निर्णय नं. १०११६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०११६ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७४/०८/०६ ३८८३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. आदेश मिति : २०७४।८।६ ०७२-WO-०१६५ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं.५ बस्ने अधिवक्ता दीपक विक्रम मिश्र विरूद्ध विपक्षी : सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत वस्तुतः रिटसम्बन्धी क्षेत्राधिकारको परिधि अत्यन्त व्यापक छ । त्यसमाथि संविधानले सार्वजनिक हक र सरोकारको विवाद हेर्ने क्षेत्राधिकार यस अदालतलाई प्रदान गरेको कारण यो क्षेत्राधिकारको प्रयोग गरी अदालतले कार्यकारिणी तथा कानूनद्वारा संस्थापित निकायहरूका कार्य मात्र होइन, कानूनी कर्तव्यको निर्वाहमा भएको हेलचेक्र्याईं एवं अकर्मण्यतासमेतको पुनरावलोकन गर्दै संवैधानिक र कानूनी कर्तव्य निर्वाह गर्न र पारदर्शी ढंगले कार्य गर्न आदेश दिन सक्ने । सार्वजनिक हक र सरोकारको विवादमा निवेदकको भूमिका सूचनाकर्ता एवं विषयवस्तुको छलफलमा सहजकर्ताको सम्म हुने भएबाट निवेदनमा सोझै उठाइएको विषयसँग जोडिएका अन्य विषयमा पनि अदालत प्रवेश गर्न र विवादहरूलाई न्यायपूर्णरूपले सम्बोधन गर्न सक्ने नै हुने । (प्रकरण नं.२) गुठी सम्पदा गुठीजन्य संस्कृति र त्यसमा अडिएका मूल्य मान्यताहरूमा चोट पुग्नु भनेको राष्ट्रको लागि ठूलो नोक्सानी हो । त्यसरी क्रमशः राष्ट्रिय निधिहरू नासिँदै, माँसिदै जाने हो भने एक दिन राज्यको मौलिक पहिचान नै लोप हुने सम्भावना हुन्‍छ र गुठी त्यसको उदाहरण बन्‍न सक्छ । सोह्रखुट्टे पाटी कलात्मक स्वरूप रहेको स्थापत्यकलाका हिसाबले यसको छुट्टै महत्त्व छ । उक्त पाटीको निर्माण, धर्मकीर्ति, वृद्धि, समाजसेवा र व्यापार वृद्धिको उद्देश्यले गरिएको अनुमान गर्न सकिन्‍छ । उक्त पाटी लामो समयसम्म काठमाडौंका उत्तर पश्चिमतिरबाट आउने बटुवाको वासस्थानको रूपमा प्रयोगमा रहेको र सो समयमा हालको जस्तो होटल, गेस्ट हाउस नभएको अवस्थामा उक्त पाटीमा खानपिन गर्ने र बास बस्ने बासस्थान रहेकोसमेत पाइने । (प्रकरण नं.५) नेपालको ऐतिहासिक सम्पदा, संस्कृति, र सभ्यताउपर जानी वा नजानी वा अदुरदर्शिता वा स्वार्थवश विभिन्‍न समयमा प्रहार हुँदै आएको सन्दर्भमा सम्पदा खण्डीकरण हुँदा पर्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै उक्त पाटीको ऐतिहासिक, सांस्कृतिक मूल भावनाअनुरूप संरक्षण र जगेर्ना गर्नु आवश्यक देखिने । पाटीको सम्पदा र वातावरण संरक्षणको क्षेत्रमा दिगो वातावरणीय विकासको अवधारणालाई आत्मसात् गर्दै सम्बन्धित सबै सरोकारवालाहरू अघि बढ्नु पर्ने हुन्‍छ । राष्ट्रको विकाससम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलन हुनुपर्दछ भन्‍ने संवैधानिक प्रावधानसमेत रहेको देखिने । (प्रकरण नं.६) सम्पदालाई आजभन्दा बढी सुरक्षित, संरक्षित र व्यवस्थित रूपमा भावी पुस्तालाई हस्तान्तरण गर्नु वर्तमान पुस्ताको कर्तव्य हो । काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा रहेका धेरैजसो पाटी, पौवा, सत्तल, ढुङ्‍गेधारा, पोखरी आदि संरक्षणको अभावमा दिन परदिन बिग्रिँदै नासिँदै गइराखेका छन् । यस्ता धार्मिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिकोणले महत्त्वपूर्ण ठहरिएका सम्पत्तिहरूको समयमा जीर्णोद्वार गरी संरक्षण गर्नुपर्ने र त्यस्ता सम्पदाहरूलाई लोप हुनबाट जोगाउनु पर्दछ । यस दृष्‍टिबाट हेर्दा पुरातात्त्विक वस्तुहरूको संरक