निर्णय नं. १०१३४ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१३४ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११ फैसला मिति :२०७५/०८/०३ ३४४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७५।८।३ ०६८-WO-०६९१ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : दाङ जिल्ला कोइलावास गा.वि.स. वडा नं.९ को हाल रूपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं.१० बस्ने रणबहादुर शाह विरूद्ध विपक्षी : नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंसमेत संविधानवादको प्रवर्द्धनको निम्ति संविधानको अक्षरशः पालना अत्यावश्यक हुन्छ र संविधानतः प्रत्याभूत गरिएका मौलिक हकहरूको संरक्षण, सम्बर्द्धन र प्रचलनका निम्ति अदालत अन्तिम व्याख्याता पनि हो । यसर्थ संविधानतः मौलिक हकका रूपमा प्रत्याभूत गरिएको सम्पत्तिसम्बन्धी हकको प्रचलनमा नागरिकले बाधा व्यवधान खेप्नु कानूनी शासनको मक्सदविपरीत हुन जाने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हिरा रेग्मी विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री डिल्लीराम न्यौपाने तथा श्री हेमराज अधिकारी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान नेपालको अन्तरिम संविधान, २०६३ आदेश न्या.बमकुमार श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- तथ्य खण्ड म निवेदक एक उद्योग व्यवसायी हुँ । मैले सिद्धार्थनगरमा रजिस्टर्ड कार्यालय रहेको एभरेस्ट फाइनान्स लिमिटेडमा संस्थापक सेयरधनीको रूपमा सेयरमा लगानी गरेको थिएँ । उक्त फाइनान्स कम्पनीमा मेरा नाममा रहेका सेयरहरू मध्ये २१,००० कित्ता सेयरहरू छोरी मिता शाह (राणा) लाई बकस दिई सेयरहरू दाखिल खारेज नामसारीका लागि नेपाल राष्ट्र बैङ्कको सहमति लिने प्रक्रियाबमोजिम विपक्षीकोमा पेस भएकोमा विपक्षी नेपाल राष्ट्र बैङ्कबाट मिति २०६७।२।१४ मा देहायमा उल्लिखित सर्तहरूको अधीनमा रही दानबकस दिई नामसारी गर्न स्वीकृति प्रदान गरिएको बेहोरा अनुरोध छ भनी सर्त नं.१ मा इजाजतपत्र प्राप्त संस्थाको संस्थापक सेयर दान बकस दिन चाहने संस्थापक सेयरधनी र दान बकस लिने व्यक्तिले संस्थापक सेयर दिने लिने कार्य गरेपछि हकप्रद र बोनस सेयरबाहेक माथि उल्लिखित नातेदारलाई दान बकस लिने दिने उल्लेखनीय सेयरधनी (५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने) ले सम्बन्धित संस्थाको संस्थापक सेयर खरिद गर्न पाउने छैनन् । आफ्नो एकाघर परिवारका सदस्य तथा निजहरूको १५ प्रतिशतभन्दा बढी सेयर रहेको फर्म / कम्पनीसमेतले सो संस्थाको संस्थापक सेयर खरिद गर्न पाउने छैनन् भन्ने सर्त राखिएको रहेछ । उक्त सर्त लगाइएकोबाट अब आइन्दा म बाबुले मेरी छोरीलाई मेरो सेयर बकसपत्र गरी दिएकै कारणले मैले तथा मेरी छोरीले उक्त फाइनान्स कम्पनीको संस्थापक सेयर नै खरिद गर्न नपाउने भएको र उक्त निर्देशनले मलाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(३)(च) र धारा १९ द्वारा प्रदत्त मौलिक हकमा ठाडै आघात पारेको हुँदा उक्त वित्तीय संस्थाको संस्थापक सेयर खरिद गर्न नपाउने प्रतिबन्धलाई हटाई खरिद गर्न पाउने व्यवस्था गरिपाउँ भनी मैले नेपाल राष्ट्र बैङ्कका गभर्नरज्यूसमक्ष निवेदन दिएकोमा मिति २०६८।९।१ मा एभरेस्ट फाइनान्स लिमिटेड सिद्धार्थनगरलाई लेखिएको पत्रमा मिति २०६७।२।१४ को पत्रमा तोकिएको सर्त नं.१ अनुसार नै हुने गरी गर्ने / गराउने निकासा भएको हुँद