निर्णय नं. १०१५९ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१५९ - परमादेश भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७५/११/१५ ८२८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ आदेश मिति : २०७५।११।१५ ०७५-WO-०३१६ मुद्दा : परमादेश रिट निवेदक : दाङ जिल्ला श्रीगाउँ गा.वि.स. वडा नं १, हाल ऐ. तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्ने मिना नेपाली विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत “मानिसको सम्मानपूर्वक बाँच्न पाउने हक”, “विचार र अभिव्यक्तिको स्वतन्त्रता” तथा “प्रेस स्वतन्त्रता” मध्ये एउटा कुनै हकको तुलनामा अर्को हकलाई कमजोर वा कम महत्त्वको रूपमा हेरिनु वा बुझिनु हुँदैन । तर हकहरूका सम्बन्धमा दृष्टिकोण निर्माण गर्दा भने संविधानद्वारा निर्धारित सीमा, दायरा वा परिधिप्रति समुचित हेक्का राख्नु पर्ने । (प्रकरण नं.३) कुनै विषयका विचारक, लेखक वा स्रष्टाले आफ्नो विचार वा अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दा संविधानमा रहेको प्रावधानप्रति समेत दृष्टि दिनु वाञ्छनीय हुने । (प्रकरण नं.४) प्रेस स्वतन्त्रताका प्रतिबन्धात्मक प्रावधानहरूलाई प्रेसउपरको नियन्त्रणको रूपमा नभएर व्यावसायिक अनुशासन, सार्वजनिक हितप्रतिको जवाफदेहिता वा संविधानद्वारा प्रदत्त हकहरूको सामन्जस्यपूर्ण उपभोग (Harmonious Exercise of Constitutional Rights) का दृष्टिले हेरिनु यथार्थपरक दृष्टिकोण हुने । नागरिकका विविध मौलिक हक अधिकारको मूल्यमा प्रेसको निरपेक्ष स्वतन्त्रताको परिकल्पना संविधानले गरेको नदेखिने । (प्रकरण नं.६) संविधानको व्याख्यामा प्रस्तावनाको सान्दर्भिकता रहन्छ र यसले संविधानको कुनै धारा, उपधाराको अर्थ द्विविधाजनक वा अप्रस्ट भएको अवस्थामा त्यसको वास्तविक अर्थ यकिन गर्न सहयोग प्रदान गर्दछ । प्रस्तावना स्वयमले कुनै कानूनी हक, अधिकार, कर्तव्य वा दायित्व निर्धारण गर्ने गर्दैन । यसले कुनै सीमा बन्देज निर्धारण गर्ने वा धारा, उपधारामा व्यवस्थित कुरालाई खुकुलो वा साँघुरो पार्छ भन्‍ने पनि नमानिने । संविधानमा रहेका विभिन्न प्रावधानहरूको सापेक्षतामा “पूर्ण प्रेस स्वतन्त्रता” संविधानले प्रदान गरेको छ भन्‍ने देखिन आउने । (प्रकरण नं.७) उपन्यासमा प्रयोग गरिएका केही शब्दलाई लिएर लेखकीय स्वतन्त्रतामा अंङ्कुश लगाउने किसिमबाट हेरिनु वा अर्थ लगाउनु विवेकपूर्ण नदेखिने । (प्रकरण नं.१०) कला, साहित्यको विचरण गर्ने खुल्ला परिवेशमा सङ्कुचन कायम गर्ने प्रयास स्वीकार्य हुँदैन । साहित्य-सर्जकले प्रयोग गरेको शब्द, भाषा वा शैलीलाई खास सामाजिक सन्दर्भ (social context) मा हेरी मूल्याङ्कन गरिनु पर्दछ । त्यसैले अन्यथा खराब मनसाय नदेखिएको अवस्था र प्रचलित कानूनले निषेध नगरेको कुरामा कुनै साहित्यकार वा सर्जकलाई उतरदायी ठहराउनु उचित र विवेकपूर्ण नठानिने । (प्रकरण नं.१३) रिट निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता डा. श्री चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू श्री शशी बस्नेत, श्री मोहन साशंकर, श्री सानुलक्ष्‍मी गसी र श्री शर्मीला श्रेष्‍ठ विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्‍मी, विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बसन्तराम भण्डारी र विद्वान्‌ अधिवक्ताहरू श्री श्यामबहादुर पाण्डे, श्री प्रेमसिंह धामी, श्री सुवास आचार्य अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र