निर्णय नं. १०११४ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०११४ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७५/०५/१८ ३३४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ आदेश मिति : २०७५।५।१८ ०६८-WO-०९५८ विषयः उत्प्रेषण / परमादेश निवेदक : दोलखा जिल्ला, फस्कु गाउँ विकास समिति, वडा नं.८ बस्ने रामकाजी बस्नेतको श्रीमती धनकुमारी बस्नेतसमेत विरूद्ध विपक्षी : महान्यायाधिवक्ताको कार्यालय, रामशाहपथ, काठमाडौंसमेत अभियोजनको जिम्मेवारी संविधानले महान्यायाधिवक्तालाई सुम्पेको निजले अधिकार प्रत्यायोजन गरी मातहतका अधिकृतहरूलाई दिन सक्ने गरी संविधानले नै जिम्मेवारी सुम्पेको हुँदा त्यसो गर्नु सामान्यतया उसको अन्तिम जिम्मेवारी भएपनि संविधान र कानूनबमोजिम गर्नुपर्ने अभियोजन नगरेको, भेदभावपूर्ण व्यवहार गरी न्यायको स्वच्छताको उल्लङ्घन भएको वा दण्डहीनताको पक्षपोषण भएको अभियोजनसम्बन्धी अधिकारको सदुपयोग नभएको र निर्णय गर्ने अधिकारीले गरेको निर्णय प्रवृत्त भावनाबाट गरेको हो, होइन भनी न्यायिक पुनरावलोकनको रोहमा अभियोजनसम्बन्धी निर्णयउपर नै प्रश्न उठेमा अदालतले त्यसको पुनरावलोकन हुनै नसक्ने भन्न संविधानले अङ्गिकार गरेको न्यायिक पुनरावलोकनको सिद्धान्तले नमिल्ने । प्रस्तुत मुद्दामा मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने अधिकारीले तत्काल संकलित सबुत प्रमाणको विवेचना गरी मुद्दा नचल्ने निर्णय गरेकोलाई अन्यथा भन्नुपर्ने देखिन नआउने । (प्रकरण नं.६) महान्यायाधिवक्तालाई प्राप्त संवैधानिक अधिकार उक्त संविधानको धारा १३५(६) बमोजिम प्रत्यायोजन गरी जिल्ला न्यायाधिवक्तालाई दिएको देखिन्छ । सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १७(२) र १८ बमोजिम व्यावसायिक उन्मुक्तिको अधिकारअन्तर्गत निर्णय गरेको देखिन्छ । सरकारी वकिललाई संकलित सबुत प्रमाणको आधारमा मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने अधिकार रहेको देखिन्छ । सो अधिकारअन्तर्गत मुद्दा नचल्ने भनी जिल्ला न्यायाधिवक्ताले गरेको निर्णय अन्यथा भनिरहनु पर्ने नदेखिने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री टिकाध्वज खड्का विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी, विद्वान् अधिवक्ताहरू श्री विजय मिश्र श्री भरतकुमार लकाई अवलम्बित नजिर : स.अ.बुलेटिन.२०५५, अंक ४, पृ.२ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ आदेश न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः मेरा पति रामकाजी बस्नेत दोलखा जिल्ला, फस्कु गाउँ विकास समिति, वडा नं.९ स्थित पसल सञ्चालन गर्नु हुन्थ्यो र म सधैँ साँझ खाना पुर्याई साँझ पसलमै बसी नजिकै रहेको घरमा बिहान आउने र घरायसी कार्यमा संलग्न हुने गर्दथेँ । सदाझैँ मिति २०६८।९।२० को साँझ ८ बजेतिर म पतिको लागि खाना लिई पसल गई खाना खाएपश्चात् सुत्न लागेको समय अं. ९ बजे दोलखा जिल्ला, फस्कु गाउँ विकास समिति, वडा नं.६ मा घर भई वडा नं.९ बस्ने नारायण भन्ने गिताध्वज कार्की र ऐ.ऐ.वडा नं.८ बस्ने रामकृष्ण बस्नेत पसलमा आई मेरा पति रामकाजी बस्नेतलाई केही काम छ भनी बोलाई लगेका थिए । उहाँलाई पसलबाट लगेको १ घण्टाजति पछि अर्थात् लगभग १० बजे राति उहाँ फर्की आउनु भएपछि मैले यति राती तपाइँलाई उनीहरूले कहाँ, किन लगे र के भन