निर्णय नं. १०१५१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१५१ - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७५/०९/१५ २८०१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही आदेश मिति : २०७५।९।१५ ०७४-WO-०९०५ मुद्दा : उत्प्रेषण रिट निवेदक : कञ्‍चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं. १८ जानकीटोल बस्ने वर्ष ६४ को सुदूर पश्चिमाञ्चल विश्‍वविद्यालय महेन्द्रनगर, कञ्‍चनपुरका सेवा निवृत्त लेखा नियन्त्रक लोकराज जोशी विरूद्ध विपक्षी / प्रत्यर्थी : नेपाल सरकार, अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं सुदूर पश्चिमाञ्चल विश्‍वविद्यालय ऐन, २०६७ ऐनको दफा ३९ को अर्थ नेपाल सरकारलाई आर्थिक दायित्व पर्ने गरी पदाधिकारी, शिक्षक तथा कर्मचारीको दरबन्दी स्वीकृत गर्दा वा त्यस्ता पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधा थप गर्नुअघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने भन्नेसम्म हो । प्रस्तुत रिट निवेदनमा रिट निवेदकको दरबन्दी स्वीकृत भएको, वा निजको सेवा सुविधा, पारिश्रमिक थप भएको विषय नभई पहिला नै स्वीकृत भएको निजको दरबन्दीको समायोजनसम्म भएको भन्ने अवस्था देखिने । (प्रकरण नं.५) निवेदक निवृत्तिभरण प्राप्‍त गर्न अयोग्य व्यक्ति रहे भएको भन्ने आधार स्थापित हुन नसकेको स्थितिमा निजले निवृत्तिभरण नपाउने अर्थ गर्नु औचित्यपूर्ण नहुने । (प्रकरण नं.६) रिट निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री टिकाराम भट्टराई विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ताद्वय श्री चन्द्रकुमार पोखरेल, विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री टंकप्रसाद दुलाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुदूर पश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ सुदूर पश्चिमाञ्चल विश्वविद्यालय शिक्षक कर्मचारी सेवा नियमावली, २०६९ आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ एवं १३३(२) (३) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- तथ्य खण्ड म निवेदक सुदूर पश्‍चिमाञ्‍चल विश्‍वविद्यालय ऐन, २०६७ बमोजिम स्थापित सुदूर पश्‍चिमाञ्‍चल विश्‍वविद्यालयको केन्द्रीय ‍आर्थिक प्रशासन महाशाखाबाट मिति २०७३ भाद्र १ गते राजीनामा गरी अवकाश प्राप्त लेखा अधिकृत हुँ । मेरो सेवाको सुरूवात श्री सिद्धनाथ बहुमुखी क्याम्पस, कञ्‍चनपुरमा २०३७ सालबाट लेखापाल पदमा त्रिभुवन विश्व विद्यालयको नियमानुसार सेवा सुविधा हुने गरी नियुक्ति भएको र मिति २०५०।१०।२९ को पत्रले मिति २०५०।०८।०५ देखि लागू हुने गरी लेखापाल पदमा स्थायी नियुक्ति दिइएको थियो । मिति २०५२।०४।०१ मा लेखापाल पदबाट प्रशासनको पनि कामकाज गर्ने गरी लेखा अधिकृत पदमा बढुवा गरिएको थियो । निरन्तर सेवा गर्ने क्रममा मिति २०६१।०३।०१ बाट लागू हुने गरी लेखा नियन्त्रक पदमा पदोन्‍नति गरिएको थियो । म निवेदक २०३७ सालमा त्रिभुवन विश्‍वविद्यालयबाट सम्बन्धन प्राप्‍त समुदायमा आधारित श्री सिद्धनाथ बहुमुखी क्याम्पसमा २०३७ सालबाट अनवरत रूपमा लेखा प्रशासनको जिम्मेवारी वहन गरी आएको र २०६९ चैत्र महिनाबाट सुदूर पश्‍चिमाञ्‍चल विश्‍वविद्यालय ऐन, २०६७ लागू भएपश्‍चात् उक्त समुदायिक क्याम्पस सुदूर पश्‍चिमाञ्‍चल विश्‍वविद्यालयमा समायोजन हुँदा स्थायी लेखा नियन्त्रकको रूपमा म पनि समायोजित भएको थिएँ । मिति २०७३।५।१ मा सेवा निवृत्त भएपश्‍चात् कानूनबमोजिम प्राप्‍त गर्नुपर्ने निवृत्तिभरण नपाएकोले मैले सुदूरपश्‍चिमाञ्‍चल विश्