निर्णय नं. १०१४७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१४७ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७५/०५/१० ३२९८ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७५।५।१० ०७४-CR-०९८१ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : हरिनारायण चौधरीको छोरा सुनसरी जिल्ला, सोनापुर गा.वि.स. वडा नं. ३ घर भई हाल कारागार कार्यालय झुम्का सुनसरीमा थुनामा रहेका अनिलकुमार चौधरी विरूद्ध प्रत्यर्थी / वादी : लक्ष्मी सहनी राजवंशीको जाहेरीले नेपाल सरकार आत्मरक्षाको जिकिर निरपेक्ष रूपमा प्राप्त हुने सुविधा वा उन्मुक्तिको विषय होइन । आफ्नो जिउ ज्यानमा उत्पन्न भएको खतराबाट उम्किन हरसम्भव प्रयास गर्दा पनि सम्भव नभई आफ्नो जिउज्यान नै नरहने स्थितिको सृजना भएमा त्यसबाट बच्ने उद्देश्यले उचित बल (reasonable force) प्रयोग गर्नेसम्मको छुट कानूनले प्रदान गरेको पाइने । आफ्नो जिउ ज्यान नै जाने अवस्था नभई खतरा टरिसकेको अवस्थामा उल्टै आफ्नै जीवनरक्षार्थ भाग्न लागेको मृतकलाई साङ्घातिक रूपमा पछाडिबाट पटक-पटक धारिलो हतियार प्रहार गरेको कार्यलाई आत्मरक्षाको संज्ञा दिन नमिल्ने र मृतकउपरको यत्रोविघ्नको नृशंस प्रहारलाई आत्मरक्षाको सिद्धान्तले स्वीकृतिसमेत नदिने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६१, अंक ६, नि.नं.७३९९ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री गोपाल भट्टराई सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री कुमारप्रसाद पोखरेल माननीय न्यायाधीश श्री विदुरविक्रम थापा पुनरावेदन अदालत, विराटनगर फैसला न्या.बमकुमार श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । सुनसरी जिल्ला इटहरी ८ स्थित पूर्वमा पुनम होटल, पश्चिममा प्रेमबहादुर विष्टको खाली जग्गा, उत्तर दक्षिण अनामनगर सडकबाट बसपार्क जाने पक्की सडक बाटो यति चार किल्लाभित्र रहेको पुनम सहनीले सञ्चालन गरेको पुनम होटल एण्ड लजअगाडि सडक पेटीको भागमा रगतको भल बगेको सोही स्थानमा रगत र केशसमेत लागेको फलामकै बिँड भएको १ फिट १ इन्च लामो फलामको दाउ रहेको, सोही स्थानमा पुनम सहनीले लगाएको गुलाबी रंगको म्याजिक चप्पल रहेको, सो चप्पलमा रगतको छिटाहरूसमेत लागेको चप्पल १ जोडी रहेको, सो चप्पल भएकै स्थानमा सेतो रंगको सर्टमा प्रयोग हुने टाँक १ र अंग्रेजी लभ लेखिएको पिङ्क रंगको १ जोडी लेडिज चप्पल र कालोमा हरियो रातो रंगको पोतेको माला चुँडिएको अवस्थामा रहेको १ थान, काँसको फुटेको चुरा २ टुक्रा हरियो रंगको, उक्त होटलको गेटदेखि ३ मिटर उत्तरमा कालो छालाको पुरूष मानिसले लगाउने दाहिने खुट्टाको जुत्ता १ थान रहेको, सोही स्थानमा मितिः ०७०।७।१८ गते बेलुका १८:३० बजेको समयमा पुनम होटल एण्ड लज सञ्चालन गर्ने वर्ष ४२ कि पुनम सहनीलाई सुनसरी सोनपुर ३ बस्ने वर्ष ४० को अनिल चौधरीले धारिलो हतियार दाउले प्रहार गरी मरणसान्न घाइते बनाएको र सो स्थानबाट उल्लिखित सामानहरू बरामद गरिएको भन्ने घट्नास्थल मुचुल्का कागज । सुनसरी जिल्ला, इटहरी ८ स्थित सुनसरी जिल्ला, इटहरी १ स्थित पूर्वमा रामबाबु फलफूल पसल, पश्चिममा लामा होटल, उत्तरमा इटहरी नगरपालिकाको पोखरी, दक्षिणमा पूर्व पश्चिम लोकमार्ग यति चार किल्लाभित्र रहेक