निर्णय नं. १०१४१ - अंशचलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१४१ - अंशचलन भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११ फैसला मिति :२०७५/०६/१० ४२२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७५।६।१० मुद्दा : अंशचलन ०७०-CI-०००३ पुनरावेदक / प्रतिवादी : ध्रुवमान सिंह बस्न्यातको छोरा काठमाडौं जिल्ला, शेष नारायण गा.वि.स. वडा नं. ४ बस्ने प्रल्हादमान सिंह बस्न्यात विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, शेष नारायण गा.वि.स. वडा नं. ४ घर भई हाल कीर्तिपुर नगरपालिका वडा नं. ८ बस्ने आइस्था भन्‍ने योगिना बस्न्यातको हकमा संरक्षक भई तेज बहादुर बुढाथोकीको छोरी प्रल्हादमान सिंह बस्न्यातको पत्‍नी अनिता बस्न्यात ०६९-CI-१२८२ पुनरावेदक / प्रतिवादी : इन्द्रमान सिंह बस्न्यातको बुहारी ध्रुवमान सिंह बस्न्यातको पत्‍नी का.जि. शेषनारायण गा.वि.स. वडा नं. ४ बस्ने मैया बस्न्यातसमेत विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, शेष नारायण गा.वि.स. वडा नं. ४ घर भई हाल कीर्तिपुर नगरपालिका वडा नं. ८ बस्ने आइस्था भन्‍ने योगिना बस्न्‍यातको हकमा संरक्षक भई तेज बहादुर बुढाथोकीको छोरी प्रल्हादमान सिंह बस्न्यातको पत्‍नी अनिता बस्न्यात कुनै लिखतलाई अविभाज्य हो वा पृथकीय हो भनी छुट्याउनु परेको अवस्थामा सो लिखतको स्वरूप, त्यसबाट असर पर्ने पक्षहरूको संख्या र स्वीकार्यता जस्ता समग्र पक्षमा विचार गरिनु पर्दछ । यो केवल प्राविधिक वा यान्त्रिक विषय मात्रै होइन । खासगरी अंश भरपाई गरेको सन्दर्भमा हेर्दा एउटा अंशियारले निजका समान तहका अंशियारहरूसँग मिलेमतो गरी अन्य अंशियारको हक हितमा असर पुर्‍याउने गरी व्यवहार गरेको देखिन्छ भने त्यसबाट असर परेका र दाबी गर्न आएका पक्षहरूको हकमा सम्म लिखत बदर गर्न कानूनी बाधा नदेखिने । (प्रकरण नं.६) वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री सुनिल रंजन सिंह प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान्‌ अधिवक्ता श्री जगदिश चन्द्र पाण्डे अवलम्बित नजिर : सम्बद्ध कानून : बालबालिकासम्बन्धी ऐन, २०४८ सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री एकराज आचार्य माननीय न्यायाधीश श्री रामचन्द्र यादव पुनरावेदन अदालत पाटन फैसला न्या. ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- विपक्षीहरू ध्रुवमानसिंह बस्न्यात र मैयाँ बस्न्यात हामी फिरादीको हजुरबुबा, हजुरआमा तथा सासू । ससुरा र प्रल्हादमानसिंह बस्न्यात पति तथा बुबा हुन् भने यशोदा बस्न्यात र राधा बस्न्यात नन्द तथा फुपू दिदीहरू हुन् । प्रभाकर बस्न्यात हामीहरूको देवर तथा काका नाताको हुनुहुन्छ । यशोदा बस्न्यात, राधा बस्न्यात र प्रभाकर बस्न्यात अविवाहित हुनुहुन्छ । हालसम्म हामीहरू र विपक्षीहरूबीच अंशबन्डा नभएको र हामीहरूलाई विपक्षीहरू मिली खान लाउन नदिई घरबाट निकाला गरेबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी बन्डा गर्नुपर्ने सम्पत्तिको फाँटवारी विपक्षीहरूसँग माग गरी विवाह खर्च परसारी ६ भाग लगाई सोमध्ये एक भाग छुट्याई सो एक भागलाई पुनः ३ भाग लगाई सोबाट २ भाग छुट्याई चलनसमेत चलाई पाउँ भन्‍नेसमेत बेहोराको फिराद दाबी । विपक्षीहरूको पति पिता प्रल्हादमानसिंह बस्न्यातले आफ