निर्णय नं. १०१४२ - परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१४२ - परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११ फैसला मिति :२०७५/०९/२५ ४०५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।९।२५ मुद्दाः- परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको ०७१-CR-१६३२ पुनरावेदक / प्रतिवादी : मणिप्रसाद ढकालको छोरा, पाल्पा जिल्ला, पोखराथोक गा.वि.स., वडा नं. ४ बस्ने विष्णु उच्च मा.वि. पोखराथोकका शिक्षक मथुरा ढकालसमेत विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत सरीताकुमारी खतिवडाको प्रतिवेदनले नेपाल सरकार ०७२-CR-०२४० पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत सरीताकुमारी खतिवडाको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : वीरबहादुर कुँवरको नाति, गणेशबहादुर कुँवरको छोरा, गुल्मी जिल्ला हस्तिचौर गा.वि.स. वडा नं.३ स्थायी ठेगाना भई हाल जिल्ला शिक्षा कार्यालय, रूपन्देहीमा कार्यरत विद्यालय निरीक्षक चन्द्रबहादुर कुँवरसमेत भ्रष्टाचारजन्य कार्य हुनका लागि आर्थिक लाभ वा हानि मात्र पर्याप्त आधार होइन । अवाञ्छित किसिमको दोषपूर्ण गतिविधि पनि भ्रष्टाचारजन्य कसुरको अर्को महत्त्वपूर्ण आधार हो । प्रतिवादीको गैरकानूनी र अवाञ्छित किसिमको दोषपूर्ण गतिविधिबाट कसैको हानि हुने र कसैले लाभ पाउने अवस्था हुन्छ भने सो कार्य पनि भ्रष्टाचारजन्य कसुरको दायराभित्र पर्ने नै हुन्छ । साथै प्रतिवादीले त्यस किसिमको गैरकानूनी र अवाञ्छित किसिमको गतिविधि केवल आर्थिक लाभ हानि पुर्याउने मनसायका साथ गरेको थिएन भन्ने आधारमा मात्र उक्त दोषपूर्ण कार्यबाट निजले उन्मुक्ति पाउने अवस्था नरहने । (प्रकरण नं.१०) वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शेरबहादुर के.सी. र श्री द्रोणराज रेग्मी र अधिवक्ताहरू श्री धर्मराज रेग्मी, श्री रामचन्द्र पौडेल र श्री प्रपुशा के.सी. अवलम्बित नजिर : सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०५९ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने: सदस्य मा. न्यायाधीश श्री पवनकुमार शर्मा सदस्य मा. न्या. श्री नरेन्द्रकुमार शिवाकोटी सदस्य मा. न्या. श्री महेशप्रसाद पुडासैनी विशेष अदालत फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः पाल्पा जिल्ला, श्री जनजागृति नि.मा.वि., भुवनपोखरी ६ मा प्रा.वि. स्तरको करार शिक्षकको आवश्यकता भएको विज्ञापनअनुसार मिति २०७०।२।१६ गते जिल्ला शिक्षा कार्यालयले लिखित परीक्षा लिई नतिजा प्रकाशनलाई १ महिना स्थगित गरी हाल आएर नतिजा प्रकाशन गर्दा विद्यालयका प्र.अ. को मिलेमतोमा विषय विशेषज्ञले दिएको नम्बरमा टिपेक्स लगाई विद्यालय निरीक्षक स्वयंले पुनः कापी चेक गरी रिजल्ट प्रकाशन गरेको भन्ने विषयको मिति २०७०/३/१७ को उजुरी / निवेदन जिल्ला प्रशासन कार्यालय, पाल्पामा परेको । जिल्ला शिक्षा कार्यालय, पाल्पाको च.नं. २६११ मिति २०७०/०३/२० को पत्रद्वारा जिल्ला प्रशासन कार्यालय, पाल्पालाई लेखिएको पत्रको बेहोरामा मिति २०७०/०१/२४ गते शिक्षक नियुक्तिको लागि विज्ञापन गरी करार शिक्षक छनौट समितिले मिति २०७०/०२/१६ गते परीक्षा सञ्चा