निर्णय नं. १०१६० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१६० - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७५/१०/०८ ३०५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।१०।८ ०६७-WO-०५५८ मुद्दाः उत्प्रेषण पक्ष / रिट निवेदक : उपेन्द्रविक्रम शाहको अधिकृत वारेस काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ म्हेपी बस्ने शान्तदेवी मल्ल विरूद्ध विपक्षी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ७ चाबहिलस्थित मालपोत कार्यालय, चाबहिलसमेत छुट जग्गा दर्ताको हदम्याद नाघेको कैयौं दशक पछि छुट दर्ताको नाममा निवेदन पर्‍यो भन्दैमा सो जग्गा दर्ता गर्नु पर्ने वा तेरो मेरोमा सुनाउनु पर्ने बाध्यता मालपोत कार्यालयलाई नरहने । (प्रकरण नं.६) फिल्डबुकमा कुनै नाम उल्लेख भयो भन्दैमा सो कुराले विवादित सम्पत्तिमा निवेदकको हक भई हाल्यो भन्‍न मिल्दैन । स्थापित हकसम्मको रिट क्षेत्रबाट प्रचलन हुने हो । हक नै स्थापित छैन भने सो हकको उल्लङ्घन भयो भन्‍ने प्रश्‍न उठ्न नसक्ने । (प्रकरण नं.७) पक्ष / रिट निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री मदन रेग्मी विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : मालपोत ऐन, २०३४ जग्गा नापजाँच ऐन, २०१९ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको अन्तरिम संविधान २०६३ को धारा १०७ (३) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ: साबिक ज्यान शाहको संवत् १८८९/९/१२ को पोता पशुपति पाटी गुठी सर्वाङ्ग माफी बिर्ता लगतअन्तर्गत देउपाटन सिमडोल बालापिट मौजा भिड्ने मिति २०४२/१२/५ को निर्णयले रैकर परिणत भएका काठमाडौं जिल्ला गोठाटार गा.वि.स. वडा नं. ५ कि.नं. २७, ३५,३७, ३८, ३९, ४०, ४१, ४३ र १६० का ९ कित्ता जग्गाहरू पूर्णचन्द्र शाह र उपेन्द्र विक्रम शाहको नाममा संयुक्त दर्ता भई मिति २०६०/६/७ गतेको निर्णयले मेरो बुबा उपेन्द्र विक्रम शाहको नाममा एकलौटी हक कायम भइसकेको लगत र स्रेस्ता भिडेको काठमाडौं जिल्ला गोठाटार गा.वि.स. वडा नं. ५ कि.नं. १७१, १७२, १७४, २१९, २२२, २२७, २२८, २२९, २३४, २३५, २३६, २३७, २३८, २३९, २४०, २४१, २४२ समेत १७ कित्ता जग्गा र त्यी जग्गाका बीचमा रहेका दर्ता बाँकी जग्गाधनी लक्ष्मी नानी बनेनीको काठमाडौं जिल्ला गोठाटार गा.वि.स. वडा नं. ५ कि.नं. २२१, २२३, २२४, २२५, २२६ समेतका ५ सहित जम्मा २२ कित्ता जग्गाहरू नयाँ नापीको फिल्डबुकमा काठमाडौं जिल्ला जोरपाटी गा.वि.स. वडा नं. ३ सिट १०२-१०६९-१६ कि.नं. ७० र १६० भिडाई पूर्णचन्द्र शाहको हकवाला उपेन्द्र विक्रम शाहको मन्जुरीप्राप्त छोरी म शान्तदेवी मल्लको नाममा छुट जग्गा दर्ता गरी अधिकरणमा परेको कित्ता जग्गाहरू मुअब्जा प्रयोजनको निमित्त र अन्य कित्ता जग्गाहरूको जग्गाधनी प्रमाणपत्र पुर्जा पाउँ भनी मिति २०६७/०५/१० मा निवेदन गरेकी थिएँ । साबिक माफी विर्ताको लगत भिडी पूर्णचन्द्र शाहको स्रेस्तामा मिति २०४२/१२/०५ र मिति २०६०।६।७ को निर्णयले उपेन्द्र विक्रम शाहको नाममा हक कायम भई निर्विवाद रैकर हक भनी प्रमाणित भएको छ । उक्त जग्गाको बीचमा लक्ष्मीनानी बनेनीको दर्ता बाँकी भनेको जग्गामा पनि मेरो निवेदन परेको सो जग्गासमेत मेरो चार किल्लाभित्र पर्ने मालपोत ऐन, २०३४ बमोजिम म निवेदकको नाउँमा छुट जग्गा दर्ता गरी दिनु पर्नेमा सो नगरी विवादित काठमाडौं जिल्ला गोठाटार गा.वि.स. वडा नं. ५ साबिक कि.नं. १७१,