निर्णय नं. १०१४८ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१४८ - जबरजस्ती करणी भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०५/०४ ४११६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७४।५।४ ०७२-CR-०३७८ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : दोलखा जिल्ला, फस्कु गा.वि.स. वडा नं.८ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१५ मा बसी हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको सन्दीप नेपाली विरूद्ध प्रत्यर्थी / वादी : नारायण नेपालीको जाहेरीले नेपाल सरकार डर, धाक, धम्कीको प्रयोग गरी भएको जबरजस्ती करणीको वारदातमा पीडितले आफ्नो इच्छाविपरीत आफूलाई समर्पित गरेको हुनाले यस्तो अवस्थामा पीडित र पीडकबीच संघर्ष नै नहुने हुँदा निजहरूको शरीरमा संघर्षको चिह्न नदेखिनु स्वाभाविक नै हुन्छ । तर यसरी डर, धाक, धम्कीको प्रयोग गरी गराएको सम्पर्कलाई सहमतिमा शारीरिक सम्पर्क गरेको मान्न नमिल्ने । प्रतिवादीले डर, धाक, त्रास देखाई करणी गरेकोले सोलाई सहमतिमा भएको भनी निजलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री देवी रेग्मी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री महम्मद जुनैद आजाद काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बाबुराम रेग्मी माननीय न्यायाधीश श्री नागेन्द्रलाभ कर्ण पुनरावेदन अदालत, पाटन फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१५ चमतीमा सन्दीप नेपालीसमेतले सञ्चालन गरेको झोला कारखानामा बस्दै आएकोमा मिति २०६८।१०।२० का दिन म लडी चोट लागी घाइते भएकाले सन्दीप नेपालीले मलाई उपचार गराउन वीर अस्पताल लगेकोमा पैसा नभएकोले पैसा लिएर आउँछु भनी मलाई अस्पताल छाडी निज मेरो डेरा कोठामा गई मेरो श्रीमती परिवर्तित नाम “बालाजु च” लाई तिम्रो श्रीमान्लाई अस्पतालमा कुर्नुपर्छ भनी मोटरसाइकलमा राखी वीर अस्पताल पुर्याई दिन्छु भनी का.जि.का.म.न.पा. वडा नं.१५ चमतीमा रहेको नर्कटको झाडीमा मोटरसाइकल रोकी निजले मेरो श्रीमतीलाई जबरजस्ती तानी अँध्यारो ठाउँमा लगी डर, त्रास, धाक, धम्की दिई बोल्न कराउन नदिई मुख थुनी जबरजस्ती करणी गरेको भनी श्रीमतीले बताएकी हुँदा निजउपर कानूनी कारबाही गरी सजाय गरिपाउँ भन्नेसमेत बेहोराको पीडितका श्रीमान्ले दिएको जाहेरी दरखास्त । का.जि.का.म.न.पा. वडा नं.१५ चमतीस्थित नर्कटको झाडीमा रहेको घाँस मडारिएको, माटो खोस्रिएको स्थानमा मिति २०६८।१०।२० को राति १ बजेको समयमा प्रतिवादी सन्दीप नेपालीले परिवर्तित नाम “बालाजु च” लाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मिति २०६८।१०।१९ को राति मेरो श्रीमान्को हातमा चोट लागी सन्दीप नेपालीले आफ्नै मोटरसाइकलमा राखी वीर अस्पतालमा पुर्याई मलाई लिन भनी पुनः कोठामा आई वीर अस्पतालमा हिँड भनी मोटरसाइकलमा राखी का.जि.का.म.न.पा. वडा नं.१५ चमतीमा रहेको नर्कटको झाडीनजिक पुर्याई मलाई मोटरसाइकलबाट ओराली अँध्यारो स्थानमा लगी डर, त्रास, धाक, धम्कीसमेत दिई बो