निर्णय नं. १०११२ - राजीनामा बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०११२ - राजीनामा बदर भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७४/१२/१६ ५५१६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधानन्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७४।१२।२६ ०७०-CI-००६५ मुद्दाः राजीनामा बदर पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु गा.वि.स. भिल्मी वडा नं. ५ बस्ने सुर्यमति शुक्ला विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला कपिलवस्तु गा.वि.स. बहादुरगंज वडा नं. ५ बस्ने गोपीनाथ चौधरीसमेत सगोलको कुनै पनि अंशियारले अंश मुद्दा दायर गरेपछि अंश हकलाई सीमित वा संकुचित गर्ने गरी मन्जुरी वा साक्षी नराखी कुनै लिखत गरिन्छ भने त्यस्ता लिखतलाई असल नियतले पारिवारिक हितको लागि गरेको स्वाभाविक व्यवहार मान्न सकिने हुँदैन । अंशको हक अंशियार भएको नाताले स्वतः प्राप्त गर्ने हक हुँदा यस्तो हकलाई निष्क्रिय र संकुचित पार्ने गरी अंश मुद्दा परेपछि हक हस्तान्तरण गर्ने र वादीहरू नाबालक छन् वा २१ वर्ष उमेर पुगेको छैन वा मन्जुरी लिनुपर्ने होइन भन्ने कुनै पनि आधारमा दूषित तवरबाट भएको त्यस्तो हक हस्तान्तरण बदर नगर्नु न्यायोचित नहुने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री हरिप्रताप के.सी. कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री नीता गौतम दिक्षित पुनरावेदन अदालत बुटवल फैसला का.मु.प्र.न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- गुरू चरणको दुई छोरामध्ये जेठा राम समुझ र कान्छा राम शरण भएको । रामशरणको छोरा राम वरण भई राम वरणको श्रीमती म वादी चमेली देवी कुर्मी भएको । हामीहरूबाट ३ छोरा गोपीनाथ, रघुनाथ र लक्ष्मीनाथ चौधरीको जन्म भएको । रामशरणको श्रीमतीसमेतको मृत्यु भइसकेको । लोग्नेसमेतले सगोलको सम्पत्ति हिनामिना गर्न लागेको र खान लाउनसमेत दुःख दिने गरेको र अंश नदिएकोले लोग्नेसमेत उपर मेरो अंश मुद्दा परेको । मुद्दा चल्दाचल्दैको अवस्थामा हाम्रोसमेत अंश हक लाग्ने जिल्ला कपिलवस्तु गा.वि.स. जुमिला वडा नं. ६ कि.नं. ३७६ को ०-०-१११/२ घर जग्गा दिने रामवरण कुर्मी लिने सुर्यमति शुक्ला भई मिति २०६७।४।२४ मा र.नं. २।३०४ बाट राजीनामा पारित गरी लिनुदिनु गरेकाले हाम्रो हकजति २ भागको १ भागमा ५ भागको ४ भाग सो राजीनामा बदर गरिपाउँ भन्नेसमेतको फिराद दाबी । दाबीको जग्गा धितो राखी बैंकबाट ऋण लिएको र सो ऋण तिर्न नसकी लिलामी अवस्थामा रहेकोले सो ऋण तिरी फुकुवा गरी राजीनामा पास गरेको हो । निजी आर्जनको हुँदा राजीनामा बदर हुनु पर्ने होइन भन्नेसमेतको प्रतिवादी रामवरण कुर्मीको प्रतिउत्तर । रामवरण कुर्मीको निजी आर्जनको घरजग्गा भएकोले आफूखुसी गर्न पाउने अवस्थाको हुँदा भएको राजीनामा लिखत बदर हुनुपर्ने होइन भन्ने प्रतिवादी सुर्यमति शुक्लाको प्रतिउत्तर जिकिर । दाबीको जिल्ला कपिलवस्तु गा.वि.स. जुमिला वडा नं. ६ कि.नं. ३७६ को ज.बि. ०-२-१११/४ को लिखतमध्ये वादी चमेली कुर्मीको हकसम्म अर्थात् २ भागको १ भागमा ५ भागको १ भागसम्म लिखत बदर हुने र नाबालक वादीहरूको हकमा लिखत बदर गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने भन्ने कपिलवस्तु जिल्ला अदालतको मिति २०६८।११।२ को फैसला । सुरू