निर्णय नं. १०१३१ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१३१ - परमादेश भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११ फैसला मिति :२०७४/०९/३० ६१२१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७४।९।३० ०७३-WO-०७४८ विषयः परमादेश निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १० बानेश्वरमा अवस्थित रहेको वातावरणीय विकास तथा संरक्षण कानून मञ्च (EDCLF) को तर्फबाट र आफ्नो हकमा समेत ऐ. को संस्थापक अध्यक्ष ऐ.ऐ. बस्ने वर्ष ५० को अधिवक्ता पदमबहादुर श्रेष्ठ विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेत वातावरण एउटा स्थान वा देशको मात्र सरोकारको विषय नरही हाल विश्वव्यापी चासोको विषय भएको छ । वातावरण प्रदूषणले एक स्थानका मानिस मात्र होइन जनावर र विरूवा वनस्पतिसमेतलाई असर पार्दै त्यसको दायरा फराकिलो हुँदै जाने कुरामा दुईमत हुन सक्दैन । वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तथा विभिन्न सम्मेलनहरूबाट चासो दिइनुको कारण पनि यही नै हो । त्यसकारण, वायुको प्रदूषण नियन्त्रण हुनुपर्ने । (प्रकरण नं.३) सडक यातायातका साधनले उत्सर्जन गर्ने धुवाँधुलोको वृद्धि तथा विभिन्न आयोजना परियोजना निर्माण एवं सम्पन्न गर्दा सडक भत्काउने र समयमै निर्माण सम्पन्न नभई सहर धुलाम्य भई जनस्वास्थ्यलाई प्रतिकूल असर पारिरहेको भन्ने विषयमा सम्बन्धित निकायले विभिन्न अध्ययन र वातावरण प्रदूषण नियन्त्रणको उपायहरू अपनाए तापनि दैनिक जीवनयापनका क्रममा सवारी साधनहरूले उत्सर्जन गरेको धुवाँ धुलो, इँटा भट्टाका चिम्नीहरूबाट निस्किएका धुवाँ धुलो, खानेपानी तथा ढल निर्माणका क्रममा भत्काइएका सडक समयमै पुनर्स्थापना नगर्दा बढेको धुलोसमेतले वरपरका वातावरण असन्तुलित भई बटुवा, सवारी साधनका व्यक्तिहरू मात्र नभई घर पसलभित्रसमेत रहेका व्यक्तिहरूलाई पनि जीवनयापन गर्न कठिन बनाइरहेको यथार्थ हामीले दैनिक जीवनमा देखी भोगिरहेको तथ्यलाई भने बेवास्ता गर्न नसकिने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री रविनारायण खनाल, प्रा.डा.श्री अम्बरप्रसाद पन्त, डा.श्री सुरेन्द्र भण्डारी, श्री विजयकान्त मैनाली, विद्वान् अधिवक्ताहरू श्री पदमबहादुर श्रेष्ठ, श्री श्यामकुमार बस्नेत, डा.श्री दिनमणी पोखरेल, श्री राजु फुयाल, श्री शान्ति खनाल, श्री ओमप्रकाश अर्याल, श्री गणेश दाहाल, श्री नेवल चौधरी, श्री सुजित भुजेल, श्री भुवनप्रसाद वाग्ले, श्री कुमार कोइराला, श्री चिरन्जीवि भट्टराई, श्री सुलोचना धिताल, श्री प्रेमकुमार थोकर, श्री विष्णुकुमार थोकर, श्री षटकोण श्रेष्ठ, श्री आरजु कार्की, डा. श्री नारायण घिमिरे, श्री अच्युतराज बुढाथोकी, श्री हरिश्चन्द्र सुवेदी, श्री नारायण आचार्य, श्री दिपक दाहाल, श्री जोनी मैनाली, श्री प्रविण सुवेदी, श्री हेमकला कटेल, श्री सान्ता पन्त, श्री विकाश भट्टराई र अधिवक्ता श्री अभिषेक अधिकारी विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोपाल लामिछाने, विद्वान वरिष्ठ अधिवक्ताहरू श्री रामप्रसाद भण्डारी र श्री बच्चुसिंह खड्का, विद्वान् अधिवक्ता श्री हरेराम तिवारी अवलम्बित नजिर : ने.का.प.२०७४, अंक ६, नि.नं.९८२९ सम्बद्ध कानून : आदेश न्या. दीपकराज जोशी : नेपालको संविधानको धारा ४६ र १३३ बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भइरहेको निर्माणाधीन कार्यमा प्रयोग हुने उपकरण, स