निर्णय नं. १५३५ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५३५ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ । भाग: २४ साल: २०३९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३९/०२/२८ २२१८ निर्णय नं. १५३५ ने.का.प. २०३९ अङ्क २ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३८ सालको रिट नं. १४९३ आदेश भएको मिति : २०३९।२।२८ मा निवेदक : जि.मोरङ दर्बेशा गा.पं.वडा नं.७ बस्ने डोलानाथ शिवाकोटी विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय मोरङ विराटनगर, जि.मोरङ दर्वेशा गा.पं.वडा नं.७ बस्ने श्री शंकरमान सिंह अधिकारी बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) विवरण मध्ये दर्खास्तमा जग्गाको कुनै एका कुरा फरक पर्दैमा कित्ता नं.र क्षेत्रफल मिलेको जग्गा छोडेको हैन भन्ने मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) अधिकारप्राप्त अधिकारीले कानून अनुरुप गरेको हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्त श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्त श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा :  आदेश प्र.न्या.नयनबहादुर खत्री १. नेपालको संविधानको धारा ७१ अन्तर्गत यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ : २. विपक्षी शंकरमान सिंह अधिकारीले वहाँ जग्गाधनी म मोही भई कमाएको दर्वेशा गा.पं.वडा नं.७ (छ) कि.नं.३ को विगाहा ७–१४ र १२ को जेथाको मोही हक मलाई छुटाउने दवाव दिएकोले छोडपत्रको कागजमा वडा नं.७ (छ) को बदला ७ (घ) भनी निवेदन भूमिसुधारमा छोडपत्र लेखी दिएको थिएँ । सो भन्दा पहिले ०३६ सालमा पनि विपक्षीको दवावमा परी दर्वेशा गा.पं.मा वडा नं.१ का व्यक्तिहरु राखी सर्जमिन गरी सो सर्जमिनलाई मान्यता दिई मोहीले खुसीराजीले छोडपत्र गरेकोले भू.सं.ऐन, २०२१ को दफा २६ बमोजिम मोही लगत संशोधन गरी जग्गाधनीलाई सूचना दिने भन्ने समेतको राय सदर, विपक्षी अधिकारीले ०३८।९।३ मा टिप्पणी सदर गरेको । ०३८।१०।१३ मा नक्कल सारी लिँदा सबै विवरण जानकारी भयो । यसरी मैले छोडपत्र गर्दै नगरेको उक्त ७ (छ) को कि.नं.३ को जग्गाको छोडपत्र गराएको निर्णयले नेपालको संविधानको धारा ११(ङ) तथा धारा १५ समेतद्वारा प्राप्त हकमा आघात पुर्‍याएकोले उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जी जारी गरी विपक्षी अधिकारीको ०३८।९।३ को निर्णय बदर गरी पाउँ भन्ने समेत निवेदक विपक्षीहरुद्वारा लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिंगलबेञ्चको ०३८।१०।२२।५ को आदेश । ३. ज.ध.शंकरमान सिंह अधिकारी र विपक्षी निवेदक मोही भएको दर्वेशा गा.पं.अन्तर्गत वडा नं.७ (छ) कि.नं.३ ज.वि.७–१४–१२ जग्गा कायम भएको ७ (छ) नभई ७ (घ) को जग्गा छोडपत्र गरेको भनी निवेदकले काल्पनिक विवाद दर्शाउनु भएको छ । जग्गा भएको सम्बन्धित गा.पं.वार्ड नं.७ का मानिसहरुले नै सर्जमिनमा उपस्थित भई निवेदकले आफ्नो सावगासले जोत्न नसकी खुसीराजीले ०३६ सालदेखि नै छोडपत्र गरी दिएको भन्ने किटानी लेखाई दिएको सो उपर कुनै निवेदकको कुनै दावी विरोध आदि परेको पनि नदेखिएको ०३६ सालमा यस कार्यालयमा निवेदकले कानूनले व्यवस्था गरे अनुसार लिखित निवेदनद्वारा छोडपत्र गरी कार्यालयमा आई सनाखत गरी छोडपत्र स्वीकृत समेत भएको हो । उपर्युक्त तथ्यको आधारमा भू.सं.ऐन, २०२१ को दफा २६ (१)(क) अनुसार गा.पं.को सिफारिस र सर्जमिन मुचुल्का समेतबाट छानबिन गरी बुझी मोही लगत कट्टा भई गएको र सो अनुसार रीतपूर्वकको सूचना निवेदकलाई पठाएको समेत हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने