निर्णय नं. १०११९ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०११९ - जबरजस्ती करणी भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७३/१२/१६ ४१४१ प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७३।१२।१६ ०६७-CR-१२९७ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : सुर्खेत जिल्ला वीरेन्द्र नगर नगरपालिका वडा नं. १ बस्ने भिमबहादुर थापाको छोरा होमराज थापा विरूद्ध प्रत्यर्थी / वादी : सुनिता के.सी. को जाहेरीले नेपाल सरकार पर्याप्त रक्तस्राव भएको र करणी भएको वा नभएको यकिनसाथ भन्न नसकिने भनी योनि झिल्ली नरहेको र रक्तस्राव भएको भन्ने पुष्टि भइरहेको अवस्थामा करणीबाट रहेको वीर्य रगतसँगै बगेर जान सक्ने भई वीर्य फेला नपर्न सक्ने हुँदा वीर्य फेला नपरेको कारणलाई मात्र आधार बनाई जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको अपराधबाट अभियुक्तलाई सफाइ दिनु न्यायोचित हुने नदेखिने । (प्रकरण नं.५) जबरजस्ती करणी मुद्दामा सामान्यतया प्रत्यक्षदर्शी साक्षीको उपस्थिति हुँदैन । पीडित नै घटनाको आधारभूत गवाह हो । निजले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष व्यक्त गरेको कुरालाई प्रमाण ऐन, २०३१ को दफा १० (क)(ख) बमोजिम प्रत्यक्ष र निर्णायक प्रमाणको रूपमा लिनुपर्ने । (प्रकरण नं.६) मौकामा पीडितले व्यक्त गरेको र अदालतमा बकपत्रमा देखिएको सामान्य फरकलाई प्रधानता दिई कसुरजन्य अवस्था र परिस्थितिको मूल्याङ्कन नगरी वारदात नै स्थापित नभएको ठहराई कसुर अपराधबाट छुट हुने गरी सफाइ दिनु त्रुटिपूर्ण हुन जाने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री लवकुमार मैनाली प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६४, नि.नं.७८८०, अंक ९ ने.का.प.२०६५, अंक १, नि.नं.७९२३ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जि. न्यायाधीश श्री रामेश्वरनाथ अमात्य बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रमेश पोखरेल मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू पुनरावेदन अदालत, नेपालगञ्ज फैसला न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः जिल्ला बाँके, नेपालगञ्ज नगरपालिका वडा नं. ५ स्थित पूर्वमा दिपक शाहीको घर, पश्चिम बाटो, उत्तर पुष्पलाल चोकबाट बसपार्क रोड, दक्षिण नाम थाहा नभएको मानिसको घडेरी यति चार किल्लाभित्र रहेको भीमलाल पौडेलको घरमा जीवनाथ पौडेलले सञ्चालन गरेको हाम्रो गाउँले होटलको कोठा नं. २०७ मा होमराज थापाले जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको मिति २०६३/१०/६ को घटनास्थल मुचुल्का । मिति २०६३/१०/६ गते होमराज थापाले मलाई कोठा चाहियो बहिनी छन् भनेकोले कोठा नं. २०७ को चाबी लिई बसेका हुन् । होमबहादुर थापाले के गरे ? कोठामा थाहा भएन । ...................ले केही जानकारी पनि गराएकी थिइनन् भन्नेसमेत बेहोराको मिति २०६३/१०/६ को जीवनाथ पौडेलको घटना विवरण कागज । यसमा म मामाको घरमा बसी पढ्ने हुँदा हाल म जन्डिसको बिरामी भएकोले घरमा औषधी उपचार गर्न आउँदा तिर्थकुमारी चालिसेले चिनेको होमराज थापाको साथमा लगाएकीले मलाई खाना खाएर जाउली भनी नेपालगञ्ज ल्याई हाम्रो मनकामना कोल्ड स्टोर अर्थात् गाउँले होटलमा कोठामा राखी चुकुल लगाई जबरजस्त