निर्णय नं. १०१५६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१५६ - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७५/१०/२९ ५७२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७५।१०।२९ ०७५-WO-००२३ मुद्दाः उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.५ हाँडीगाउँ बस्ने ज्ञानबहादुर प्रजापतिको नातिनी, किरण प्रजापतिकी छोरी वर्ष १३ की निशा प्रजापतिको संरक्षक भई आफ्नो हकमा समेत ऐ.को बुहारी, ऐ.को श्रीमती ऐ.ऐ. बस्ने कृष्णमाया डंगोल विरूद्ध विपक्षी : ऐ.ऐ. वडा नं. ५ रूद्रमती मार्ग घर नं. ३८९८/२७ बस्ने पारसिं प्रजापतिको नाति, बेखानारायण प्रजापतिको छोरा ज्ञानबहादुर प्रजापतिसमेत पुनरावेदन सुन्ने अदालतबाट मुलुकी ऐन, अ.बं. १७ नं. बमोजिमको निवेदनमा आदेश हुँदा सो आदेशले तलको अदालतमा चलिरहेको मुद्दामा के कस्तो असर पर्छ भन्ने विषयमा सचेत रही आदेश गर्नु पर्ने । अ.बं. १७ नं. को निवेदनको रोहमा हुने आदेशबाट कुनै पक्षको हक स्थापित हुने नभई तल्लो अदालतमा मुद्दाको कारबाही हुँदा म्याद नाघेको वा रीत बेरीतसम्म हेरिने हो । यस प्रकृतिको सीमित अधिकार अ.बं. १७ नं. बमोजिमको निवेदनमा रहने हुनाले तल्लो अदालतमा विचाराधीन रहेको मुद्दामा अदालतसँग भएको न्यायिक अधिकारमा हस्तक्षेप गर्न मिल्ने उक्त कानूनी व्यवस्थाको अवधारणा नहुने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हिरा रेग्मी विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री धनबहादुर श्रेष्ठ अवलम्बित नजिर : ने.का.प.२०६२, अंक ९, नि.नं.७५८९ सम्बद्ध कानून : आदेश न्या. हरिकृष्ण कार्की : नेपालको संविधानको धारा ४६ र धारा १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- प्रस्तुत विषयमा विपक्षी पति सासू ससुरासमेतले मलाई घोर अन्याय गर्नुभएको हुँदा विपक्षी पति, सासू, ससुरा देवरको विरूद्धमा काठमाडौं जिल्ला अदालतमा अंश चलन तथा मानाचामल मुद्दा मिति २०७४।१।१७ दायर गरेकी थिएँ । अंश मुद्दामा विपक्षी सासू, ससुरा तथा पति, देवरको तर्फबाट प्रतिउत्तरपत्र लगाउँदाको स्थितिमा विपक्षी सासू ससुरासमेतबाट हाम्रा पति पिता किरण प्रजापति मिति २०७३।८।१३ मा र.नं.८८४ को अंश भरपाइको लिखतबाट छुट्टी भिन्न भएको भनी प्रतिउत्तरपत्र लगाउनु भएको हुँदा सो कुराको जानकारी हुने बित्तिकै मेरोतर्फबाट उक्त अंश भरपाइको लिखतको नक्कल मिति २०७४।३।७ मा सारी हाम्रो अंश हक मार्ने किसिमबाट असमान अंश भएको अंश भरपाइको लिखत बदर तथा जालसाजी मुद्दा मिति २०७४।३।१३ मा दायर गरेकी थिएँ । त्यसैगरी विपक्षीहरूको प्रतिउत्तरपत्रमा मेरो मानमर्दन गर्ने किसिमबाट जवाफ लगाउनु भएको हुँदा विपक्षीहरूको विरूद्धमा मिति २०७४।४।११ मा गाली बेइज्जति मुद्दासमेत दायर गरेकी थिएँ । यसरी मेरो तर्फबाट दायर गरेका सम्पूर्ण ५ थान मुद्दाहरू एकै लगाउमा भई काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेका थिए । लगाउका मुद्दामध्येको मूल अंश मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०७५।१।२३ मा आदेश हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी तथा सबै प्रतिवादीहरूबाट तायदाती माग्ने आदेश भएको थियो । काठमाडौं जिल्ला अदालतबाट तायदाती माग्ने आदेशउपरमा विपक्षीको तर्फबाट उच्च अदालत पाटनमा १७ नं. को निवेदन गर्नुभएकोमा उच्च अदालत पाटनबाट काठमाडौं जिल्ला अदालतको मिति २०७५।१