निर्णय नं. ४३३९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३३९ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०७/२५ २४३३ निर्णय नं. ४३३९ ने.का.प. २०४८ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको रिट नं. १२६८ आदेश भएको मिति : २०४८।७।२५।२ मा निवेदक : जि.खोटाङ विजयखर्क गा.पं. वार्ड नं. ९ भैरमपुरटोल बस्ने माधवप्रसाद पोखरेल विरुद्ध विपक्षी : श्री कोशी अञ्चल प्रहरी कार्यालय, धरानसमेत विषय : उत्प्रेषण (१) विद्यालय जस्तो पवित्र स्थानमा शुद्ध आचरण र उच्च मनोबल राखी कर्तव्यनिष्ठ रही विद्यार्थीलाई शिक्षा दीक्षाको ज्ञानस्मरण गराउनु पर्नेमा विद्यार्थीको अगाडि अश्लील शब्दप्रयोग गर्ने र राती विद्यार्थीकै कोठामा अनुचित यौन सम्पर्क राखी नैतिक आचरण तथा अनुशासनहिन कार्य गरेको प्रमाणित भई निवेदकलाई प्रहरी नियमावली, २०३३ बमोजिम अभियोग लगाई स्पष्टीकरण माग गरी अञ्चल प्रहरी कार्यालयले भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी गरेको निर्णयलाई पुनरावेदन तहमा सदर गरी गरेको निर्णय प्रहरी नियमावली, २०३३ बमोजिम नै देखिएकोले यसमा निवेदकको माग बमोजिम कुनै कानुनी त्रुटि गरेको भएको नदेखिने । (प्रकरण नं. १२) विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. (साविक पेज नं. ४११) आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. म.प्र.ज.लक्ष्मी राउतसंग अनुचित तथा अनैतिक सम्बन्ध कायम गरेको, विद्यालयमा अश्लील शब्द प्रयोग गरेको र पूर्व कारवाही लुकाउने प्रयास गरेको अभियोग लगाई श्री अञ्चल प्रहरी कार्यालय धरानको प्रहरी उपरीक्षक श्री बलेन्द्रबहादुर सिंहज्यूले मिति ०४६।५।२८।४ मा मलाई सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी प्र.ज.पदबाट हटाउनु भएको थियो । ३. उपरोक्त निर्णयमा चित्त नबुझेकोले कानुनको म्यादभित्र श्री प्रहरी नायब महानिरीक्षक पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा पुनरावेदन गरेकोमा शुरु कारवाहीलाई नै सदर गरी पुनरावेदन खारेज गरेको व्यहोरा २०४६।१२।१४ मा जानकारी भयो । ४. म उपर गरिएको कारवाही गैरकानुनी एवं पूर्वाग्रही भएको व्यहोरा म प्र.ज.लक्ष्मी र मलाई गरिएको कारवाही एउटै नभएर अलग अलग निर्णय गरेको व्यहोराबाट पनि प्रष्ट हुन्छ । प्राकृतिक न्याय सिद्धान्त बमोजिम स्पष्टीकरणको मौका दिनु मात्र पर्याप्त होइन, स्पष्टीकरणलाई पनि फैसला गर्दा आधार बनाइनु पर्छ । स्वतन्त्र तवरले बकपत्र नगराइएको हुँदा प्रमाण ऐन, ०३१ बमोजिम साक्षी प्रमाण, प्रमाणमा लिन मिल्दैन । पुनरावेदनमा पनि सो कुरा विचार नगरी त्रुटि गरियो । ५. अतः प्रत्यर्थीको दोषपूर्ण एवं त्रुटिपूर्ण कारवाही निर्णयबाट निवेदकको नेपालको संविधान, २०१९ धारा १०(१), धारा ११(२)(ङ) र (३) एवं १५ द्वारा प्रदत्त हक कुण्ठित भएको तथा प्रहरी ऐन, २०१२ तथा नियम बमोजिम प्राप्त कानुनी हकहरु समेत अपहरित भयो तसर्थ उत्प्रेषणको आदेश जारी गरी प्रत्यर्थी कारवाही निर्णय बदर गरी परमादेश वा उपयुक्त आदेश पुर्जी जारी गरी मेरो नोकरी यथास्थानमा पदस्थापन गरी अवकाश अवधिभरको तलब भत्ता दिलाई पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर । ६. यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४७।२।१५ को आदेश । ७. माधवप्रसाद पोखरेलले विद्या