निर्णय नं. १०१४० - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१४० - अंश चलन भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११ फैसला मिति :२०७५/०३/१० ३७४९ सर्वोच्‍च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्‍भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।३।१० मुद्दा : अंश चलन ०७२-CI-०७३३ पुनरावेदक / प्रतिवादी : धर्मलालकी बुहारी, वैकुण्ठलालकी श्रीमती, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २० कोहिटी टोल बस्ने पदम जोशीसमेत विरूद्ध प्रत्यर्थी / वादी : धर्मलाल जोशीको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२० कोहिटी टोल बस्ने माधवलाल जोशी ०७२-CI-०७३५ पुनरावेदक / वादी : धर्मलाल जोशीको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२० कोहिटी टोल बस्ने माधवलाल जोशी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : धर्मलाल जोशीकी बुहारी, वैकुण्ठलाल जोशीकी श्रीमती काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२० कोहिटी टोल बस्ने पदम जोशीसमेत ऋण लिई घर बनाएकोमा सगोलका अन्य अंशियारसमेतले उक्त ऋणको भार बेहोरेको कुनै प्रमाणबाट नदेखिई रहेको अवस्थामा सो घर सगोलको आर्जनको सम्पत्ति भनी बन्डा लाग्ने भनी अर्थ गर्न न्यायको रोहबाट उपयुक्त नदेखिने । (प्रकरण नं.१०) वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सविता बराल एवं विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठ प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने एवं विद्वान्‌ अधिवक्ता श्री हेमकुमार श्रेष्ठ अवलम्बित नजिर : ने.का.प.२०६९, अंक ३, नि.नं.८७८८ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री खडानन्द तिवारी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री बाबुराम रेग्मी माननीय न्यायाधीश श्री शिवराज अधिकारी पुनरावेदन अदालत पाटन फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम दर्ता भई हाल न्याय प्रशान ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छः मूल पुरूष स्व.धर्मलाल जोशीका ४ सन्तानमा जेठो स्व.वैकुण्ठलाल जोशी, माहिलो द्वारिकालाल जोशी, विवाहिता छोरी पार्वती जोशी मल्ल र कान्छा छोरा म फिरादी माधवलाल जोशी हौं । विपक्षीमध्येकी पदम जोशी वैकुण्ठलालको श्रीमती भाउजू र द्वारिकालाल जोशी भाई नाताका हुन् । बुबा आमा तथा दाजु वैकुण्ठलाल जोशीको मृत्यु भइसके पनि बुबा र हामी दाजु भाइबीच हालसम्म अंशबन्डा भएको छैन । हामी सबै काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२० कोहिटी टोलस्थित कि.नं. ५३० को घर जग्गामा नै बसी आएका छौँ । मिति २०४२/४/९ गते स्थानीय भद्रभलादमीको रोहबरमा मानो छुट्टिई २०४६ सालमा खानेपानीको धारा र २०५४ सालमा टेलिफोनको लाइन छुट्टाछुट्टै लिई भिन्दै बस्दै आएका थियौं । अंश छुट्‍याई दिनुहोस् भनी विपक्षीलाई पटकपटक भन्दा नमानेको हुँदा बाध्य भई फिराद गर्न आएको छु । मिति २०४२/४/९ लाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्ति विपक्षी भतिजा वीरेन्द्रलाल जोशीसमेतको जिम्मामा हुँदा सम्पूर्ण सम्पत्तिको फाँटवारी लिई सो सम्पत्तिलाई ३ भाग लगाई फिरादीको १ भाग छुट्‍याई चलनसमेत चलाई पाउँ भन्नेसमेत बेहोराको वादी माधवलाल जोशीको मिति २०६७/११/१२ को फिराद पत्र । नाता पुस्तेवारीमा विवाद नभए पनि प्रतिवादीमध्येका द्वा