभिलेख” भन्ने फाराम खडा गरी सो फाराममा “अपराधीको नाम, थर, वतन..” जस्ता शब्दावली प्रयोग गर्न फौजदारी न्यायको क्षेत्रमा विकसित आधारभूत मान्यताविपरीत हुन जाने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री अजयशंकर झा र श्री बिमला यादव विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री रेवती त्रिपाठी अवलम्बित नजिर : ने.का.प.२०५५, नि.नं.६६२२, पृ.६१६ सम्बद्ध कानून : नेपालको संविधान आदेश का.मु.प्र.न्या. गोपाल पराजुली : निवेदकमध्येका राजु तामाङ विपक्षको कार्यबाट प्रत्यक्षरूपमा प्रभावित व्यक्ति रहेको तथा हामी अन्य निवेदकहरू पेसाले कानून व्यवसायी भई हामी कार्यरत संस्था दि इन्टरनेसनल लिगल फाउण्डेसन नेपालमार्फत सरकारवादी फौजदारी मुद्दामा थुनामा रहेका गरिब असहाय व्यक्तिहरूको निःशुल्क कानूनी प्रतिनिधित्व गरी आएकोले उक्त संस्थामार्फत हामीले सेवा प्रदान गरिआएका थुनुवाको हक अधिकारको लागि तथा निवेदनमा उठाइएको विषय सार्वजनिक हित र सरोकारको विषयसमेत भएकोले निवेदनमा उठाइएको विषयमा निवेदन गर्न पाउने हक हामी निवेदनहरूलाई संविधानतः प्राप्त छ । राजु तामाङबाहेकका हामी अन्य निवेदकहरू असमर्थ गरिब असहायलाई नि:शुल्क कानूनी प्रतिरक्षात्मक सहायता प्रदान गर्दै आएको र थुनुवाहरूको संवैधानिक हक अधिकार प्रचलनका लागि कानून व्यवसायीका साथसाथै एक सचेत नेपाली नागरिक रहेको साथै Officer of the court समेत भएको हुँदा प्रस्तुत विषयमा नेपालको संविधानको धारा १३३(२) बमोजिम यो निवेदन दायर गर्ने हकदैया राख्दछौं । राजु तामाङबाहेकका हामी अन्य निवेदकहरू कार्यरत संस्था दि इन्टरनेसनल लिगल फाउण्डेसन नेपालले सेवा प्रदान गरी आएका पक्ष संलग्न रहेका सर