निर्णय नं. १०१४६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१४६ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०२/३१ ४००४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७४।२।३१ ०७१-CR-०४४३ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं. २ बस्ने पूर्णचन्द्र ढकालको छोरा दिवश ढकाल विरूद्ध प्रत्यर्थी / वादी : तनहुँ जिल्ला जामुने गा.वि.स. वडा नं. ३ बस्ने रामबहादुर रानाभाटको जाहेरीले नेपाल सरकार शव परीक्षण गर्दा "घाँटीको भित्री भागको जाँच गर्न टाउको खोली गिदी बाहिर निकाल्ने र छाती खोली सबै अङ्ग बाहिर निकाल्नै पर्ने मुख्य पूर्वसर्त हुन् ।" यसरी गर्नुको कारण घाँटीको भित्री नरम तन्तु तथा हड्डी वा कुरकुरे हड्डीमा भएका चोट जिउँदै भएका हुन् वा होइनन् भनी निर्क्यौल गर्न सकिने । (प्रकरण नं.१३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा, प्रा.डा.श्री रजितभक्त प्रधानाङ्ग, अधिवक्ता श्री नवराज थपलिया प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री रेवती त्रिपाठी र विद्वान्‌ उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी अवलम्बित नजिर : ने.का.प.२०६६, अंक ४, पृ.४५९, नि.नं.८११५ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री अजयराज उपाध्याय तनहुँ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य माननीय न्यायाधीश श्री महेशप्रसाद पुडासैनी पुनरावेदन अदालत, पोखरा फैसला का.मु.प्र.न्या.गोपाल पराजुली : साबिक न्याय प्रशासन ऐन, २०४८ र प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । म र मेरो श्रीमती अन्जना ढकाल मिति २०६९।०८।१७ गते बेलुकी सँगै सुतेकोमा भोलिपल्ट बिहान अन्दाजी ०४.३० बजेको समयमा म उठी निजलाई बोलाउँदा निज नबोलेकीले हेर्दा बेहोस भएको देखी तत्काल घर परिवारलाई खबर गरी उपचारको लागि लैजाँदा मृत्यु भएकोले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६९।८।१८ गतेको दिवश ढकालको जाहेरी । जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. २ स्थित चार किल्लाभित्र रहेको पूर्णचन्द्र ढकालको घरको पहिलो तलाको पश्चिमपट्टि रहेको १४×१५ को बैठक कोठा, कोठाको चारैतर्फ मानिस बस्नको लागि लोबेड बिच्छाइएको, कोठाको बीच भागमा रहेको कार्पेटमाथिको गलैचामा मृतक अन्जना ढकाल र निजको श्रीमान्‌ दिवश ढकाल सुतेकोमा अन्जनालाई मिति २०६९।८।१८ गते बिहान बेहोस देखी उपचारको लागि बिस्तारासहित उठाइ लगेको र कोठामा भएको टेबुलमा अ. १ लिटर पानी अट्ने गुलाबी रंगको प्लाष्टिकको बोतलमा १ गिलास जति पानी रहेको बोतलसमेत बरामद गरिएको भन्ने बेहोराको मिति २०६९।८।१८ गतेको घटनास्थल मुचुल्का । जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. १० स्थित दमौली अस्पतालको शव गृहमा मृतक अन्जना ढकालको लास उत्तर टाउको दक्षिण खुट्टा भएर उत्तानो अवस्थामा रहेको, मृतकको निधार माथिको हाड केही उठेको जस्तो देखिएको, तल्लो ओठमा दाँतको डाम रहेको, ओठ निलो देखिएको भन्नेसमेत बेहोराको मिति २०६९।८।१८ गतेको लास जाँच मुचुल्का । मेरो छोरी अन्जना ढकाल आफैँ मरेको नभई निजलाई ज्वाई दिवश ढकालले कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लागेको कारण निजलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६९।८।१८ गत