निर्णय नं. १०१५७ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१५७ - लिखत दर्ता बदर भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०४/१५ ३३५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री डा. आनन्दमोहन भट्टराई फैसला मिति : २०७४।४।१५ ०७३-CI-१०२१ मुद्दा : लिखत दर्ता बदर निवेदक / वादी : नृप शमशेरकी बुहारी दिपक शमशेरकी पत्‍नी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.११ थापाथली हाइट उक्तिमार्ग बस्ने नीता राणासमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.११ थापाथली हाइट उक्तिमार्ग बस्ने नृप शमशेर ज.ब.रा.समेत मिलापत्रपूर्व गरिएका व्यवहारलाई मिलापत्रले संकुचित गरेको भनी व्याख्या गर्न मिल्ने होइन । अंश छोडपत्र गरी आ-आफ्नो बिक्री व्यवहार गरिसकेपछि पनि अंशियारहरू पुनः सगोलमा बस्न सक्दछन् । सगोलमा बस्ने गरी मिलापत्र हुनुपूर्व आ-आफ्नो अंशहक आफूखुसी गर्न अंशियारहरूलाई कुनै कानूनले रोकेको देखिँदैन । पछि सगोलमा बस्ने गरी भएको मिलापत्रले उक्त मिलापत्रपूर्व गरिएको कारोबार व्यवहारलाई असर पर्ने गरी पश्‍चात्‌दर्शी प्रभाव पार्ने अवस्था नरहने । फिराद दायर गर्नु र मिलापत्र वा फैसलाबाट हक अधिकार स्थापित हुनु अलग अलग विषय हुने । (प्रकरण नं.३) निवेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री सुष्‍मलता माथेमा पुनरावेदन अदालत, पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- विपक्षी नृप शमशेर ज.ब.रा. र स्व. नन्दा राणाका एक मात्र छोरा दीपक शमशेर ज.ब.रा. हुनुहुन्छ । निज दीपक शमशेर ज.ब.रा.सँग म फिरादी नीता राणाको २०२७ सालमा आफ्नो कुल रीत परम्पराअनुसार विवाह भएको हो । निज दीपक शमशेर ज.ब.रा. र म नीता राणाबाट २ सन्तानको जायजन्म भएकोमा छोरा फिरादीमध्ये दीपाल शमशेर ज.ब.रा.को २०२९ सालमा र छोरी स्वाती राणाको २०३३ सालमा जायजन्म भएको हो । छोराछोरी दुवैको विवाह भइसकेको छ । नातिनातिनाहरू भइसकेका छन् । म नीता राणाको विपक्षीमध्ये नृप शमशेर ज.ब.रा. ससुरा र दीपक शमशेर ज.ब.रा. मेरो पति हुनुहुन्छ भने म वादी दीपाल शमशेर ज.ब.रा.का निजहरू क्रमशः हजुरबुबा र बुबा हुनुहुन्छ । हाम्रो सम्पूर्ण अंश लाग्ने श्रीसम्पत्ति हजुरबुबा / ससुरा नृप शमशेर ज.ब.रा.का नाम जिम्मामा रहेको र निजले हामीलाई अंश दिन नपरोस् भनी विभिन्‍न हर्कत गर्न थाल्नुभएको तथा घरजग्गासमेत बिक्री गर्न ग्राहकसमेतको खोजी गरेको बुझिएकाले हामीले सम्मानित अदालतसमक्ष दे.नं. ५९८३ मिति २०६८।३।२३ मा अंश मुद्दाको फिराद दायर गरेको भोलिपल्टै मिति २०६८।३।२४ मा मुलुकी ऐन, अ.बं.१७१(क) नं. बमोजिम निजको नाममा दर्ता रहेको का.जि., का.म.न.पा. वडा नं. ११ को कि.नं. १०० को १-१०-२-३ घरजग्गा र ऐ. कि.नं.१०१ को जग्गा रोपनी ०-१०-१-० घरजग्गा रोक्‍का राखी पाउन निवेदन गरेकोमा सो जग्गाको स्रेस्ता बुझ्न सम्मानित अदालतबाट मिति २०६८।३।२७ मा च.नं.६१८१ को पत्र मालपोत कार्यालय, डिल्लीबजारका नाममा पत्राचार गरी मालपोत कार्यालयले सो पत्रको जवाफ स्वरूप सोही दिन च.नं.१०३४० मा जवाफ पठाउँदा साथै पठाएको स्रेस्ताको प्रतिलिपिबा