निर्णय नं. १०१५३ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१५३ - अंश चलन भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७३/०५/२९ ४२११ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७३।५।२९ ०७२-CI-०८९१ मुद्दाः अंश चलन पुनरावेदक / प्रतिवादी : कुलबहादुर के.सी.की बुहारी, उत्तमबहादुर के.सी.की श्रीमती का.जि.का.म.न.पा. वडा नं.३३ पुतलीमार्ग बस्ने मिरा के.सी. विरूद्ध प्रत्यर्थी / वादी : कुलबहादुर के.सी.की बुहारी, उद्धवबहादुर के.सी.की श्रीमती का.जि.का.म.न.पा. वडा नं. ३३ बस्ने कौशिला थापा के.सी. समेत केबल अंश मुद्दाको फिराद दायर गरी तारेख गुजारी अंशसम्बन्धी प्रश्न सम्बन्धमा कुनै कारबाही नै अगाडि नबढेको अंश मुद्दाकै आधारमा सो मितिलाई मानो छुट्टिएको मान्न मिल्ने हुँदैन । मानो छुट्टिएको मिति कायम हुन या त मानो छुट्टिएको लिखत रजिस्ट्रेसन भएको हुनुपर्ने या त कुनै मुद्दा परी त्यस मुद्दामा अंशियारहरूबीच बन्डा हुनुपर्ने सम्पत्तिको तायदाती माग गर्ने आदेश हुँदा मानो छुट्टिएको मिति यकिन भएको हुनुपर्ने । पहिलो मुद्दामा कुनै आदेश नै नभएको र सो मुद्दा परेपछिसमेत एकासगोलमा बसेको भन्ने वादी प्रतिवादीहरूको व्यवहारबाट देखिएको अवस्थामा पहिलो मुद्दाको फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गर्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराई तथा श्री विष्णुमाया भुसाल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गोपी शर्मा सुवेदी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री कृष्णबहादुर थापा काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदन अदालत, पाटन फैसला न्या. सारदाप्रसाद घिमिरे : पुनरावेदन अदालत, पाटनको मिति २०६९/९/५ को फैसलाउपर प्रतिवादीको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- ससुरा बाजे कुलबहादुर के.सी.का दुई श्रीमतीहरूमध्ये जेठी भागवत दास खत्री क्षेत्री र कान्छी पुष्पा के.सी हुनुहुन्थ्यो । कान्छी सासू बज्यै पुष्पा के.सी. बाट दुईजना छोराहरूको जन्म भएकोमा जेठा विपक्षी मिरा के.सी.का पति उत्तमबहादुर के.सी र कान्छो विपक्षी हाम्रा पति पिता उद्धवबहादुर के.सी. हुनुहुन्छ । जेठी बज्यै सासूबाट कुनै सन्तानको जायजन्म भएको थिएन । ससुरा बाजे कूलबहादुरको मिति २०३० सालमा तथा निजकी कान्छी श्रीमती पुष्पा के.सी. को २०५२ सालमा र जेठी श्रीमती भागवतदास खत्री क्षेत्रीको २०६२ सालमा कालगतिले निधन भइसकेको र कूलबहादुरको जेठो छोरा तथा हाम्रा जेठाजु एवं ठूलोबुबा उत्तमबहादुर के.सी.को पनि मिति २०५२/११/१ मा मृत्यु भइसकेको हुँदा विपक्षी पति पिता एवम् जेठानी ठूली आमाले हामीलाई इज्जत आमदअनुसार खान लाउन नदिई घरबाट निकाला गरेको हुँदा र पैतृक सम्पत्ति विपक्षी पति पिता उद्धव के.सी. र विपक्षी जेठानी ठूलीआमा मिरा के.सी. को नाममा रहेको हुँदा विपक्षीहरूबाट सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती फाँटवारी माग गरी सो सम्पत्तिलाई २ भाग लगाई २ भागमध्ये विपक्षी पति पिताको भागलाई पुन: ४ भाग गरी सोमध्ये ३ भाग अंश प