निर्णय नं. १०१३२ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१३२ - जबरजस्ती करणी भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११ फैसला मिति :२०७४/११/१३ ७२३२ प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७४।११।१३ ०६७-CR-०८४३ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / वादी : ..........को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कैलाली जिल्ला, चौमला गा.वि.स. वडा नं.२ कटानपुर बस्ने कन्थे भन्ने कर्णबहादुर साउद कुनै व्यक्तिले आफू कुनै अपराधबाट पीडित भएको भनी जाहेरी दिन्छ र सोको आधारमा राज्यका जिम्मेवार निकायहरूबाट अनुसन्धान र अभियोजन भई सक्षम अदालतसमक्ष मुद्दासमेत दायर भइसकेको अवस्थामा अदालतमा जाहेरी दिने व्यक्ति वा पीडितले प्रतिकूल बकपत्र गर्छ भने सोको आधारमा मात्र उक्त अपराध घटेको थिएन भनी निष्कर्षमा पुग्न नमिल्ने । घटना घटेको समय व्यतित हुँदै जाँदा प्रतिवादीउपरको आक्रोश विस्तारै मत्थर हुँदै जाने, प्रतिवादी र पीडितहरू एउटै समाजमा बस्नुपर्ने, आर्थिक तथा सामाजिक कारण तथा कतिपय अवस्थामा पीडितलाई पर्याप्त मात्रामा सुरक्षा प्रदानसमेत गर्न नसक्दा पीडितले अदालतमा प्रतिकूल बकपत्र गर्न सक्छ तर पीडितले प्रतिकूल बकपत्र गर्यो भन्दैमा अपराधीलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नारायण रिमाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री शोभा कार्की अवलम्बित नजिर : ने.का.प.२०६१, नि.नं.७४११, पृ.८९३ ने.का.प.२०७४, अंक ५, नि.नं.९८१२ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्या. श्री नारायणप्रसाद धिताल कैलाली जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.का.मु.मुख्य न्या. श्री गोविन्दकुमार श्रेष्ठ माननीय न्यायाधीश रामप्रसाद खनाल पुनरावेदन अदालत दिपायल, डोटी फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मेरो श्रीमती ................लाई मिति २०६६।३।४ गते आफ्नो कोठामा सुतिरहेको अवस्थामा ऐ. राति २३:०० बजेको समयमा गाउँकै कन्थे भन्ने कर्णबहादुर साउदले जबरजस्ती करणी गरेको हुँदा निजलाई आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त । कैलाली जिल्ला चौमाला गा.वि.स. वडा नं.३ झिल स्थित उत्तरमा १० मिटर टाढा जमुनाको रूख तथा जमिन, दक्षिण नरजिते साउदको कच्ची घर, पूर्वमा २० मिटर टाढा बुद्धी साउदको कच्ची घर, पश्चिममा अं. २ मिटर टाढा कृष्णप्रसाद वस्तीको खेत जमिन यति चार किल्लाभित्र माथिल्लो तलामा जाँदा विना ढोकाको खुल्ला पाली कोठामा विछ्यान लगाई मिति २०६६।३।४ गते .............. सुतिरहेको अवस्थामा प्रतिवादी कर्ण साउदले जबरजस्ती करणी गरेको भनी देखाइएको घटनास्थल मुचुल्का । म मिति २०६६।३।४ गते साँझको खाना खाएर कोठामा सुतिरहेको अवस्थामा ऐ. राति ११ बजेको समयमा प्रतिवादी कन्थे भन्ने कर्णबहादुर साउदले मेरो मेक्सी र पेटीकोट माथि गरी मेरो मुख थुनी १५।२० मिनेटसम्म करणी गरी रहेको अवस्थामा मैले हो-हल्ला गरी चिच्याउँदा निज कोठाबाट भागी गएको थियो भन्नेसमेत बेहोराको शान्ति रावलले मौकामा गरेको कागज । मैले मिति २०६६।३।४ गते म