निर्णय नं. १०११८ - मानव बेचबिखन तथा ओसारपसार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०११८ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७४/०८/१३ ३९७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७४।८।१३ ०६९-CR-०८५६ मुद्दा: मानव बेचबिखन तथा ओसारपसार पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला गाउँखर्क गा.वि.स. वडा नं.४ घर भई हाल, कारागार शाखा, नुवाकोटमा थुनामा रहेका नुर्वु भन्‍ने याङ्गचेन तामाङ विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम नुवाकोट २ र ३ को जाहेरीले नेपाल सरकार वादी पक्षको यो दायित्व विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा सारेको कारणले सीमित हुने वा समाप्‍त हुने होइन । यस अवस्थामा पनि वादी पक्षले आफ्नो अनुसन्धानको आधारमा आफूले तयार र दायर गरेको अभियोगपत्रमा प्रतिवादीको के कुन कार्य कुन कानूनले निषेध गरेको आपराधिक कार्य हो, विधायिकी कानूनले त्यस्तो कसुर स्थापित हुन चाहिने भनी निर्धारण गरेका अपराधका तत्त्वहरू (Constituent elements of crime) को विद्यमानता र आवश्यक छ भने तिनीहरूको संयोजनात्मकता (Concurrency) अनिवार्य रूपमा उल्लेख गरेको हुनुपर्ने । कानूनले निषेध गरेको आपराधिक कार्य, कार्य गरेको अवस्थामा कानूनले निर्धारण गरेको तहको मनसायको संयोजन र सो कार्य गर्दा प्रतिवादीलाई कुनै छुट वा प्रतिरक्षा उपलब्ध थिएन भनी अभियोगपत्रमा स्पष्‍ट रूपमा दाबी लिइएको हुनुपर्ने । आपराधिक कार्य (Conduct element), आवश्यक मनसाय (Fault element) र वैध प्रतिरक्षाको अभाव (Absence of valid defense) को स्पष्ट उल्लेख गरी कसुर स्थापित गर्न र कानूनबमोजिम सजाय गर्न मागदाबी लिइएको अभियोगपत्र रहेको अवस्थामा विधायिकी कानूनले निर्दोषिताको प्रमाणित गर्ने भार प्रतिवादीमा राखेको भएमा प्रतिवादीले आफूले सफाइको जिकिर लिन्छ भने उसले आफ्नो निर्दोषिता आफैँले प्रमाणित गर्नुपर्ने । वादीले लिएको दाबीमा नै कानूनले अपराध हुनको लागि अनिवार्य रूपमा चाहिने आवश्यक तत्त्व (Mandatory constituent elements of crime) भनी उल्लेख गरेका तत्त्वहरूको आधार प्रमाणसहित उल्लेख नगरी ती तत्त्वहरूलाई स्थापित नगरी केवल कसुर गरिएकाले सजाय गरिपाउँ भन्‍नेसम्म दाबी लिएको र अपराधका सम्पूर्ण आवश्यक तत्त्वहरूको संयोजनात्मक उपस्थिति (Concurrent presence) नभएको अवस्थामा प्रतिवादीमा प्रमाणको भार रहेको भन्‍ने कानूनी व्यवस्थाको आधारमा वादीको पूरा नगरेको दायित्व प्रतिवादीले पूरा गर्नुपर्ने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री मोतिलाल श्रेष्‍ठ र श्री बद्री पाठक प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री पदमराज भट्ट नुवाकोट जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्नेः माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल माननीय न्यायाधीश श्री सत्यराज गुरूङ पुनरावेदन अदालत पाटन फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छः- मिति २०६८।०२।१२ गते नुवाकोट जिल्ला गाउँखर्क गा.वि.स. वडा नं.४ बस्ने याङ्गचेन तामाङ, म र गाउँकै बहिनी नात