निर्णय नं. १०१५२ - जबरजस्ती करणी र चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१५२ - जबरजस्ती करणी र चोरी भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०२/०७ ५५६० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७४।२।७ मुद्दा : जबरजस्ती करणी र चोरी ०७१-CR-०८२७ पुनरावेदक / प्रतिवादी : जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने सुरेन्द्र वि.क. विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम सुर्खेत १९ को जाहेरीले नेपाल सरकार ०७१-CR-०८६९ पुनरावेदक / प्रतिवादी : जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ घर भई हाल जिल्ला कारागार कार्यालय सुर्खेतमा थुनामा रहेका उदयबहादुर सुनार विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम सुर्खेत १९ को जाहेरीले नेपाल सरकार अभियुक्तहरूको अनुसन्धानका क्रममा भएको साबिती बयान, पीडक र पीडितको शारीरिक परीक्षणबाट देखिएको घटनासँग तादात्म्यता देखाउने आधारहरू साक्षी सर्जमिनका भनाइबाट घटनाको विश्वसनियता पुष्टि हुने आधार र पीडितले आफूले बच्न गरेको प्रयास देखिने वस्तुनिष्ठ आधारमा कसुर प्रमाणित हुने हुन्छ । यी सबै कुराको अभावमा पीडितले वा निजको नजिकको नातेदारको जाहेरी परेको भन्ने आधारमा मात्र कसैलाई कसुरदार ठहर गर्न मिल्ने नहुने । (प्रकरण नं.५) अभियुक्तहरूले अदालतसमक्ष आफू दोषी रहेको भन्ने तथ्य स्वीकार नगरेको अवस्थामा वादीले स्वतन्त्र, विश्वसनीय र भरपर्दो प्रमाणबाट दाबी प्रमाणित गर्नुपर्दछ । जबरजस्ती करणी लुकीछिपी गर्ने भएकोले त्यस्तो कसुरको चश्मदिद गवाह अर्थात् प्रत्यक्ष प्रमाण साधारणतया प्राप्त हुन सक्दैन । करणीसम्बन्धी अपराधमा पीडित नै प्रमुख प्रमाण हो । आफूलाई जबरजस्ती करणी भएको भनी उल्लेख गर्ने पीडितको शारीरिक अथवा निजको स्वास्थ्य परीक्षणबाट जबरजस्ती करणी भएको तथ्य स्थापित हुनुपर्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री नारायणप्रसाद देवकोटा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ध्रूवप्रसाद चौहान अवलम्बित नजिर : ने.का.प.२०६२, अंक ३, नि.नं.७५०७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री लिलाराज अधिकारी सुर्खेत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल माननीय न्यायाधीश श्री केशवराज जोशी पुनरावेदन अदालत, सुर्खेत फैसला न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन यसै अदालतको क्षेत्राधिकारभित्रको हुँदा संक्षिप्त तथ्य र निर्णय यसप्रकार रहेको छ:- जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.३ स्थित मित्रनगर टोलमा तेजबहादुर सुनारको छोराको विवाह स्थलबाट घरतर्फ जाने क्रममा पीडित परिवर्तित नामथर सुर्खेत १९ लाई अज्ञात समूहले उठाई लगी जबरजस्ती करणी गरी गरगहनासमेत लुटी जबरजस्ती चोरी गरेको भन्ने घटनास्थलतर्फ मसमेतको प्रहरी टोली खटिई गई शंकास्पद रूपमा रहेका काशीराम वि.क., निर्मल गिरी, चन्द्रबहादुर नेपाली, धनबहादुर वि.क., भिमबहादुर नेपाली, भरत कसेरा, सुमन कुमाललाई पक्राउ गरी यसै प्रतिवेदन साथ दाखिला गरेको छु कानूनबमोजिम होस् भन्नेसमेत बेहोराको प्र.ना.नि. रेशमप्रसाद आचार्यको प्रतिवेदन । जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ३ स्थित मित्रनगरको पूर्वमा हिरालाल वि.क.को घर, पश्चिममा ईन्द्रबहादुर सुनारको घर, उत्तरमा जनजागरण स