निर्णय नं. १०१५८ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१५८ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०२/०७ ३३३६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७४ साल जेठ ७ ०७०-WO-०५९७ विषय : उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला डाँछी गा.वि.स. वडा नं. १ घर भई नेपाल दूरसञ्‍चार कार्यालय नक्सालमा तह ७ को लेखा अधिकृतको पदमा कार्यरत राम थापा विरूद्ध विपक्षी : नेपाल दूरसञ्‍चार कम्पनी लि. केन्द्रीय कार्यालय, भद्रकाली प्लाजा, काठमाडौंसमेत कानूनमा भएको कुनै अंशलाई बाहेक गरी आफूलाई अनुकूल हुने अंशको मात्र दाबी लिई अदालत प्रवेश गर्नु न्याय तथा विवेकको दृष्टिले उचित देखिँदैन । कुनै पनि कानूनको व्याख्या गर्दा समग्र दफा वा नम्बरको अध्ययन गरी गर्नुपर्छ । निश्चित उद्देश्यले बनेको कानूनको कुनै भागलाई अलग गरी व्याख्या गर्दा कानून व्याख्याप्रतिको अन्याय हुन पुग्दछ । यसरी व्याख्या गर्ने हो भने कानूनको मर्म र उद्देश्यसमेत पूरा हुन नसक्ने । स्पष्टीकरणको आशय दफाको क्षेत्रलाई विस्तृत वा सङ्कुचित पार्नु होइन । यसको उद्देश्य दफाको संदिग्धता वा प्राविधिक अभिव्यक्तिलाई स्पष्ट र बोधगम्य बनाउनु हो । कुनै पनि सरकारी वा गैरसरकारी सेवामा प्रवेश गरेको व्यक्ति कानूनी व्यवस्था र प्रक्रियाबमोजिम अलग हुनु प्राकृतिक नियम जस्तै हुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री कृष्ण थापा विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री पीताम्बर भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : दूरसञ्चार विनियमावली, २०६१ दूरसञ्चार संस्थान कर्मचारी सेवा सर्त विनियमावली, २०६१ आदेश न्या. सपना प्रधान मल्ल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३३ र १०७(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार छ :- तथ्य खण्ड म निवेदक स्नातक शैक्षिक योग्यता हासिल गरी नेपाल दूरसञ्‍चार संस्थानमा मिति २०४२।११।१ देखि ज्यालादारी, अस्थायी हुँदै मिति २०५४।४।१ देखि स्थायी नियुक्ति पाई सेवामा प्रवेश गरी हाल लेखा अधिकृत ७ औं तहमा कार्यरत छु । सेवा प्रवेश गर्दाको अवस्थामा दूरसञ्‍चार संस्थान ऐन, २०२८ बमोजिम गठिन संस्थान रहेकोमा २०६१ सालमा नेपाल सरकारको पूर्ण स्वामित्व भएको कम्पनीमा परिणत भएको हो । सेवा प्रवेशको बखतमा नेपाल दूरसञ्‍चार संस्थान कर्मचारी सेवा सर्त विनियमावली, २०३३ बहाल रहेकोमा हाल सेवा सर्त विनियमावली, २०६१ बहाल रहेको छ । विनियमावली २०६१ को विनियम १०५ मा कुनै कर्मचारीको उमेर ५८ वर्ष पूरा भएमा अवकाश दिइने व्यवस्था छ । उमेरको हकमा विनियम १०७(१) मा सेवामा प्रवेश गर्दा पेस गरेको एस.एल.सी. वा सो सरहको प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिबाट हुन आउने उमेर र (२) मा सोबमोजिमको अभिलेख नभएमा नेपाली नागरिकताको प्रमाणपत्र वा सेवा प्रवेश गर्दा भरेको सिटरोलमा लेखिएको जन्ममितिबाट कायम हुन आउने उमेरलाई आधिकारिक मानिने व्यवस्था छ । मेरो जन्ममिति २०१४।६।२ मा भएको कुरा एस.एल.सी. को सर्टिफिकेटमा उल्लेख भई सोहीअनुसार सिटरोल भरेको अवस्था छ । मिति २०३१।०१।०२ गते जारी भएको नागरिकताको प्रमाणपत्रमा जन्ममिति उल्लेख नगरी १८ वर्ष उमेर भनी उल्लेख भएको अवस्था छ । मैले पेस गरेको प्रमाणपत्रमा जन्ममिति २०१४।०६।०२ नै भएको तथ्य पुष्टि भइरहेको अवस्थामा कार्यालयको शाखामा रहेको अभिलेख दर्ता किताबम