निर्णय नं. १०१४९ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१४९ - डाँका भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७५/०६/२३ ४६१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७५।६।२३ ०७३-CR-०९५० मुद्दाः डाँका पुनरावेदक / प्रतिवादी : धनुषा जिल्ला, धनुषाधाम गा.वि.स. वडा नं.५ बस्ने अशेसर यादवको छोरा विमलकुमार यादव विरूद्ध प्रत्यर्थी / वादी : विनोद यादवको जाहेरीले नेपाल सरकार प्रमाणको भार शङ्कारहित तवरले दाबी पुष्टि गर्ने भार वादी पक्षमा रहने भएकोले यी प्रतिवादीले कसुर गरेको कुरा वस्तुनिष्ठ रूपमा वादी पक्षले पुष्टि गर्न सकेको नदेखिँदा सहप्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानकै आधारमा कसुरदार ठहर्‍याउनु न्यायोचित नहुने । अन्य व्यक्तिको साथबाट डाँका भएका सामानहरू बरामद गरेको भनी शंकास्पद बरामदी मुचुल्कालाई प्रतिवादीका विरूद्ध प्रमाणमा लिन नमिल्ने हुँदा शंकाको सुविधा प्रतिवादीले पाउने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल श्री महादेवप्रसाद यादव, श्री श्यामप्रसाद खरेल तथा अधिवक्ताहरू श्री विनोद श्रेष्ठ र श्री सिताशरण मण्डल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री बलभद्र बास्तोला धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल पुनरावेदन अदालत, जनकपुर फैसला न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: साबिक न्याय प्रशासन ऐन, २०४८ हाल न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम यस अदालतमा पर्न आएको निवेदनमा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मिति २०६७।२।१७ गते ११:३० बजेको समयमा म जाहेरवाला ज.३.प.४८०९ नं. को मोटरसाइकल चलाई उमेश महतोको घरमा गई निजसँग रू.७०,०००।– र जितेन्द्र मण्डलसँग रू.८०,०००।– लिई आफ्नो घरतर्फ आइरहेको अवस्थामा जिल्ला धनुषा, कजरा रमौल गा.वि.स. वडा नं.९ स्थित सडकमा चिनेका रमेश यादव, विमल यादव, दिपेन्द्र साह र नचिनेका २ जनासमेत मिली मेरो कञ्चटमा पेस्तोल भिडाई मेरो साथमा रहेको नगद रू.१,५०,०००।– ज.३.प.४८०९ नं. को मोटरसाइकल, हेल्मेटसमेत लुटी भाग्दै जाँदा निजहरूमध्ये दिपेन्द्र साह ज.३.प.४८०९ नं.को मोटरसाइकल, पेस्तोल र मोबाइलसहित पक्राउ परेको हुँदा निजहरूलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त । जिल्ला धनुषा, कजार रमौल गा.वि.स. वडा नं.९ स्थित सडकमा विनोद यादव ज.३.प.४८०९ नं. को मोटरसाइकल चलाई आइरहेको अवस्थामा दिपेन्द्र साहलगायतका ५ जना मानिसहरूले जाहेरवालाको नगद, मोटरसाइकल, मोबाइल हेल्मेटसमेत लुटी लगेको हो भन्‍ने बेहोराको घटनास्थल प्रकृति मुचुल्का । जिल्ला धनुषा, मिथिलेश्‍वर निकास गा.वि.स. वडा नं.८ स्थित सडकमा ज.३.प.४८०९ नं. को मोटरसाइकल आइरहेको दिपेन्द्र साहको शरीर खान तलासी गर्दा निजको साथबाट पेस्तोल गोली, मोबाइल, मोबाइलको सिम, हेल्मेट, ज.३.प.४८०९ नं.को मोटरसाइकलसमेत बरामद गरेको हो भन्‍ने बेहोराको बरामदी मुचुल्का । मिति २०६७।२।१७ गते ११:३० बजेको समयमा जिल्ला धनुषा, कजार रमौल गा.वि.स. वडा नं.९ स्थित मानिसहरूले विनोद यादवबाट नगद, मोटरसाइकल, मोबाइल, हेल्मेटसमेत