निर्णय नं. १०१४३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१४३ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११ फैसला मिति :२०७४/०९/१७ ४३७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७४।९।१७ ०७०-CR-००३५ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / वादी : राजेश कोइरालासमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सिन्धुली ठोकर्पा गाउँ विकास समिति वडा नं. २ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ७ सिफल बस्ने गोपी कृष्ण न्यौपानेको छोरा तारानाथ न्यौपानेसमेत मृतकको पोष्टमार्टम रिपोर्ट हेर्दा, एउटा मात्र चोट भई Sharp margins and tailing भनी घाउको प्रकृतिमा उल्लेख गरेको छ । यस प्रकृतिको घटनामा Dead body tells the tale अर्थात् मृत शरीर आफैँले कथा भन्छ भन्नेसमेत अवधारणा रहेको छ । सबै प्रकृतिको Cut injury हत्याको अकाट्य प्रमाण होइन । आत्महत्या गर्दाको मानसिक अवस्था फरक फरक हुने हुँदा त्यसमा एकरूपता खोज्न न्यायोचित हुँदैन । हत्यामा Foresightedness of consequence तथा Desire of consequence हुनु पनि आवश्यक हुने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी र विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा, श्री लभ मैनाली र श्री रजितभक्त प्रधानाङ्ग तथा विद्वान् अधिवक्ता श्री शेरबहादुर कार्की र श्री भीम ढकाल अवलम्बित नजिर : ने.का.प.२०६७, अंक २, नि.नं.८३११, पृ.२०० सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री विष्णुप्रसाद कोइराला जिल्ला अदालत काठमाडौं पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र माननीय न्यायाधीश श्री सत्यराज गुरूङ पुनरावेदन अदालत, पाटन फैसला न्या. अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पर्न प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:- का.जि.का.म.न.पा.वडा नं.७ कुटुबहाल सिफल स्थित पूर्वमा दुर्गा मिश्रको पक्की घर, पश्चिममा चाबहिल सिफलतर्फ आउने जाने पक्की सडक, उत्तरमा नाम खुल्न नसकेको व्यक्तिको पक्की घर, दक्षिणमा प्यारजंग थापाको पक्की घर यति चारकिल्लाभित्र रमेशकुमार भट्टराईको ३ तल्ले पक्की घर रहेको, सो घरको भुइँ तल्लामा दक्षिणतर्फबाट भित्र प्रवेश गर्ने मूलढोका खुल्लै रहेको, भुइँ तल्लामा ४ वटा कोठाहरू रहेको, सोमध्ये उत्तरतर्फको दक्षिण मोहडाको शौचालय रहेको पूर्व मोहडाको कोठामा रमेश भन्ने एकदेव न्यौपानेसमेतका मानिसहरू बस्ने गरेको अन्य कोठाहरू खाली रहेको, उक्त कोठाभित्र प्रवेश गर्ने मूलढोकानजिक प्यासेजमा वर्ष ४० को हरी भन्ने कुलप्रसाद न्यौपाने दक्षिण टाउको उत्तर खुट्टा भई उत्तानो मृत अवस्थामा रहेको उक्त प्यासेजको पूरा चौडाइ ३ फिट १० इन्च रहेको, मूलढोकादेखि मृतकसम्मको दुरी १ फिट ७ इन्च रहेको, पश्चिमतर्फको भित्तादेखि मृतकको बायाँ हातसम्मको दुरी १० इन्च रहेको, पूर्वतर्फको भित्तादेखि मृतक रहेको स्थानसम्मको दुरी १ फिट ३ इन्च रहेको, दाहिने हातले भित्तामा छोएको भित्तामा, भुइँमा रगत लत्पतिएको मृतकको टाउको रगतको आहालमा रहेको, मृतकको शरीरमा लगाएको टिर्सट भिजेको बायाँ हातनजिक भुइँमा प्लाष्टिकको बिँड भएको १० इन्च लम्बाइ २ इन्च चौडाइको स्टिलको चक्कु थान १ रहेको, मृतकको घाँटीमा २ इन्च चौडाइ ३ इन्च ल