निर्णय नं. १०१६१ - शेषपछिको बकसपत्र लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१६१ - शेषपछिको बकसपत्र लिखत बदर भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७३/०८/०७ १००८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७३।८ ०७३-CI-१७७१ मुद्दाः शेषपछिको बकसपत्र लिखत बदर निवेदक / वादी : कृष्णप्रसादको छोरा जिल्ला धनुषा रघुनाथपुर गा.वि.स. वडा नं.७ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.११ त्रिपुरेश्‍वर बस्ने पुरूषोत्तम प्रसाद मानन्धर विरूद्ध प्रत्यर्थी / प्रतिवादी : स्व. कृष्णप्रसाद मानन्धरको छोरी बुद्धकृष्ण मानन्धरको श्रीमती काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.२९ ठमेल बस्ने उमा मानन्धरसमेत वृद्ध र बिरामी भई रोगले सिकिस्त भएका व्यक्तिले गरिदिएको सम्पत्तिको हक हस्तान्तरणको लिखतलाई त्यस्तो लिखत गर्नु पर्नाको कारणको पृष्ठभूमिसहितको परिस्थिति, कूल सम्पत्तिको अवस्था, उक्त सम्पत्तिसँग अंशियार एवं हकवालाको आवद्धता र संलग्नताको स्थिति, सम्पत्ति हस्तान्तरण गरिदिने व्यक्तिप्रति निजका अंशियार एवं हकवालाले पालन पोषण स्याहार सम्भार एवं उचित देखरेखसहितको उपचार र साथै मृत्युपर्यन्त सद्‌गत एवं काजक्रिया आदिको सम्बन्धमा गरेको जिम्मेवारी एवं कर्तव्यहरू, त्यसरी हक हस्तान्तरण गरेको सम्पत्तिलाई सोको भौतिक संरचना एवं प्रकृतिबाट दुवै पक्षले भोग एवं प्रयोग गर्नमा हुने सहजता र असहजता इत्यादिसमेतलाई मध्यनजर राखेर लिखत गरिदिने व्यक्तिको उमेर र स्वास्थ्यको अवस्थासँग जोडेर नै न्यायोचित रूपमा हेर्नुपर्ने । (प्रकरण नं.६) निवेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान्‌ अधिवक्ता श्री प्रसन्न कृष्ण दास प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री रामचन्द्र प्रसाद वर्णवाल र अधिवक्ता श्री स्वस्तिका दुलाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री नागेन्द्रलाल कर्ण काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री थीरबहादुर कार्की पुनरावेदन अदालत, पाटन फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- बुबा कृष्णप्रसाद मानन्धर र आमा नारायणदेवी मानन्धरबाट एक छोरा म फिरादी पुरूषोत्तमप्रसाद मानन्धर र ४ जना छोरीहरू विपक्षीहरू उमा मानन्धर, रमा मानन्धर, निलिमा मानन्धर र शुष्माकुमारी मानन्धर गरी ५ जना सन्तानहरू छौं । दिदी बहिनीहरू ४ जनाको विवाह भइसकेको छ । बुबा कृष्णप्रसाद मानन्धरको २०३५ सालमा मृत्यु भएको हो । बुबाको मृत्युपछि म फिरादी र आमा नारायणदेवी मानन्धर गरी २ अंशियार अंशबन्डा भएको छैन । आमा नारायणदेवी मानन्धर क्यान्सरको बिरामी भएकाले हेरचाह स्याहार सुसार औषधी उपचारलगायतको छोराले गर्नुपर्ने कर्तव्य गरी आएकोमा आमा क्यान्सरको बिरामीको कारण मिति २०६८।९।१५ गते मृत्यु भयो । आमाको मृत्युपश्चात् आमाको नाममा रहेको सबै सम्पत्तिहरूमा सगोलको एक मात्र अंशियार म फिरादीको एकलौटी हक रहेको आमाका नाममा रहेको सम्पत्ति नामसारी गर्न भनी मृत्युदर्ता र नाता प्रमाणपत्र लिई मालपोत कार्यालय डिल्लीबजारमा जाँदा आमाको नामको काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ११ कि.नं. २२०१ को क्षे.फ.०–१–२–३ को घर जग्गा मिति २०६७।१२।१७ मा शेषपछिको बकसपत्रको लिखतबाट विपक्ष