निर्णय नं. १०१३५ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१३५ - जालसाजी भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११ फैसला मिति :२०७५/०६/१९ ३६४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७५।६।१९ ०६८-CR-११५४ मुद्दा : जालसाजी पुनरावेदक / वादी : जिल्ला दाङ, नारायणपुर गाउँ विकास समिति वडा नं. २ ठुटेटाटी बस्ने नारायणी दाहाल विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला दाङ, नारायणपुर गाउँ विकास समिति वडा नं. २ ठुटेटाटी घर भई हाल दाङ जिल्ला, मानपुर गाउँ विकास समिति वडा नं. ९ बस्ने माधवप्रसाद दाहालसमेत जालसाजी हुनका लागि जसका विरूद्ध जालसाज कार्य गरिन्छ, उसलाई थाहा नदिई वा नहुने गरी गरिने प्रक्रिया हो । तर प्रस्तुत मुद्दामा पुनरावेदक वादी आफैँ स्वयमले आफ्नो नाममा रहेको जग्गालाई स्वतः स्फूर्तरूपमा आफ्नो इच्छानुसार नातिलाई सम्बन्धित मालपोत कार्यालयको रोहबरमा गई सनाखत भई रजिस्ट्रेसन पारित गरी दिएको तथ्यलाई हाल आएर मलाई झुक्याई बढी जग्गा र हालैको बकसपत्र पारित गरिलिए भन्ने मुख्य पुनरावेदक वादीको जिकिर भएको पाइन्छ, जुन तथ्य किर्ते कागजको ३ नं. अनुसार जालसाज भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०५१, अंक ३, पृ.२०५ सम्बद्ध कानून : सुरू फैसला गर्नेः मा.जि.न्यायाधीश श्री महम्मद जुनैद आजाद दाङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री विश्वनाथ जोशी माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी पुनरावेदन अदालत, तुलसीपुर, दाङ फैसला न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिमपर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:- म फिरादीले मेरो अंशबापतको जग्गा जमिन आफ्ना नाउँमा भएकोले सोही जग्गाको आयस्रोतबाट जीवन गुजारा गरिरहेकोमा विपक्षी नाति माधवप्रसाद दाहाल बारम्बार मेरो सामु आई मसँग हजुरआमा तपाइँको हेरविचार गर्छु, तपाइँको नाउँमा भएको जग्गामध्ये मलाई २/४ कट्टा शेषपछिको बकसपत्र गरिदिनुहोस् भनी अनुरोध गरेकाले इन्कार गर्न नसकी मेरो नाउँमा रहेको जग्गामध्ये दाङ नारायणपुर १ ख कि.नं. ७३८ को ०-३-१७ को जग्गा शेषपछिको बकसपत्र गरी दिनको लागि मन्जुर भएकोमा म आँखा नदेख्ने ७९ वर्षकी वृद्ध लेखपढ गर्न नजान्ने अशक्त महिला भएकीले निज विपक्षी नाति माधव दाहालको विश्वासमा परी अर्को विपक्षी प्रेमबहादुर बस्नेतले पनि नातिलाई शे.व. गरिदिनुस् म साक्षी बसिदिन्छु भनी विश्वासमा परी उल्लिखित जग्गा मालपोत कार्यालयमा गई विपक्षी माधव दाहालको नाउँमा शे.व. गरिदिएको थिएँ । यसरी निज माधवलाई शेषपछिको बकसपत्र गरिदिएपछि निज र निजको परिवारले मलाई पालन पोषण नगरी अब हामीले तिमीलाई यो घरमा राख्न सक्दैनौं बस्न पनि दिदैनौं जहाँ जान्छ्यौं जाउ भनेकाले किन यसो भन्छौं भन्दा तिम्रो नाउँका सबै जग्गा मैले हा.व.द्वारा आफ्नो नाउँमा गराई सकेको छु भनी जवाफ दिएकाले मिति २०६५ साल वैशाख १५ गते जिल्ला मालपोत कार्यालय दाङमा गई नक्कल सारी हेर्दा अन्यायी माधव दाहाल र प्रेमबहादुर बस्नेतले मलाई झुक्याई शेषपछिको बकसपत्रको लिखत लेख्नु पर्नेमा हालैको बकसपत्रको लिखत खडा गरी मेरो नाउँमा रहेको दाङ नारायणपुर वा.नं. १ कि.नं. ४३, ५४, ७३४, ७६६, ७४०, ७४२ र १३८ को सम्पूर्ण जग्गा मलाई झुक्याई लिखतमा शेषपछिको लेखिएको छ भनी अन्यायी माधव र प्रेमबहादुरले जाल प्रपञ्च र षड्यन्त्र गरी