निर्णय नं. १०१२० - रकम दिलाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१२० - रकम दिलाई पाऊँ भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७४/१०/०५ ४०१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७४।१०।५ ०७२-CI-०५४० मुद्दा:- रकम दिलाई पाऊँ पुनरावेदक / वादी : जिल्ला धादिङ गोगनपानी गा.वि.स. वडा नं.८ मानखु बस्ने तोयानाथ अर्याल विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला धादिङ निलकण्ठ गा.वि.स. वडा नं.२ पौवा बस्ने सानु विरबहादुर थापा मगर पुरा हुन नसक्ने करारको सम्बन्धमा करार ऐन, २०२३ लागु रहेकै अवस्थामा हदम्याद गुज्रिसकेपश्चात् नयाँ ऐनद्वारा नयाँ हदम्यादको व्यवस्था गर्दैमा गुज्रिसकेको हदम्याद पुनर्जीवित हुन नसक्ने । (प्रकरण नं.५) करार भनेको देवानी दायित्वभित्रको विषय हो । यस्ता देवानी दायित्वभित्रको विवादमा पूर्ववत् ऐनले प्रदान गरेको सुविधा वा कानूनी उपचारभित्रबाट चुकिसकेका फिरादवालाका हकमा नयाँ हक अधिकारको सृजना भएको भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री सीताराम दाहाल र श्री घनेन्द्र नेपाल अवलम्बित नजिर : सम्बद्ध कानून : करार ऐन, २०२३ सुरू तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री बाबुराजा कार्की धादिङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- मा. न्यायाधीश श्री भरतप्रसाद अधिकारी माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र पुनरावेदन अदालत पाटन फैसला न्या. अनिलकुमार सिन्हा : पुनरावेदन अदालत पाटनको मिति २०७०।१।८ को फैसलाउपर वादीको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ भनी परेको निवेदनमा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः विपक्षी प्रतिवादी सानु विरबहादुर थापा मगरले धादिङ जिल्ला निलकण्ठ गा.वि.स. वडा नं.५(च) कि.नं.२१५२ को रोपनी १२-१०-१-१ जग्गामध्ये १ रोपनी जग्गा बिक्री गरी घर व्यवहार चलाउनु पर्यो भनेकोले १ रोपनी जगाको मूल्य रू.९,८८,०००।- कायम गरी तत्काल उक्त जग्गा मालपोत विभागबाट रोक्का रहेकोले रोक्का फुकुवा भएको ३५ दिनभित्र जग्गावाला विरबहादुर थापाले म जग्गा खरिदकर्ता तोयानाथ अर्याललाई जानकारी दिनुपर्ने सर्त राखी मबाट प्रतिवादीले रू.९,८०,०००।- लिई मिति २०५४।६।१९ मा करार लिखत गरिदिनु भएको थियो । मिति २०६४।९।२७ मा करारबमोजिमको जग्गा लिने दिने सम्बन्धमा विपक्षीसँग कुरा गर्दा मालपोत कार्यालय, धादिङको मिति २०६४।६।२८ को निर्णयले उक्त जग्गा पौवा गुठी, मोही शिवकुमारी थापा मगरका नाउँमा दर्ता भई सक्यो । करारबमोजिमको जग्गा पास गरी दिन सक्दिन । करारको कागज गरी लिएको नगद विस्तारै तिर्नेछु भनेबाट पुन: मिति २०६४।११।२७ मा करारबमोजिमको जग्गा पास गरी दिनु पर्यो भनी विपक्षीसँग भन्दा करारबमोजिमको दायित्व पूरा गर्न सक्ने स्थिति र अवस्था नभएकोले जानेको गर भनी जवाफ दिएकोले प्रचलित करार ऐन, २०२३ को दफा १८(२)(ग) बमोजिम ३ महिनाभित्र नालेस गर्न आएको छु । मुलुकी ऐन, लेनदेन ब्यवहारको २ नं. बमोजिम सावाँ रू.९,८०,०००।- र सोको सयकडा १०% ले हुने ब्याज रू.९,८०,०००।- समेत जम्मा सावाँ ब्याज रू.१९,६०,०००।- विपक्षीबाट दिलाई भराई पाउँ भन्ने फिरादपत्र । प्रतिवादीका नाउँमा जारी भएको ३० दिने सुरू इतलायनामा म्याद मिति २०६६।५।१ मा तामेल भएकोमा म्यादभित्र प्रतिउत्तर नफिराई सुरू म्यादै गुजारी बसेको । प्रतिवादी स