निर्णय नं. १०१२१ - आवेशप्रेरित हत्या कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१२१ - आवेशप्रेरित हत्या कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७४/०९/०४ ७४९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।९।४ ०७२-CR-०८८७ मुद्दाः आवेशप्रेरित हत्या कर्तव्य ज्यान पुनरावेदक / वादी : पूर्णबहादुर खत्रीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : दाङ जिल्ला, सैघा गा.वि.स. वडा नं.६ बस्ने दिपक खत्री फौजदारी अपराध हुनको लागि आपराधिक कार्य (Actus reus) र आपराधिक मनसाय (Mens rea) हुनै पर्दछ । आपराधिक कार्यमा आपराधिक मनसाय (Mens rea) को कुन प्रकृतिको विद्यमानता रहेको छ भन्ने कुरा सजाय निर्धारणमा महत्त्वपूर्ण हुन्छ । मानसिक तत्त्वको स्वरूपको आधारमा नै अपराधको गाम्भीर्य मापन गरी दायित्व बहन गराउने गरिन्छ । अनिच्छित तथा अन्जानमा भएको कामको लागि गम्भीर कसुर मानी दण्डित गरिनु न्याय र कानूनका मान्य सिद्धान्तको विपरीत हुने । मानसिक शक्तिको प्रयोग गरेर गरेको कामको लागि कर्ता जिम्मेवार हुन्छ तर अन्जानमा वा अनिच्छित रूपमा गरिएको कामको लागि कर्तालाई कम जिम्मेवार तुल्याउने कानूनी व्यवस्था मुलुकी ऐनको ज्यानसम्बन्धी महलको ५ र ६ नं. मा रहेको छ । कर्ताको नियन्त्रणभन्दा बाहिरको परिस्थितिमा आकस्मिक रूपमा घटना घट्न गएको अवस्थामा भवितव्य हुने । (प्रकरण नं.२) आवेशप्रेरित हत्यामा तत्कालै उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा त्यसमा मनसाय तत्त्वको अभाव रहन्छ । आवेशमा उत्तेजित अवस्था कुन हदसम्म थियो भनी गणितीय हिसाबले यकिन गर्न नसकिने भए पनि प्रतिवादी र मृतकबीचको सम्बन्ध र व्यवहार, मानवीय संवेदनशीलता, कुनै खास घटना वा परिस्थिति जस्ता कुरालाई आँकलन गर्न सकिन्छ । आवेशको उत्तेजना मृतकको क्रियाकलापबाट अचानक उत्पन्न भई त्यसको प्रभावले अभियुक्तले क्षणिकरूपमा आत्मनियन्त्रण गुमाएको अवस्था हुनुपर्ने । आवेशप्रेरित हत्यामा पीडितको कुनै कार्यबाट प्रतिवादी उत्तेजित भई आवेशमा आई आत्मनियन्त्रण गुमाई पीडितको कार्यको प्रतिक्रियाको रूपमा तत्कालीन अवस्थामा नै पीडितउपर हमला गरेको र सोही कारणबाट पीडितको मृत्यु भएको हुन्छ । यस्तो अवस्थामा प्रतिवादीले आंशिक प्रतिरक्षाको जिकिर लिन र प्रमाणित भएमा सो सुविधा प्राप्त हुन सक्ने । (प्रकरण नं.३) भवितव्यलाई आकस्मिक घटना वा दुर्घटनाको रूपमा लिइन्छ । यसलाई दुर्घटनाको रूपमा लिइने हुँदा भवितव्य हुनलाई घट्न पुगेको घटना घटाउनेसम्मको कुनै कारण तथा रिसइवी नभएको देखिनु पर्ने, आफूले गरेको कामबाट कुनै दुष्परिणाम आउन सक्ने अवस्था तथा सम्भावना नरहेको देखिनु पर्ने, त्यस्तो दुष्परिणामको इच्छा तथा पूर्वज्ञानसमेत नभएको हुनुपर्ने साथै वैध काम वैध साधनको प्रयोग गरी पर्याप्त सावधानी अपनाई गरेको पनि पुष्टि हुनुपर्दछ । भवितव्य हत्यामा प्रतिवादीले मानिसउपर ताकेर प्रहार गरेको नभई सावधानीपूर्वक कुनै कार्य गर्दा दुर्भाग्यवश वा भवितव्यवश मानिसलाई लाग्न गई सो कारणबाट मानिसको मृत्यु भएको हुन्छ । त्यस्तो अवस्थामा ज्यानसम्बन्धीको महलको ५ नं. आकर्षित हुने र प्रतिवादीले सोअन्तर्गतको सुविधा प्राप्त गर्न सक्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नारायण ढकाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०४१, अंक ९, नि.नं.२११४ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने:- माननीय न