निर्णय नं. १०१३९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१३९ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११ फैसला मिति :२०७५/०१/१३ ३७७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।१।१३ ०७४-CR-०४०५ मुद्दा: कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : जिल्ला भोजपुर बोया गाउँ विकास समिति वडा नं. ७ बस्ने निमतेम्बा शेर्पा विरूद्ध प्रत्यर्थी / वादी : पेमलमु शेर्पाको जाहेरीले नेपाल सरकार ज्यानसम्बन्धी मुद्दाहरूमा आवेशको अवस्थालाई अपराधको गाम्भीर्य घटाउने परिस्थितिको रूपमा लिइने हुँदा यस्तो हत्यालाई मनसायप्रेरित हत्याको वर्गमा राखेर हेरिएको पाइँदैन । यस्तो हत्यामा प्रतिवादीमा पीडितउपर आक्रमण गर्ने उत्तेजना भने तत्काल जागृत भएको हुन्छ । आवेशको उत्तेजनामा गरिने कार्यमा कर्ताले त्यसबाट उत्पन्न हुने परिणामको ख्याल नगर्ने र त्यस सम्बन्धमा कुनै सोच विचारसमेत नगर्ने हुँदा आवेशको अवस्थालाई तत्कालीन भावावेश र उत्तेजनाको रूपमा लिनुपर्ने हुन्छ । यस्तो आवेश वा त्यस्तो उत्तेजना मृतकको क्रियाकलापबाट वा निजसँग अन्योन्याश्रित क्रियाकलापबाट प्रतिवादीको मानसिकतामा तत्काल सिर्जित गराउने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री किरण कुमारी गुप्ता प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री अम्बरराज पौडेल भोजपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री रामचन्द्र यादव माननीय न्यायाधीश श्री केदार पौडेल पुनरावेदन अदालत धनकुटा फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत धनकुटाको मिति २०७०/८/९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मिति २०६८।१२।१८ गते बेलुका १९:०० बजेको समयमा मृतक, प्रतिवादी, जाहेरवालालगायतका स-परिवार बसी खाना खाइरहेको अवस्थामा प्रतिवादीले एक टुक्रा मात्र मासु खाएर अन्य फालिदिए । मृतकले किन फालेको भनी अगेनाबाट अगुल्टो झिकी प्रतिवादीको खुट्टामा हिर्कायो । प्रतिवादीले मादक पदार्थ सेवन गरेको सुरमा चिरपट दाउराले मृतकको बायाँपट्टिको गालामा हाने मृतक भुइँमा ढले केही समयपछि मृतक लाक्पानुरू शेर्पाको घरमा गएछ । सोही समयमा नै निजको मुखबाट रगत निस्कन थालेपछि मिति २०६८।१२।१९ गते उपचारको लागि जिल्ला अस्पताल भोजपुरमा लगी उपचारको क्रममा मिति २०६८।१२।२१ गते बिहान २ बजेको समयमा मृत्यु भएको हुँदा कानूनबमोजिम गरी कारबाही गरी पाउँ भनी मिति २०६८।१२।२१ गते पेमालमु शेर्पाले दिएको जाहेरी दरखास्त । भोजपुर जिल्ला अस्पतालमा मृतक पेमाछिरी शेर्पा मृत अवस्थामा रहेको भन्ने बेहोराको घटनास्थल लास जाँच मुचुल्का । भोजपुर जिल्ला बोया गा.वि.स. वडा नं. ७ स्थित घटनास्थलमा रगतजस्तो रातो देखिने टाटाहरू देखिएको ठीक साँचो हो भन्नेसमेत बेहोराको बरामदी मुचुल्का । मिति २०६८।१२।१८ गते दाजु लाक्पानुरू शेर्पाले खाना खान मलाई बोलाएकोले खाना खाई सामान्य जाँड खाई बेलुकी १७:०० बजेको समयमा छिमेकीको घरबाट आफ्नो घरमा फर्किएँ । १९:०० बजेको समयमा खाना खाने क्रममा एक टुक्रा मासु मात्र खाएँ र अन्य सबै कुकुरलाई दिएँ । मृतक छोराले किन फालेको भनी मलाई कराई दाउराले दाहिने खुट्टामा हिर्कायो । मैले रिस थाम्न नसकी रिसको आवेगमा आएर चिरपट दाउरा